Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्याप्रति सरकारको ध्यानाकर्षण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १२, २०७८
वीउवासंघका टोली र स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाबीच भेटघाट

काठमाडौँ / मुलुकको ठूलो औद्योगिक लगानी भएको तथा कूल राष्ट्रिय राजस्वको झण्डै ५० प्रतिशतको योगदान पु¥याउने वीरगञ्ज क्षेत्रमा रहेका समस्याको समाधानका लागि त्यहाँका उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी वीरगञ्ज क्षेत्रका उद्यमी व्यवसायीको समस्या सिङ्गो निजी क्षेत्रको समस्याको रुपमा रहेकाले त्यसलाई आत्मसात् गर्दै र त्यसको समाधानका उपायसमेतको सुझाव कार्यान्वयन गराउन सरकारका विभिन्न निकायसँग आग्रह गरिएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको एक भ्रमण टोलीले यसै साता प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालगायत वाणिज्य तथा आपूर्ति सचिव डा गणेशप्रसाद पाण्डेय, राजस्व सचिव कृष्ण हरि पुष्कर, गभर्नर महाप्रसाद अधिकारी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, भन्सार विभागका महानिर्देशक कमलप्रसाद पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशमान शाक्य र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालसँग भेटघाट तथा छलफल गरेको थियो । ती भेटघाट र छलफलमा सङ्घले राखेका सुझावको बारेमा पत्रकार सम्मेलनमा अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाटको क्रममा सङ्घले बारा पर्सा औद्योगिक कोरिडोरलाई औद्योगिक कोरिडोरको रुपमा घोषणा तथा नयाँ औद्योगिक क्षेत्रको स्थापना, द्रुतमार्ग र अन्तर्राष्ट्रिय विमानस्थल, ह्यापी बोर्डरको अवधारणा र औद्योगिक सुरक्षा बल पुनः स्थापना गर्नुपर्नेलगायतका विषयमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो । गृहमन्त्री खाँणसँगको भेटघाटको क्रममा सीमा सुरक्षा बैठकको नियमितता, नगद रकमको आधिकारिकता, र सिसिटिभीको सञ्चालनका लागि कोषको व्यवस्था गर्न माग गरिएको थियो । त्यस्तै अर्थमन्त्री शर्मासँगको भेटघाटको क्रममा आयकर छुटको सीमामा समयानुकूल परिमार्जन गर्न, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गर्न, बिलबिजकलाई मान्यता दिन, विदेशी मेसीनरी पार्ट भारतबाट आयात गर्ने व्यवस्था गर्न, सुक्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तार गर्नलगायत विभिन्न सुझावहरु पेश गरिएको थियो ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँगको भेटघाटको क्रममा म्याद सकिएका औषधिको व्यवस्थापन गर्न र औषधि विकास परिषद्को गठन गर्न आग्रह गरिएको थियो । टोलीले वाणिज्य तथा आपूर्ति सचिव डा पाण्डेयसँगको भेटघाटको क्रममा एकीकृत जाँचचौकीको समस्या समाधान गर्न सुक्खा बन्दरगाहको पूर्वाधारको विकास र विस्तारमा जोड दिइएको थियो ।
राष्ट्र बैंकको गभर्नर अधिकारीसँगको भेटघाटको क्रममा हाल देखिएको तरलताको अभाव, रेमिट्यान्स, कृषिमा लगानी, भारतीय मुद्राको सहजता, उधारोमा कारोबार हुँदाको समस्या, पुँजीगत खर्च अभाव, क्रेडिट एक्ट ल्याउनुपर्नेलगायतका सुझाव प्रस्तुत गरिएको अध्यक्ष डा गुप्ताले जानकारी दिनुभयो । उहाँले भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक विभागका महानिरीक्षकहरुसँग कर तथा राजस्वका क्षेत्रमा रहेका समस्या र तिनको समाधानका उपायका बारेमा सुझाव दिएको थियो भने सुरक्षा निकायका प्रमुखसँगको भेटमा सुरक्षा प्रणालीलाई चुस्त र व्यवस्थित बनाउन विभिन्न सुझावका बारेमा छलफल भएको बताउनुभयो । (रासस)

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि