Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

केही स्वार्थीवादीहरुले केपी ओली मधेश विरोधी रहेको हल्ला फैलाए : अध्यक्ष ओली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २२, २०७८
केही स्वार्थीवादीहरुले केपी ओली मधेश विरोधी रहेको हल्ला फैलाए : अध्यक्ष ओली

• हरिशंकर शर्मा
वीरगन्ज २२ चैत / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही स्वार्थीवादीहरुले केपी ओली मधेश विरोधी रहेको हल्ला फैलाएको आरोप लगाएका छन् । वीरगन्जमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा सहित वीरगन्जमा आयोजित वृहत्त जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफै मधेशको बासिन्दा रहेको र विगत ६० वर्षदेखि मधेशमै बस्दै आएकोले केही स्वार्थीवादी नेताहरुले केपी ओली मधेश विरोधी रहेको हल्ला फैलाएको बताए ।
म आफै मधेशको मान्छे हो, ६० वर्षदेखि म मधेशको बासिन्दा हो, चापाकल कसरी गाड्नुपर्छ, भैसी राँगाको पिठ्युमा बसेर कसरी चलाईन्छ त्यो पनि थाहा छ, हलो कसरी जोत्नुपर्छ, खोलाबाट पैनी खनेर पानी कसरी खेतमा ल्याउनुपर्छ त्यो पनि मलाई थाहा छ भन्दै अध्यक्ष ओलीले मधेश विकासको थुप्रै कामहरु आफूले गरेको हुनाले केपी ओली मधेश विरोधी भनेर हल्ला फैलाउनेको कुनै औचित्य नरहेको बताए । उनले हुलाकी राजमार्ग निर्माण देखि सुनकोशी – मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको काम पनि आफैले शुरु गराएको दाबी गरे ।


पहाड भन्दा तराईमा भौतिक पूर्वाधारहरु निर्माण गर्न सजिलो भएको कारण पनि राजमार्गबाट सदरमुकाम आउन बाटो ६ लेनको बाटो हुनुपर्दछ, कम्तिमा चार लेनको बाटो हुनुपर्दछ भन्ने योजना सहित हुलाकी राजमार्गको निर्माण कार्य शुरु गर्न लगाएको बताउँदै अध्यक्ष ओलीले बारा, रौतहट, सर्लाही, महतोत्तरी, धनुषाका १ लाख ८५ हजार विघा जमिन सिचाई गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को काम पनि आफैले शुरु गर्न लगाएको बताए ।
तराईमा यति विकास गर्दा पनि केही स्वार्थीवादीहरुले कपी ओली मधेश विरोधी रहेको हल्ला फैलाएको बताए । तराईमा सिचाई गर्न विकास गर्ने, सडक निर्माण गर्ने, भौतिक पूर्वाधार निर्माण गर्ने केपी ओली कसरी मधेश विरोधी ? भन्दै आफू प्रधानमन्त्री हुने वित्तिकै हुलाकी राजमार्ग शुरु गरेका थिए, जुन अहिले लगभग सम्पन्न भइसकेको छ, हामी कुरा मात्र होइन, काम गरेर देखाउने पार्टी रहेको बताए । यही तराईमा टोर्नाडो आउँदा बारा, पर्सामा भत्केका ८ सय ७९ घरहरु केही महिना भित्रै नेपाली सेनालाई आदेश दिएर निर्माण गरि हस्तान्तरण गरेको स्मरण गराए ।


उनले ४८ वर्ष अगाडि पर्सा स्थित कारागारमा ५ दिनसम्म बसेको हुनाले वीरगन्जसँग मेरो आत्मिय सम्बन्ध रहेको छ, पर्सा जिल्ला विभेद, हेला, अपमानका विरुद्ध न्याय र समानताको पक्षमा लड्दै आएको छ, जनतालाई केही नेताहरुले अल्मल्याएर आफ्नो दुनो सोभ्mयाए तर पर्सा जिल्ला अब भ्रमबाट मुक्त भएको छ भन्दै आफ्नो पार्टीको उद्देश्य, विचार र पुग्न खोजेको ठाउँ, बाटोबारे जानकारी दिन पर्सामा आएको बताए । उनले सिंगै नेपाललाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने नेकपा एमालेको मुख्य एजेण्डा रहेको बताए ।
आफ्नो पार्टी सरकारमा भएको बेला शिक्षा, स्वास्थ्य तथा वृद्धवृद्धाहरुको सामाजिक सुरक्षा भत्ता लगायतको कार्यहरु गरेको बताए । उनले बालबालिकालाई विद्यालयमा अनियार्व भर्ना, कापी किताबको व्यवस्था, गरिब र लक्षित समूहलाई खाजाको प्रबन्ध गरेर शिक्षाप्रति आकर्षण गराउने, अशक्त व्यक्ति, जेष्ठ नागरिकहरुको जीवन निर्वाह गराउने सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न नेकपा एमालेको योगदान रहेको दाबी गर्दै जेष्ठ नागरिकहरुको लागि १ लाखसम्मको स्वास्थ्यवीमाको समेत व्यवस्था मिलाएको बताए ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले मधेशवादी नेताहरुले मधेशको नाममा राजनीति गर्ने कार्य बन्द गर्नुपर्ने बताए । उनले मधेश आन्दोलनको क्रममा भएका घटनाहरु सबै जनतालाई थाहा छ, आन्दोलन चलि रहेको बेला तेल बेचेर आफ्नो गोजी भरेका ति मधेशवादी नेताहरुमाथि मधेशी जनताले विश्वास गर्न छाडेको बताए । बारम्बार मधेशको नाममा राजनीति गर्नेहरुले अब बुझ्नुपर्यो, व्यापारीहरुलाई गाली गर्न छाडिदिनुपर्यो भन्दै मेयर सरावगीले त्यही व्यापारीसँग चन्दा लिएर राजनीति गर्नेहरुले व्यापारीहरुलाई गाली गर्न छाड्नुपर्ने बताए ।


कार्यक्रममा विभिन्न पार्टीबाट विजय भएका तीनजना उपप्रमुख नेकपा एमालेमा प्रवेश गरेका थिए । बहुदरमाई नगरपालिका, सखुवाप्रसौनी गाउँपालिका र धोबीनी गाउँपालिकाका उपप्रमुखले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । उनका साथै १५ सय भन्दा बढि कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी ओलीले अबिर तथा माला लगाएर स्वागत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि