Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राणा पक्राउ प्रकरणमा नाम जोडिएपछि मेयर सिंहको आपत्तिः ‘असम्बन्धित विषयमा बदनाम गर्ने प्रयास’

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चारमाध्यमले राणा पक्राउ प्रकरणसँग मेयर सिंहको नाम जोडेर प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा राणा स्वयंको पक्राउको कारणसमेत स्पष्ट रूपमा सार्वजनिक नभइसकेको अवस्थामा घटनासँग असम्बन्धित व्यक्तिलाई जबर्जस्ती जोडेर विवादमा तान्नु र सार्वजनिक प्रतिष्ठामा असर पार्ने सामग्री प्रकाशन गर्नु दुःखद भएको उल्लेख गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ११, २०८३
राणा पक्राउ प्रकरणमा नाम जोडिएपछि मेयर सिंहको आपत्तिः ‘असम्बन्धित विषयमा बदनाम गर्ने प्रयास’

वीरगंज (पर्सा), ११ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा पक्राउ प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् । राणा पक्राउसम्बन्धी समाचारमा आफूलाई असम्बन्धित रूपमा जोडेर भ्रमपूर्ण तथा प्रतिष्ठामा आँच पुग्ने सामग्री प्रकाशन गरिएको भन्दै मेयर सिंहले आपत्ति जनाएका हुन् । पूर्वप्रधानन्यायाधीश राणा पक्राउ परेको विषय अहिले सार्वजनिक चर्चामा रहेको छ भने प्रहरीका अनुसार उनलाई सुरक्षा चुनौतीका कारण नियन्त्रणमा लिइएको बताइएको छ ।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै केही अनलाइन सञ्चारमाध्यमले राणा पक्राउ प्रकरणसँग मेयर सिंहको नाम जोडेर प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा राणा स्वयंको पक्राउको कारणसमेत स्पष्ट रूपमा सार्वजनिक नभइसकेको अवस्थामा घटनासँग असम्बन्धित व्यक्तिलाई जबर्जस्ती जोडेर विवादमा तान्नु र सार्वजनिक प्रतिष्ठामा असर पार्ने सामग्री प्रकाशन गर्नु दुःखद भएको उल्लेख गरिएको छ ।

घिमिरेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने जनाउँदै कुनै व्यक्तिको सार्वजनिक छवि र प्रतिष्ठामा असर पर्ने गरी असम्बन्धित विषयसँग नाम जोडेर समाचार प्रकाशन गर्नु स्वीकार्य नहुने बताएका छन् । उनले समाचार प्रकाशनपूर्व तथ्य र सन्दर्भको पूर्ण पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

नागरिकता मुद्दाको प्रसंग जोडेर आपत्ति
विज्ञप्तिमा मेयर सिंहको नाम राणा पक्राउ प्रकरणसँग जोडिनुको आधारका रूपमा वीरगंज महानगरको मेयरमा निर्वाचित हुनुअघिको नागरिकता सेवासम्बन्धी विवादलाई प्रस्तुत गरिएकोप्रति समेत आपत्ति जनाइएको छ । घिमिरेका अनुसार नेपाल सरकारको सेवाग्राहीका रूपमा राजेशमान सिंहले नागरिकतासम्बन्धी सेवा लिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर संविधान तथा कानुनविपरीत भ्रष्टाचार मुद्दा अघि बढाएको दाबी गरिएको छ ।

उक्त विषयमा पर्सा जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा विशेष अदालतमा आरोपपत्र दायर भएको भन्दै दोहोरो कारबाहीको सिद्धान्तविपरीत भएको जिकिरसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको विज्ञप्तिमा उल्लेख छ । तर सर्वोच्च अदालतले रिट खारेज गरेपछि न्यायिक प्रक्रियालाई सम्मान गर्दै विशेष अदालतको प्रक्रिया अघि बढाइएको र अन्ततः विशेष अदालतबाट सफाइ पाएपछि सिंह वीरगंज महानगरपालिकाको नेतृत्वमा फर्किएको विज्ञप्तिमा दाबी गरिएको छ ।

यही न्यायिक प्रक्रियाबाट टुंगिएको विषयलाई पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरणसँग जोडेर प्रस्तुत गर्नु तथ्य र सन्दर्भलाई विकृत गर्ने प्रयास भएको मेयर सिंहको सचिवालयको भनाइ छ ।
खण्डन प्रकाशन गर्न आग्रह, कानुनी प्रक्रियाको चेतावनी
मेयर सिंहका स्वकीय सचिव घिमिरेले सम्बन्धित सञ्चारमाध्यमलाई प्रकाशित सामग्रीको खण्डन प्रकाशन गर्न आग्रह गरेका छन् । खण्डन प्रकाशन नगरिए प्रचलित कानुन तथा पत्रकारिता आचारसंहिताअनुसार प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन बाध्य हुने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ ।

यसैबीच, पूर्वप्रधानन्यायाधीश राणालाई काठमाडौंस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको घटनाको कानुनी आधार र पक्राउको कारणबारे सार्वजनिक रूपमा विभिन्न विवरण आएका छन् । प्रहरी पक्षले सुरक्षा चुनौतीका कारण उनलाई कार्यालयमा ल्याइएको बताएको छ भने पक्राउको विषयमा थप विवरण सार्वजनिक हुने क्रममा रहेको छ ।

Tags: न्यायिक प्रक्रियासँग जोडेर समाचार लेखिएको भन्दै मेयर सिंहको आपत्ति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

अशोज १२, २०८३
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

अशोज ११, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

अशोज ११, २०८३
लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

अशोज ११, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि