Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राजसँस्थाको पुनरस्थापनाको सम्भावना करिब करिब समाप्त हुन लाग्यो : अध्यक्ष थापा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १४, २०७८
राजसँस्थाको पुनरस्थापनाको सम्भावना करिब करिब समाप्त हुन लाग्यो : अध्यक्ष थापा

वीरगन्ज / राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसँस्थाको पुनरस्थापनाको सम्भावना करिब समाप्त हुन लागेको बताए । राप्रपा जिल्ला कार्य समिति पर्सा, वीरगन्जद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधयक्ष थापाले राजनीतिक दलहरुप्रति जनताहरुमा वृत्तिष्णा छ, राजनीतिक दलका नेताहरु असफल सावित भएका छन्, तर दल असफल हुँदैमा राजामा आउने होइन, दलको ठाउँमा राजा आउने हो र ? प्रजातन्त्रको ठाउँमा राजतन्त्र आउने हो र ? भन्दै राजसँस्था त राजनीति भन्दा माथि उठेको एउटा आदर्श सँस्थाको रुपमा रहनुपर्छ भन्ने मान्यता हो, त्यस कारण अहिलेको अवस्थामा राजसँस्थाको पुनरस्थापनाको सम्भावना करिब करिब समाप्त हुन लागेको बताए ।
यस अवस्थामा राजसँस्थाको एजेण्डा कमजोर हुँदै जाने, एकातर्फ कहिँ कतै नपाएर राजा र राजाको सचिवालयले शत प्रतिशत राजावादी भएको कमजोर राप्रपामा पटक पटक हस्तक्षेप गरि रहेको छ, यो अवस्था कहिलेसम्म सहने ? भन्दै अध्यक्ष थापाले यसै कारण हामीले नयाँ बाटो रोजेका छौं, विगतप्रति हाम्रो पश्चाताप छैन, कमजोरी भयो त्यसलाई स्वीकार गर्दै नयाँ ढँगबाट अगाडि बढ्ने बताए ।
मुलुकबाट धर्म निरपेक्षता हटाउन नसकेपनि, हिन्दु राष्ट्र स्थापना गर्न नसक्नेप्रति सनातन धर्म राज्यको दायित्व छ भन्नेतर्फ देखाउन हामी सफल भएका छौं, हिन्दुत्व र हिन्दु राष्ट्रको एजेण्डा कहिलेपनि छाडेका छैनौ भन्दै अध्यक्ष थापाले राप्रपाले अन्य राजनीतिक गल्ती गर्या होला, त्यसको आत्मलोचना गर्छौ तर हामीले हिन्दु राष्ट्रको एजेण्डा नछाडेको दाबी गरे । हिन्दु राष्ट्र स्थापना गर्नको लागि बहुमत चाहिन्छ र बहुमतको लागि सरकारमा जानुपर्ने भएकोले हामी सरकारमा गएका हौं, पार्टी ठूलो बनाउने नाममा गलत प्रवृत्तिसँग सम्झौता गरियो, त्यसबाट हामीले आफ्नो नाम, पहिचान समेत गुमाएको बताए ।
गतल प्रवृत्तिसँग गरिएको सम्झौतालाई सच्याएर पुनः राप्रपालाई जागृत गरिएको छ, निर्वाचन आयोगमा गाई चुनाव चिन्ह्को लागि निर्वाचन आयोगमा दरखास्त समेत दिइएको छ र आगामी दिनमा अदालत समेत जान सक्ने भन्दै अध्यक्ष थापाले नजिकिदै गएको स्थानीय निकायको निर्वाचनको लागि त्यतिकै महत्वपूर्ण र लोकप्रियता सनातन धार्मिक, मूल्य र मान्यता र पौराणिक मान्यता अनुसार शक्ति र बहादुर, लगनशीलताको प्रतीकको रुपमा रहने ‘तीर’ चुनाव चिन्ह लिएर आएको बताए ।
उनले पार्टी फुटाउने विषयमा आफूमाथि लागेको आरोप निराधार रहेको भन्दै राप्रपा राजसँस्थाको एजेण्डा बोकेको हो तर नेपालको सामाजिक, राजनीतिक रुपान्तरण गर्ने विचार बोकेर खडा भएको राजनीतिक शक्ति हो, त्यसलाई रिमोर्ट कन्ट्रोलबाट निर्मल निवासले चलाउन खोजेपछि आफू पार्टीबाट अलग्गिएको बताए । हिन्दुधर्मलाई मात्रै राज्यले विशेष संरक्षण र सुविधा दिनुपर्छ भनेर माग गरेका छैनौं, हामीले सबै धर्मलाई बराबरीको स्वतन्त्रता कायम राख्दै नेपालको ९४ प्रतिशत जनताको आस्थाको सम्मान गर्दै सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्छ भन्ने माग गरिएको अध्यक्ष थापाको भनाई छ ।
धर्म निरपेक्षताको नाममा सनातन हिन्दु र बुद्ध धर्मलाई समाप्त पारेर विदेशी धर्म लाद्न खोजिएको आरोप लगाए । धर्म निरपेक्षताको महारोगले पहाड र हिमाली क्षेत्रमा धेरै ठूलो डढेलो लागि सकेको छ र विस्तारै तराईमा पनि प्रवेश गर्दैछ भन्दै अध्यक्ष थापाले यदि हामी समयमै सचेत भएनौं भने नेपालको राष्ट्रिय पहिचान र अस्तित्व समाप्त हुन्छ र यहाँ धार्मिक द्वन्द्व पनि हुन सक्छ, त्यस कारण बेलैमा हामी सचेत भएर हिन्दु राष्ट्रको स्थापनाको पक्षमा आवाज उठाउनुपर्ने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि