Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुर गाउँपालिकाको प्रशासनीक भवनको उद्घाटन

भवन निर्माणका लागि पूर्वमन्त्री रिजालले नै १२ कठ्ठा जग्गा दान गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का पूर्व सांसदसमेत रहेका रिजालले गाउँपालिकालाई उपलब्ध गराएको उक्त जग्गा २०८१ फागुन १ गतेको निर्णयअनुसार गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माण प्रक्रिया अघि बढेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०८३
जगरनाथपुर गाउँपालिकाको प्रशासनीक भवनको उद्घाटन

वीरगंज (पर्सा), १९ कात्तिक । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको बुधबार एक समारोहबीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश रिजालले उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि पूर्वमन्त्री रिजालले नै १२ कठ्ठा जग्गा दान गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का पूर्व सांसदसमेत रहेका रिजालले गाउँपालिकालाई उपलब्ध गराएको उक्त जग्गा २०८१ फागुन १ गतेको निर्णयअनुसार गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माण प्रक्रिया अघि बढेको थियो । गाउँपालिकाको २ करोड ३५ लाख रुपैयाँ, जिल्ला समन्वय समितिको ३५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको संसदीय विकास कोषबाट ६४ लाख रुपैयाँ गरी कुल ३ करोड ३४ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले यसअघि मदरसाको भवनबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको प्रशासनिक कामकाज अब आफ्नै भवनबाट हुने बताए । आफ्नै १२ कोठे प्रशासनिक भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो ।

अध्यक्ष यादवले आफूले गरेको प्रतिबद्धताअनुसार गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्न सफल भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि विभिन्न काम गरिएको बताए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि अध्यक्ष यादवको कार्यकाल राम्रो काम भएको भन्दै प्रशंसा समेत गरेका थिए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गरेका थिए ।

Tags: जगरनाथपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि