Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

हालका मेयर राजेशमान सिंह पनि पुनः महानगरको नेतृत्वका लागि मैदानमा उत्रिने तयारीमा रहेको चर्चा छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको छ । सिंह यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयरमा निर्वाचित भएका थिए । आगामी निर्वाचनमा भने उनी कुन दलबाट उम्मेदवार बन्ने भन्ने विषय अझै टुंगो लागेको छैन ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज (पर्सा), १० असोज । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वीरगंज महानगरपालिकामा मेयर पदका सम्भावित उम्मेदवारबारे राजनीतिक चर्चा चुलिन थालेको छ । निर्वाचन आयोगले आगामी फागुन मसान्तभित्र स्थानीय तहको निर्वाचन गराउने तयारी अघि बढाएसँगै पर्साका स्थानीय तहमा समेत सम्भावित उम्मेदवार र दलगत समीकरणबारे आन्तरिक छलफल सुरु भएको छ । यसपटक अघिल्लो स्थानीय निर्वाचनको तुलनामा आकांक्षीको संख्या बढ्ने संकेत देखिएको छ । त्यसको सबैभन्दा बढी प्रभाव वीरगंज महानगरपालिकाको मेयर पदमा देखिएको छ, जहाँ वर्तमान मेयर, पूर्व मेयर, विभिन्न दलका नेता तथा नयाँ अनुहार गरी एक दर्जनभन्दा बढी नाम चर्चामा आउन थालेका छन् ।

हालका मेयर राजेशमान सिंह पनि पुनः महानगरको नेतृत्वका लागि मैदानमा उत्रिने तयारीमा रहेको चर्चा छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि उनको निलम्बन फुकुवा भएको छ । सिंह यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयरमा निर्वाचित भएका थिए । आगामी निर्वाचनमा भने उनी कुन दलबाट उम्मेदवार बन्ने भन्ने विषय अझै टुंगो लागेको छैन । एमालेबाट टिकट पाए सोही दलबाट प्रतिस्पर्धा गर्ने तथा अन्य अवस्थामा वैकल्पिक राजनीतिक दलबाट उम्मेदवार बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा छ ।

यसैबीच वीरगंजका पूर्व मेयर तथा नेकपा एमालेका केन्द्रीय सदस्य विजयकुमार सरावगीको नाम पनि पुनः मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । २०७९ को स्थानीय निर्वाचनमा एमालेबाट मेयरको उम्मेदवार बनेका सरावगी आगामी निर्वाचनमा एमाले वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न सक्ने चर्चा छ । एमालेका पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह पनि मेयर पदका आकांक्षीका रूपमा देखिएका छन् । एमाले नेतृत्वप्रति पछिल्लो समय असन्तुष्टि जनाउँदै आएका सिंह रास्वपाबाट उम्मेदवारीको प्रयासमा रहेको उनीनिकट स्रोतको दाबी छ । रास्वपाबाट टिकट नपाए अन्य दल वा स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिन सक्ने सम्भावनासमेत चर्चामा छ ।

रास्वपाकै नेता सुधिर पटेलको नाम पनि वीरगंजको मेयर पदका सम्भावित उम्मेदवारका रूपमा अगाडि आएको छ । यसअघि प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका पटेलले आगामी स्थानीय निर्वाचनमा रास्वपाबाट मेयरको टिकट दाबी गर्ने तयारी गरेको बताइएको छ । टिकट नपाएको अवस्थामा स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको उनीनिकट स्रोतको भनाइ छ । रास्वपाभित्रै वीरगंजको मेयर पदका लागि अन्य आधा दर्जनभन्दा बढी आकांक्षी रहेको चर्चा छ । यद्यपि उनीहरूमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा दलभित्र औपचारिक निर्णय भइसकेको छैन ।

वीरगंजको मेयर पदमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी तथा अग्रगामी मोर्चालगायतबाट समेत सम्भावित उम्मेदवारबारे आन्तरिक छलफल भइरहेको बताइन्छ । तर ती दलबाट अहिलेसम्म चर्चामा आएका नामको संख्या तुलनात्मक रूपमा कम छ । महानगरमा मात्र नभई पर्साका अन्य स्थानीय तहमा समेत गाउँपालिका अध्यक्ष, नगरप्रमुख तथा वडाध्यक्षका सम्भावित उम्मेदवारबारे राजनीतिक दल र स्थानीयस्तरमा छलफल सुरु भएको छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पर्साका चारवटै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएपछि स्थानीय तह निर्वाचनमा उक्त दलबाट उम्मेदवारीका आकांक्षी बढेको देखिएको छ ।

तर प्रतिनिधिसभाको निर्वाचन परिणामलाई स्थानीय तहको निर्वाचनसँग सोझै जोडेर हेर्न मिल्दैन । स्थानीय निर्वाचनमा दलको संगठनात्मक अवस्था, स्थानीय नेतृत्व, उम्मेदवारको व्यक्तिगत प्रभाव, विगतको राजनीतिक सम्बन्ध तथा स्थानीय तहमा बन्ने समीकरणले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामी प्रतिस्पर्धाको स्वरूप उम्मेदवारी टुंगिएपछि मात्रै थप स्पष्ट हुने देखिन्छ । यससँगै वीरगंजमा मेयरको टिकट कसले पाउने भन्ने विषयले मात्र होइन, कुन दलबाट को मैदानमा आउने र स्थानीय राजनीतिक समीकरण कसरी बदलिन्छ भन्ने विषयले समेत आगामी निर्वाचनको चर्चा थप तातेको छ ।

Tags: मेयरको टिकटमा नजर: वीरगंजमा आकांक्षीको लर्को
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि