Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

केही समय परमादेशबाट पछाडि धकेलिएको नेकपा एमाले अब मजबुत भएको छ : अध्यक्ष ओली

अन्य पार्टीमा रहेकाहरुलाई नेकपा एमालेमा प्रवेश गरेर राष्ट्र निर्माणको अभियानमा सरिक हुन आग्रह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २८, २०७८
केही समय परमादेशबाट पछाडि धकेलिएको नेकपा एमाले अब मजबुत भएको छ : अध्यक्ष ओली

हरिशंकर शर्मा
वीरगन्ज / नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय नेकपा एमाले जनमत जनादेशले नभई परमादेशबाट पछाडि धकेलिएको बताए । बाराको आदर्शकोतवाल गाउँपालिका स्थित रामचरित्र भगत माध्यमिक विद्यालय परिषरमा आयोजित वृहत्त भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले हामी केही दिन जनमत जनादेशले होइन, परमादेशबाट हामी पछाडि धकेलिएका थियौं, अबको उत्साहपूर्ण नेकपा एमाले प्रवेशको राष्ट्रिय लहरले सत्ताको दौडमा सजिलै जित्नै हैसियत प्रदान गरेको बताए ।
नेकपा एमाले पार्टीले पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग निर्माणको बजेट छुट्याई निर्माण प्रक्रिया अगाडि बढाएको स्मरण गराउँदै ओलीले सहरी विकास, जनता आवास लगायतका विभिन्न योजनाहरु अगाडि सारेको बताए । नागरिकताको सवालमा वंशजको आधारमा नागरिकता प्राप्त गर्नुपर्छ भनेर अध्यादेश मार्फत कानून बनाएपनि सरकारबाट हटाएपछि अध्यादेशबाट ल्याएको कानूनलाई ओझेलमा पार्ने काम गरियो, तर अबको निर्वाचन पछि हाम्रो पार्टीले खानेपानी, सिचाई, नागरिकता, कृषि आधुनिकीकरण, व्यापारको उन्नति, राष्ट्रिय उत्पादनलाई वृद्धि गर्दै आयात कम गर्ने र निर्यातलाई वृद्धि गर्ने लक्ष्य रहेको बताए ।


नेकपा एमालेले पहाड, मधेश तथा हिमाल सबै जनताको साझा पार्टी हो, यसले साझा बाटो बनाउँछ, रामचरित्र जीले यहाँको विकासमा उल्लेख्नीय भूमिका निर्वाह गर्नुभएको उहाँको कार्यको प्रशंसा गर्दै उहाँको योगदानले यहाँका नागरिकहरुले बालबालिकाहरुले उच्च माध्यमिक तहका अध्ययन गर्न पाएकोले उनको योगदानलाई यहाँको जनताले भुल्न नहुने बताए । नेकपा एमाले यस्ता व्यक्तित्वहरुको साँझा सँस्था हो, उहाँ आज भएको भए नेकपा एमालेकै प्रतिनिधि हुने विश्वास व्यक्त गरे ।
यहाँको नेताहरुले ठूलठूला आन्दोलनमा नेतृत्व गरेका छन्, यहाँका जनताहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । प्रदेश नम्बर २ मा अन्यत्र भन्दा कम बजेट आएको छैन, तर यहाँका नेताहरुले जनताको विकास भन्दा पनि आफ्नो विकास गर्न अग्रसर देखिएको कारण यहाँको विकास कार्य अवरोध भएको भन्दै अन्य पार्टीमा रहेका ति दाजुभाई दिदी बहिनीहरुलाई नेकपा एमालेमा प्रवेश गरेर राष्ट्र निर्माणको अभियानमा सरिक हुन आग्रह गरे ।
यो ठाउँको विकास चेतनाको कमिले र मधेशको नेतृत्वकर्ता नेताहरुको कारण विकास पछाडि परेको भन्दै अब नेकपा एमाले मजबुत बनेको छ, भर्खरै वीरगन्ज महानगरपालिकाका मेयर लगायत अन्य जनप्रतिनिधिहरु पनि नेकपा एमालेमा प्रवेश गरेका छन्, यसबाट नेकपा एमाले झन बलियो पार्टी बनेको छ, हिजोसम्म कमजोर रहेको एमाले पार्टी सबैभन्दा प्रमुख र मजबुत पार्टी बनेको बताए ।
नेकपा एमाले देश विकासको लागि काम गर्ने, जनताको सुविधाका लागि काम गर्ने पार्टी हो, नेकपा एमालेकै सरकारले तराईको विकासमा उल्लेख्नीय योगदान पु¥याएको भन्दै बारा पर्साका नागरिकहरु टोर्नाडोबाट घरविहीन भएपछि केही दिनभित्रै घर निर्माण गरेर जनताहरुलाई हस्तान्तरण गरेको स्मरण गराए । पार्टी प्रवेश कार्यक्रममा ५ हजार भन्दा बढि नेता तथा कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फुलमाला अविर टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि