Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

पीडितहरूका अनुसार एउटा सटर भाडामा लिएर जब सेन्टर सञ्चालन गर्ने, विभिन्न फर्म तथा उद्योगका कर्मचारीसँग सम्पर्क बनाउने र सामाजिक सञ्जालमार्फत रोजगारीको विज्ञापन गर्ने गरिएको छ । त्यसपछि जागिरको आशमा कार्यालय पुग्ने युवाबाट एक हजारदेखि पाँच हजार रुपैयाँसम्म विभिन्न शीर्षकमा रकम उठाएर सम्बन्धित कम्पनीमा पठाइन्छ । तर कतिपय अवस्थामा सम्बन्धित उद्योग वा फर्ममा त्यस्तो पदका लागि भ्याकेन्सी नै नखुलेको पाइएको पीडितहरूको भनाइ छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

वीरगंज (पर्सा), १२ असोज । रोजगारीको खोजीमा रहेका युवालाई आकर्षक तलब र सहज कामको प्रलोभन देखाएर वीरगंजमा सञ्चालित केही ‘जब सेन्टर’ले शुल्क र कमिसन असुल्ने मात्र होइन, जागिरको नाममा युवालाई एउटा कार्यालयबाट अर्को कार्यालयसम्म धाउने ‘गोलचक्कर’मा पार्ने गरेको पाइएको छ ।

पीडित युवाहरूका अनुसार सामाजिक सञ्जालमा आकर्षक रोजगारीको विज्ञापन गर्ने, युवालाई जब सेन्टरमा बोलाउने, फारम वा सेवा शुल्कका नाममा रकम लिने र उद्योग, कलकारखाना तथा निजी फर्ममा पठाउने गरिन्छ । तर त्यहाँ पुगेपछि विज्ञापनमा भनिएको पद वा काम उपलब्ध नभएको भन्दै फर्काइने गरेको उनीहरूको आरोप छ ।

यसरी रोजगारी नपाए पनि जब सेन्टरमा बुझाएको रकम भने फिर्ता नहुने गरेको पीडितहरूको गुनासो छ । कतिपय अवस्थामा पहिलो महिनाको तलबबाट ४० देखि ५० प्रतिशतसम्म कमिसन माग्ने र कमिसन नदिएसम्म नागरिकता, शैक्षिक प्रमाणपत्र तथा सवारी चालक अनुमतिपत्रजस्ता कागजात राख्ने गरिएकोसमेत उनीहरूको दाबी छ ।

३३३ ‘भ्याकेन्सी’ नै नभएको ठाउँमा पठाइन्छ
यस विषयमा पीडित युवासँग गरिएको कुराकानीका आधारमा वीरगंजमा सञ्चालित केही जब सेन्टर र विभिन्न उद्योग तथा निजी फर्मका कर्मचारीबीच समन्वय रहेको आरोपसमेत उठेको छ ।

पीडितहरूका अनुसार एउटा सटर भाडामा लिएर जब सेन्टर सञ्चालन गर्ने, विभिन्न फर्म तथा उद्योगका कर्मचारीसँग सम्पर्क बनाउने र सामाजिक सञ्जालमार्फत रोजगारीको विज्ञापन गर्ने गरिएको छ । त्यसपछि जागिरको आशमा कार्यालय पुग्ने युवाबाट एक हजारदेखि पाँच हजार रुपैयाँसम्म विभिन्न शीर्षकमा रकम उठाएर सम्बन्धित कम्पनीमा पठाइन्छ ।

तर कतिपय अवस्थामा सम्बन्धित उद्योग वा फर्ममा त्यस्तो पदका लागि भ्याकेन्सी नै नखुलेको पाइएको पीडितहरूको भनाइ छ । युवालाई कम्पनीमा पठाएपछि ‘अहिले काम छैन’, ‘पछि आउनु’, ‘दसैँपछि हेरौँला’ लगायतका जवाफ दिएर फर्काइने र त्यसपछि जब सेन्टरले लिएको रकम फिर्ता नगर्ने गरिएको उनीहरूको आरोप छ ।

युवाले आफू ठगिएको तत्काल थाहा नपाउने गरी यो प्रक्रिया नियमित रूपमा दोहोरिने गरेको पीडितहरूको भनाइ छ । एक जना वा दुई जनामा सीमित नभई रोजगारी खोज्ने धेरै युवाको अनुभव मिल्दोजुल्दो भेटिएपछि जब सेन्टरको कार्यशैलीमाथि प्रश्न उठेको हो ।

चार हजार बुझाए, फ्याक्ट्रीमा पुगेपछि काम फरक
पर्साको जिराभवानी गाउँपालिकाका एक युवक टिकटकमा देखिएको रोजगारीको विज्ञापन पछ्याउँदै ‘हंश जब हब प्रा.लि.’ पुगेका थिए । फ्याक्ट्रीमा काम लगाइदिने आश्वासन पाएपछि उनले चार हजार रुपैयाँ बुझाए । तर फ्याक्ट्रीमा पुगेपछि विज्ञापनमा भनिएकोभन्दा फरक र अत्यधिक मिहिनेत गर्नुपर्ने काम दिइएको उनको भनाइ छ ।

‘एक हप्ता भयो सर, चार हजार एकमुष्ट दिएर फ्याक्ट्रीमा पुगेँ । धेरै मिहिनेतको काम थियो, भनेजस्तो भएन,’ उनले भने, ‘कार्यालयमा फर्केर गुनासो गरेँ, तर सुनुवाइ भएन । पैसा नभएर तनाव छ, जसरी भए पनि कतै जागिर लगाइदिनुस् ।’ काम नमिलेपछि उनी जब सेन्टरमा पुनः धाइरहेका छन् । तर गुनासो गरेको एक सातासम्म पनि वैकल्पिक रोजगारीको व्यवस्था नभएको उनले बताए ।

एक हजार बुझाएर पनि ‘दसैँपछि आउनू’को जवाफ
रौतहटको कटहरियाबाट उच्च माध्यमिक तहको अध्ययनका लागि वीरगंज आएका एक युवक फेसबुकमा देखिएको रोजगारीको विज्ञापनपछि ‘पर्सा जब सेन्टर’ पुगेका थिए । वीरगंज–८ पानीटंकीस्थित वीरगंज पब्लिक कलेजको गेट अगाडिको सडकमा रहेको उक्त जब सेन्टरमा पुग्नेबित्तिकै फारम लिन एक हजार रुपैयाँ बुझाउनुपर्ने बताइएको उनको भनाइ छ ।

रकम नबुझाए फारमसमेत नदिने भनेपछि उनले एक हजार रुपैयाँ बुझाए । त्यसपछि उनलाई मारवाडी फर्ममा जागिरका लागि पठाइयो । तर फर्ममा पुगेपछि ‘दसैँपछि आउनुस्, हेरौँला’ भन्ने जवाफ पाएर फर्कनुपरेको उनले बताए । जब सेन्टरलाई बुझाएको एक हजार रुपैयाँसमेत फिर्ता नपाएको उनको गुनासो छ ।

फारम शुल्कदेखि तलबको ४० प्रतिशतसम्म
बाराको कलैयाका अर्का युवकले ‘टाइगर इन्टरनेशनल सेक्युरिटी सर्भिस जब सेन्टर’मा सेक्युरिटी गार्डको कामका लागि सम्पर्क गर्दा फारम भरेबापत एक हजार रुपैयाँ बुझाएको बताए । रकम लिएपछि रसिद नदिइएको उनको दाबी छ । उनका अनुसार पहिलो महिनाको तलब प्राप्त भएपछि त्यसको ४० प्रतिशत रकम कार्यालयलाई बुझाउनुपर्ने भनिएको थियो । रकम नदिए जागिरबाट निकाल्न सकिने चेतावनीसमेत दिइएको उनले बताए ।

बाइपास चोकस्थित निलकण्ठ अस्पतालनजिकको ‘ग्लोबल जब हब’मा पुगेका अर्का युवकले पनि टिकटकमा देखिएको विज्ञापनकै आधारमा कलैयाको इन्टरनेट कम्पनीमा मार्केटिङको काम खोजेका थिए । फारम शुल्कबापत पाँच सय रुपैयाँ लिए पनि रसिद नदिएको र पहिलो महिनाको तलबको ४० प्रतिशत कमिसन मागिएको उनको भनाइ छ ।

कमिसन नदिएसम्म नागरिकता, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्र धरौटीमा राखिएको उनले दाबी गरे । कम्पनीमा पुगेपछि विज्ञापनमा भनिएको कामभन्दा फरक जिम्मेवारी पाएको थाहा भएपछि उनी फर्किए । कागजात फिर्ता पाए पनि बुझाएको पाँच सय रुपैयाँ भने फिर्ता नपाएको उनको गुनासो छ ।

सामाजिक सञ्जाल बनेको ‘शिकार गर्ने माध्यम’
वीरगंजमा ‘पर्सा जब सेन्टर’, ‘हंश जब हब’, ‘ग्लोबल जब हब’, ‘टाइगर इन्टरनेशनल सेक्युरिटी सर्भिस’लगायतका नाममा रोजगारीसम्बन्धी सेवा दिने कार्यालय सञ्चालनमा छन् । ‘तराई जब सेन्टर’, ‘एएस इन्टरनेशनल जब सेन्टर’, ‘रोजगार वीरगंज’लगायतका नाममा समेत फेसबुक र टिकटकमा रोजगारीका विज्ञापन सार्वजनिक हुने गरेको स्थानीयको भनाइ छ ।

पीडितहरूका अनुसार सामान्य कार्यालयको जागिरका लागि फारम तथा सेवा शुल्क र उद्योग तथा फ्याक्ट्रीको कामका लागि थप रकम असुल्ने गरिएको छ । यसबाहेक पहिलो महिनाको तलबबाट ठूलो हिस्सा कमिसनका रूपमा माग्ने गरेको आरोप छ ।

कानुनले के भन्छ ?
रोजगारीको हकसम्बन्धी ऐन, २०७५ तथा श्रमसम्बन्धी कानुनले रोजगारी र श्रम बजारलाई व्यवस्थित गर्ने व्यवस्था गरेको छ । श्रम ऐन, २०७४ को दफा ६७ मा आपूर्ति गरिएका श्रमिकबाट कुनै किसिमको शुल्क लिन नहुने व्यवस्था रहेको अवस्थामा रोजगारीको नाममा रकम असुल्ने र कागजात धरौटीमा राख्ने अभ्यासमाथि कानुनी प्रश्न उठेको छ ।

बेरोजगारी र आर्थिक अभावमा रहेका युवाको बाध्यतालाई आधार बनाएर रोजगारीको नाममा रकम उठाउने, कामबारे गलत विवरण दिने र गुनासोपछि पनि रकम फिर्ता नगर्ने आरोप लागेका जब सेन्टरमाथि सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने देखिन्छ ।

रोजगारी खोज्ने युवालाई अवसर दिलाउने माध्यम बन्नुपर्ने जब सेन्टर नै शुल्क असुल्ने र युवालाई अनिश्चित प्रतीक्षामा राख्ने माध्यम बनेको आरोप बढ्दै जाँदा वीरगंजको यस्ता संस्थाको भूमिका, वैधानिकता र आर्थिक कारोबारमाथि नियमन आवश्यक देखिएको छ ।

Tags: युवाको बेरोजगारीमाथि कमाइ: जागिरको विज्ञापनदेखि शुल्क असुलीसम्म
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि