वीरगंज (पर्सा), १५ असोज । वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा हप्ताको दुई दिन शनिबार र आइतबार अनिवार्य बिदा दिन निर्देशन दिएको छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार शैक्षिक संस्थामा सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था कार्यान्वयन गर्न स्थानीय तहलाई अनुरोध गरिएको थियो । तर वीरगंजका केही निजी विद्यालयले आइतबारसमेत कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले दुई दिन बिदा अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
नगर शिक्षा समितिको असोज ५ गतेको निर्णयअनुसार शैक्षिक प्रशासन महाशाखाले असोज १३ गते सबै विद्यालयलाई परिपत्र गर्दै विद्यालय सञ्चालनमा एकरूपता कायम गर्न ताकेता गरेको थियो । महानगरपालिकाले उक्त निर्णयबारे बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक जानकारी गराएको हो ।










प्रतिक्रिया दिनुहोस् !