Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

‘इन्जिनियर + प्लानर + प्रोब्लम सोल्भर’ अवधारणामा आधारित पाँच वर्षे विकास रोडम्यापसहित सार्वजनिक बहसको प्रस्ताव अघि सारेका उनले वीरगंजको विकासमा स्पष्ट योजना, जिम्मेवारी र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । विदेशमा हासिल गरेको प्राविधिक अनुभवलाई वीरगंजको विकासमा उपयोग गर्ने उद्देश्यसहित आफू निर्वाचनमा आउन लागेको उनको भनाइ छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८३
विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

वीरगंज (पर्सा), ११ असोज । विदेशमा इन्जिनियर तथा पावर जेनेरेसन विशेषज्ञका रूपमा कार्यरत अफजल हुसेनले आगामी स्थानीय निर्वाचनमा वीरगंज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले वीरगंजको विकासका लागि आफूले ‘इन्जिनियर + प्लानर + प्रोब्लम सोल्भर’ अवधारणासहित पाँच वर्षे विकास रोडम्याप अघि सार्ने बताएका छन् ।

हुसेनले वीरगंजका प्रमुख समस्या पहिचान गरेर सम्भावित समाधानका लागि सम्बन्धित सरकारी निकायसम्म विषय पुर्‍याउँदै आएको दाबी गरेका छन् । उनका अनुसार आफूले महानगरका समस्या केवल बाहिरबाट टिप्पणी गरेर नभई स्थलगत रूपमा पुगेर अध्ययन गर्दै आएको बताएका छन् । उनले वीरगंज चिनी मिलदेखि सिर्सिया नदी, नारायणी अस्पताल, विद्युत् आपूर्ति, सरकारी तथा सामुदायिक विद्यालय, खानेपानी, महानगरका वडा र ट्राफिक व्यवस्थापनसम्मका विषयमा स्थलगत अनुगमन तथा सम्बन्धित निकायसँग छलफल गरेको बताएका छन् ।

हुसेनका अनुसार वीरगंज चिनी मिलको स्थलगत अनुगमनपछि मेसिनरी तथा पार्टपुर्जाको अवस्थासहित विस्तृत अध्ययन प्रतिवेदन तयार गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको थियो । उनले मिलका मेसिनरीको अवस्थाबारे सम्बन्धित अधिकारीलाई प्रोजेक्टरमार्फत जानकारीसमेत गराएको र त्यसपछि सरकारले अनुगमन टोली पठाएर चिनी मिलको निरीक्षण गरेको दाबी गरेका छन् ।

त्यसैगरी, सिर्सिया नदीको स्थलगत अध्ययन गरी नदीको प्रदूषण तथा सरसफाइसँग सम्बन्धित समस्या समेटिएको प्रतिवेदन तत्कालीन अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्षसमेत पेश गरेको उनको भनाइ छ । नदीको प्रदूषण नियन्त्रण र सरसफाइका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको उनले बताएका छन् ।

नारायणी अस्पतालको अवस्था सुधारका लागि समेत स्थलगत अनुगमन गरी देखिएका समस्या र सुधारका विषयमा स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाएको हुसेनले बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग प्रत्यक्ष भेट गरी आवश्यक सुधारका विषयमा छलफल गरेको उनको दाबी छ । वीरगंजको विद्युत् आपूर्ति र सेवासम्बन्धी समस्याबारे नेपाल विद्युत् प्राधिकरणको स्थानीय कार्यालयमा पुगेर जानकारी लिएको तथा सम्बन्धित अधिकारीसँग सुधारका सम्भावनाबारे छलफल गरेको उनले बताएका छन् ।

त्यस्तै, महानगरभित्रका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक र भौतिक अवस्थाको अनुगमन गरी आवश्यक सुधारका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको उनको भनाइ छ । वीरगंज खानेपानी संस्थानको समेत अनुगमन गरी खानेपानी आपूर्ति, पाइपलाइन र सेवासम्बन्धी समस्या बुझेर सुधारका लागि पहल गरेको उनले बताएका छन् ।

महानगरका विभिन्न वडामा पुगेर वडा अध्यक्षहरूसँग प्रत्यक्ष भेटघाट गर्दै ढल, नाला, सडक तथा नागरिकका आधारभूत आवश्यकतासम्बन्धी समस्या बुझ्ने काम गरेको हुसेनले बताएका छन् । त्यसैगरी, ट्राफिक प्रहरी कार्यालयमा पुगेर ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा आवश्यक सुधारका विषयमा समेत छलफल गरेको उनले उल्लेख गरेका छन् । हुसेनले आफ्नो उम्मेदवारीको आधार समस्या देखाउने मात्र नभई त्यसको पहिचान, सम्बन्धित निकायसँग समन्वय र समाधान खोज्ने अभ्यासलाई बनाएको बताएका छन् ।

‘इन्जिनियर + प्लानर + प्रोब्लम सोल्भर’ अवधारणामा आधारित पाँच वर्षे विकास रोडम्यापसहित सार्वजनिक बहसको प्रस्ताव अघि सारेका उनले वीरगंजको विकासमा स्पष्ट योजना, जिम्मेवारी र परिणाममुखी कार्यान्वयन आवश्यक रहेको बताएका छन् । विदेशमा हासिल गरेको प्राविधिक अनुभवलाई वीरगंजको विकासमा उपयोग गर्ने उद्देश्यसहित आफू निर्वाचनमा आउन लागेको उनको भनाइ छ । उनले वीरगंजका समस्या समाधानका लागि दीर्घकालीन योजना र कार्यान्वयनमा जोड दिने बताएका छन् ।

वीरगंजको चिनी मिल, सिर्सिया नदी, स्वास्थ्य, विद्युत्, शिक्षा, खानेपानी, सडक, ढल तथा ट्राफिक व्यवस्थापनजस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको बताउँदै हुसेनले आगामी दिनमा आफ्नो पाँच वर्षे विकास रोडम्याप सार्वजनिक बहसमा ल्याउने बताएका छन् ।

Tags: विदेशमा बसेका अफजल हुसेनकाे वीरगंज मेयरमा उम्मेदवारी घोषणा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि