Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चेतन राय यादवले प्रमुख प्रशासकीय अधिकृत साहमाथि निर्वाचित जनप्रतिनिधिबीच आपसी मनमुटाव सिर्जना गरी एकअर्कालाई प्रतिस्पर्धी बनाउने र गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणको काम प्रभावित पार्ने गरेको गम्भीर आरोप लगाएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २१, २०८३
यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई (रौतहट), २१ कात्तिक । रौतहटको यमुनामाई गाउँपालिका पछिल्लो समय आन्तरिक विवाद, जनप्रतिनिधिबीचको असमझदारी र प्रशासनिक निष्क्रियताका कारण अस्तव्यस्त बन्दै गएको छ । गाउँपालिकाभित्र जनप्रतिनिधिबीच देखिएको विवादलाई समाधान गर्नुको सट्टा प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन साहले नै विवाद थप चर्काउने भूमिका खेलेको आरोप लागेको छ ।

गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष चेतन राय यादवले प्रमुख प्रशासकीय अधिकृत साहमाथि निर्वाचित जनप्रतिनिधिबीच आपसी मनमुटाव सिर्जना गरी एकअर्कालाई प्रतिस्पर्धी बनाउने र गाउँपालिकाको प्रशासनिक तथा विकास निर्माणको काम प्रभावित पार्ने गरेको गम्भीर आरोप लगाएका छन् ।

वडाध्यक्ष यादवका अनुसार गाउँपालिका सञ्चालनमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत दुवैको महत्वपूर्ण भूमिका हुन्छ । जनप्रतिनिधिले जनताको आवश्यकता र विकासका योजनालाई प्राथमिकता दिनुपर्ने हुन्छ भने प्रशासनिक नेतृत्वले कानुनी प्रक्रिया र पारदर्शी कार्यान्वयनमा सहयोग गर्नुपर्ने हुन्छ । तर प्रमुख प्रशासकीय अधिकृतले आफ्नो भूमिका निर्वाह गर्नुको सट्टा विवाद बढाएको उनको भनाइ छ ।

६ महिनादेखि गाउँसभा ठप्प
गाउँपालिकामा विगत ६ महिनादेखि गाउँसभा बस्न नसक्दा बजेट, योजना, विकास निर्माण, कर्मचारीको तलब भुक्तानी र नागरिकले पाउने दैनिक सेवा समेत प्रभावित भएको स्थानीयको गुनासो छ । गाउँसभा नहुँदा नयाँ योजना स्वीकृत हुन सकेका छैनन् भने पुराना योजना पनि अलपत्र परेका छन् ।

स्थानीयले पालिकाको अस्तव्यस्त अवस्थाका कारण जन्मदर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका काममा समेत ढिलाइ भइरहेको बताएका छन् ।

छानबिन र समाधानको माग
वडाध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीमाथि उच्च निकायले छानबिन गरी गाउँपालिकालाई सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने माग गरेका छन् । जनप्रतिनिधिबीचको विवाद समाधान गरी गाउँसभा तत्काल बोलाउनुपर्ने उनको माग छ ।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत बृजनन्दन साहसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । प्रतिक्रिया प्राप्त भएपछि समाचारमा समावेश गरिनेछ ।

Tags: यमुनामाई गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि