Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

साताव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली भारततर्फ गएको हो । जनकपुरधामबाट नियमित यात्रु सेवाका रूपमा सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेस रेलमार्फत टोली अयोध्या प्रस्थान गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १२, २०८३
विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

जनकपुरधाम (धनुषा), १२ मंसिर । त्रेतायुगमा राजा जनकले भगवान् राम र माता सीताको विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको पौराणिक प्रसङ्गलाई निरन्तरता दिँदै जनकपुरधामबाट विवाहपञ्चमी महोत्सवको निम्तो बोकेर एक टोली अयोध्या प्रस्थान गरेको छ ।

साताव्यापी विवाहपञ्चमी महोत्सवमा सहभागी हुन अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली भारततर्फ गएको हो । जनकपुरधामबाट नियमित यात्रु सेवाका रूपमा सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेस रेलमार्फत टोली अयोध्या प्रस्थान गरेको छ । अयोध्या पुगेर रामजन्मभूमिसहित विभिन्न धार्मिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधिलाई विवाहपञ्चमी महोत्सवमा सहभागी हुन निमन्त्रणा दिने कार्यक्रम रहेको छ ।

टोलीले निमन्त्रणासँगै परम्परागत वैवाहिक सामग्रीसमेत लगेको छ । लत्ताकपडा, गरगहना र भाँडावर्तनलगायतका सामग्रीलाई वैवाहिक भारका रूपमा अयोध्या पुर्‍याइनेछ । यसले जनकपुर र अयोध्याबीच प्राचीनकालदेखि जोडिँदै आएको वैवाहिक परम्परालाई पुनः स्मरण गराउने विश्वास गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर भएको बताएका छन् ।

उनका अनुसार त्रेतायुगमा राजा जनकले सीता–राम विवाहका लागि राजा दशरथलाई निमन्त्रणा पठाएको परम्परालाई वर्तमान पुस्तामाझ जीवन्त राख्ने उद्देश्यले जनकपुरधामबाट निमन्त्रणा टोली अयोध्या पठाइएको हो । जनकपुरधाम र अयोध्याबीच भगवान् राम र माता सीताको विवाहसँग जोडिएको धार्मिक सम्बन्धलाई दुवै देशका नागरिकले विशेष महत्त्वका साथ लिने गरेका छन् । यही सम्बन्धको प्रतीकका रूपमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव आयोजना हुँदै आएको छ ।

साताव्यापी रूपमा मनाइने महोत्सवमा सहभागी हुन भारतको अयोध्यासहित विभिन्न स्थानबाट श्रद्धालु, साधुसन्त तथा धार्मिक प्रतिनिधिहरू जनकपुरधाम आउने गर्छन् । यस महोत्सवले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउँदै आएको छ । अयोध्यावासीलाई औपचारिक निमन्त्रणा दिन प्रस्थान गरेको यस टोलीले दुई धार्मिक नगरीबीचको सदियौँ पुरानो सम्बन्धलाई नयाँ पुस्तासम्म पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: विवाहपञ्चमी महोत्सव-२०८३
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रिय खेलकुदमा वीरगंजका दुई खेलाडीको चमक, साहेब र हरिनारायणले जिते कांस्य पदक

राष्ट्रिय खेलकुदमा वीरगंजका दुई खेलाडीको चमक, साहेब र हरिनारायणले जिते कांस्य पदक

मंसिर १२, २०८३
जनकपुरधाम-अयोध्या रेलसेवा नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

जनकपुरधाम-अयोध्या रेलसेवा नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३
विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

मंसिर १२, २०८३
जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

मंसिर १२, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि