Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय महिला उद्यमी सम्मेलन वीरगन्जमा हुने

महासंघकै इतिहासमा पहिलो पटक काठमाडौं बाहिर महासंघको अधिवेशन हुँदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २४, २०७८
घरेलु तथा साना उद्योग महासंघको राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय महिला उद्यमी सम्मेलन वीरगन्जमा हुने

वीरगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औं राष्ट्रिय महाधिवेशन तथा केन्द्रिय महिला उद्यमी समितिको २२ औं राष्ट्रिय महिला उद्यमी सम्मेलन वीरगन्जमा हुने भएको छ । यही फागुन २६ र २७ गते वीरगन्ज स्थित टाउनहलमा हुने उक्त महाधिवेशन तथा सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक सँस्थाले जनाएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष श्याम प्रसाद गिरीले पत्रकार सम्मेलन गरि सम्मेलनको तयारीबारे जानकारी गराएका छन् । उनले महासंघकै इतिहासमा पहिलो पटक काठमाडौं बाहिर महासंघको अधिवेशन गर्न लागिएको भन्दै यो महाधिवेशनमा लघु घरेलु तथा साना उद्योग र महिला उद्यमशीलताको क्षेत्रमा सुधार गर्नुपर्ने र स्थापित गर्नुपर्ने सकारात्मक सन्देश नीति नियम र कानूनहरुकोे बारेमा छलफल गरि ठोस निष्कर्षमा पुग्ने योजना रहेको बताए । यस महाधिवेशनबाट ३ वटै तहका सरकारले लघु घरेलु तथा साना उद्योगको क्षेत्रमा अवलम्बन गर्नुपर्ने सुधारका कार्यक्रमहरु र नीतिगत सुधारका विषयमा सरकारको ध्यानाकर्षण गराउने र सुधारका लागि पहल गर्ने नेतृत्व समेत चयन गरिने बताए ।


वीरगन्ज आफैमा नेपालकै आर्थिक राजधानीको रुपमा स्थापित रहेको र यस क्षेत्रमा रहेका महिला उद्यमीहरुलाई समेटेर उनीहरुले उत्पादन गरेका सामानहरुलाई बढि भन्दा बढि बजारीकरण गर्न सक्ने उद्देश्यले नै वीरगन्जमा यस सम्मेलनको आयोजना गर्न लागिएको भन्दै अध्यक्ष गिरीले यस अधिवेशनले नेपालमा उत्पादनमुलक सामानतर्फ महिला उद्यमीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । देशको निर्यात अवस्था एकदमै दयनीय छ, आयातको अवस्था बढि भएकोले खास गरेर तराईका महिलाहरुले घरमै बस्ने गरेकोले तिनीहरुले पनि केही गर्न सक्ने क्षमता हुँदा हुँदै पनि बाहिर निस्कन नसक्ने भएकोले त्यस्ता उद्यमीहरुलाई यस सम्मेलनले समेट्ने बताए ।
उनले गत वर्षसम्मको तथ्याँक अनुसार हालसम्म ४ लाख ९८ हजार लघु घरेलु तथा साना उद्योग दर्ता भएका र करिब २ लाख ६२ हजारले नवीकरण गरेको देखिन्छ । अहिले मुलुकमा क्रियाशील रहेका करिब २ लाख ७० हजारको हाराहारीमा रहेको उद्योगमा ८ हजारजति मझौला र ठूला उद्योग रहेको हुँदा ९५ प्रतिशत भन्दा बढि उद्योगहरु लघु घरेलु तथा साना उद्योगहरु रहेका छन् जानकारी दिदै अध्यक्ष गिरीले यस्ता उद्योगले अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादनको ६ प्रतिशत जति अँश योगदान गरि रहेको बताए । यो बाहेक झण्डै ५ लाख परिवार अनौपचारिक रुपमा लघु उद्यम व्यावसायमा संलग्न रहेको भन्दै झण्डै २७ लाख जनशक्तिलाई रोजगारी उपलब्ध गराई रहेको यस क्षेत्रले मुलुकको निर्यातको ६० प्रतिशत भन्दा बढि अँशमा योगदान पु¥याई रहेको बताए ।
यति हुँदा हुँदै पनि यो क्ष्ोत्र अझैपनि उपेक्षित रहि आएको छ । वर्तमान संघीय संरचनामा मुलुक प्रवेश गरेपछि यो क्षेत्र र सरकारका ३ तहका बीच दुरी घट्नुको साटो अझ बढि रहेको भन्दै अध्यक्ष गिरीले यस्तो अवस्थामा महासंघको २५ औं राष्ट्रिय महाधिवेशन र २२ औं केन्द्रिय महिला उद्यमी सम्मेलन आयोजना गर्न लागिएको बताए । २०४७ सालमा स्थापना भएको यस लघु घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत झण्डै ४० हजार लघु घरेलु तथा साना उद्योगीहरु आबद्ध छन् भने करिब १२ हजार महिला उद्यमीहरु महिला उद्यमी सञ्जालसँग आबद्ध रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि