Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बजार र उचित मूल्यको अभावमा संकटमा कुम्हालको पुर्ख्यौली पेसा

माटो मुछ्नेदेखि भाँडाकुँडा तयार पार्ने, सुकाउने र आगोमा पोल्नेसम्मका काममा लामो समय र मेहनत खर्चिनुपर्छ । पर्वलाई लक्षित गरी महिनौँअघिदेखि सामग्री तयार पार्ने गरे पनि उत्पादित सामान बिक्री गर्ने उपयुक्त बजार नहुँदा कुम्हालहरू समस्यामा छन् । बजारमा अन्य व्यापारीले पसल तथा व्यापारका लागि ठाउँ ओगट्ने तर परम्परागत सामग्री बिक्री गर्ने कुम्हाललाई पर्याप्त स्थान नदिने समस्या रहेको उनीहरूको गुनासो छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०८३
बजार र उचित मूल्यको अभावमा संकटमा कुम्हालको पुर्ख्यौली पेसा

वीरगंज (पर्सा), १९ कात्तिक । दीपावली र छठ पर्व नजिकिएसँगै माटाका भाँडाकुँडा बनाउने कुम्हालहरूलाई यतिबेला कामको चटारो छ । लक्ष्मीपूजाका लागि आवश्यक दियोदेखि छठ पर्वमा प्रयोग हुने कलश, ढकना, हात्ती, कोसिया लगायतका पूजा सामग्री बनाउन उनीहरू व्यस्त छन् । पुस्तौँदेखि यही पेसा अँगाल्दै आएका कुम्हालहरूका लागि चाडपर्व आम्दानी गर्ने मुख्य अवसरसमेत हो । तर, मेहनतअनुसारको मूल्य र बजारको अभावले उनीहरूको पुर्ख्यौली पेसा संकटमा पर्दै गएको छ ।

माटो मुछ्नेदेखि भाँडाकुँडा तयार पार्ने, सुकाउने र आगोमा पोल्नेसम्मका काममा लामो समय र मेहनत खर्चिनुपर्छ । पर्वलाई लक्षित गरी महिनौँअघिदेखि सामग्री तयार पार्ने गरे पनि उत्पादित सामान बिक्री गर्ने उपयुक्त बजार नहुँदा कुम्हालहरू समस्यामा छन् । बजारमा अन्य व्यापारीले पसल तथा व्यापारका लागि ठाउँ ओगट्ने तर परम्परागत सामग्री बिक्री गर्ने कुम्हाललाई पर्याप्त स्थान नदिने समस्या रहेको उनीहरूको गुनासो छ । यसले गर्दा तयार भएका सामग्री ग्राहकसम्म पुर्‍याउन र उचित मूल्यमा बिक्री गर्न कठिन भइरहेको छ ।

पछिल्लो समय माटो, दाउरा तथा अन्य कच्चा पदार्थको मूल्य निरन्तर बढ्दै गएको छ । उत्पादन लागत बढे पनि माटाका सामग्रीको बिक्री मूल्य भने वर्षौँदेखि खासै वृद्धि हुन नसकेको कुम्हालहरू बताउँछन् । एक महिनासम्म दिनरात मेहनत गरेर सामग्री तयार पार्दा पनि त्यसबाट हुने आम्दानीले परिवारको सामान्य खर्च धान्नसमेत मुस्किल हुने गरेको उनीहरूको भनाइ छ ।

चाडपर्वका बेला केही आम्दानी भएपनि वर्षभरि यही पेसाबाट परिवार चलाउन सक्ने अवस्था छैन । त्यसैले धेरै कुम्हाल पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै अन्य काम गर्न बाध्य छन् । त्यसमाथि बजारमा प्लास्टिक, धातु तथा अन्य आधुनिक सामग्रीको प्रयोग बढ्दै जाँदा माटाका भाँडाकुँडाको माग र बजारसमेत खुम्चिँदै गएको छ ।

आर्थिक अनिश्चितताका कारण नयाँ पुस्ताको आकर्षण पनि यो पेसाप्रति घट्दै गएको छ । पुर्खाबाट हस्तान्तरण हुँदै आएको सीपलाई निरन्तरता दिनुभन्दा अन्य पेसा रोज्ने प्रवृत्ति बढ्दै गएको कुम्हालहरूको अनुभव छ । उनीहरूका अनुसार माटाका सामग्री बनाउने पेसा संरक्षणका लागि चाडपर्वका बेला मात्रै चासो देखाएर पुग्दैन । उत्पादित सामग्री वर्षभरि बिक्री गर्न सकिने छुट्टै बजारको व्यवस्था गर्नु आवश्यक छ ।

माटाका भाँडाकुँडा बनाउने सीप कुम्हाल समुदायको जीविकोपार्जनसँगै मौलिक संस्कृति र परम्परासँग पनि जोडिएको छ । तर, उचित मूल्य, बजारको पहुँच र सरकारी सहयोगको अभावमा यही पेसाबाट परिवार पाल्नसमेत कठिन हुँदै गएको छ । समयमै संरक्षण र प्रवद्र्धनका लागि पहल हुन नसके पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीप र पेसा नै लोप हुने जोखिम बढ्दै गएको छ ।

Tags: कुम्हालहरूलाई कामको चटारो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३
वीरगंज स्थित बाल सुधारगृहबाट फरार बालकैदीहरु ४८ घण्टामा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ

वीरगंज बाल सुधार गृहभित्रै बालकमाथि हिंसाः औँला काटिएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न !

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि