Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०७८
राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने

भजनी ।सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो । लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले बताउनुभएको छ ।

“हामीले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको सङ्क्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो”, कार्यक्रम संयोजक विकले भन्नुभयो, “अब कार्यक्रमको तयारी सुरु गरेका छौँ । हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट देशभर चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौँ ।”

उहाँले खेलकुदसँग पर्यटन क्षेत्र पनि जोडिएको कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताउनुभयो । “लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् । मेयर उपमेयर कप भए पनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन”, कार्यक्रम संयोजक विकले भन्नुभयो, “हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहान्छौँ । त्यसैले वर्षौंसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौँ र त्यसलाई निरन्तरता दिइरहेका छौँ ।”

गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर रु एक लाख ५१ हजार एक बनाइएको बताइएको छ । कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागतरुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो । त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले रु ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छ ।

खेलमा तेस्रो स्थान हुनेले रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ । सो खेलकुद प्रतियोगिता आयोजना गर्न रु सात लाख ६० हजारको अनुमानित खर्च आकलन गरिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि