Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामाजिक सञ्जालबाट सुरु हुन्छ बेचबिखनको जालोः महिला र बालिका नै सबैभन्दा बढी जोखिममा !

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एट्विन) ले मधेश, कोशी र लुम्बिनी प्रदेशका संवेदनशील सीमावर्ती जिल्लामा गरेको प्रारम्भिक अध्ययनमा अभिलेखीकरण गरिएका ६५४ जना पीडित तथा प्रभावितको तथ्यांक विश्लेषण गरिएको थियो । अध्ययनअनुसार प्रभावितमध्ये ८१.७ प्रतिशत बालिका तथा महिला र करिब १८ प्रतिशत बालक तथा पुरुष रहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ९, २०८३
सामाजिक सञ्जालबाट सुरु हुन्छ बेचबिखनको जालोः महिला र बालिका नै सबैभन्दा बढी जोखिममा !

वीरगंज (पर्सा), ९ असोज । सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग हुने चिनजान, प्रलोभन र छलकपट मानव तथा बालबालिका बेचबिखनको नयाँ माध्यम बन्दै गएको एक अध्ययनले देखाएको छ । विशेषगरी बालिका, किशोरी तथा महिलालाई सामाजिक सञ्जालबाट सम्बन्ध स्थापित गरी विभिन्न बहानामा जोखिमपूर्ण अवस्थामा पुर्‍याउने क्रम बढ्दै गएको पाइएको हो ।

वीरगंजमा शुक्रबार आयोजित ‘नेपालमा बालबालिका बेचबिखन सम्बन्धी प्रारम्भिक अध्ययनः सुरक्षाकर्मीसँग अध्ययनको निष्कर्ष तथा सुझाव साझा र छलफल’ कार्यक्रममा प्रस्तुत अध्ययनले गरिबी, आर्थिक विपन्नता, प्रलोभन, छलकपट र अन्धविश्वाससँगै सामाजिक सञ्जालको दुरुपयोग बालबालिका बेचबिखनको प्रमुख जोखिमका रूपमा देखिएको जनाएको छ ।

महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एट्विन) ले मधेश, कोशी र लुम्बिनी प्रदेशका संवेदनशील सीमावर्ती जिल्लामा गरेको प्रारम्भिक अध्ययनमा अभिलेखीकरण गरिएका ६५४ जना पीडित तथा प्रभावितको तथ्यांक विश्लेषण गरिएको थियो । अध्ययनअनुसार प्रभावितमध्ये ८१.७ प्रतिशत बालिका तथा महिला र करिब १८ प्रतिशत बालक तथा पुरुष रहेका छन् ।

अध्ययनले मानव बेचबिखनको परम्परागत स्वरूपमा समेत परिवर्तन आएको औंल्याएको छ । पहिले सीमावर्ती क्षेत्रमा दलाल तथा बिचौलियामार्फत हुने गतिविधि बढी देखिए पनि पछिल्लो समय सामाजिक सञ्जालबाट अपरिचित व्यक्तिसँग सम्पर्क स्थापित गर्ने, विश्वासमा पार्ने र त्यसपछि प्रलोभन वा छलकपटमार्फत बेचबिखनको जोखिममा पार्ने प्रवृत्ति बढेको अध्ययनको निष्कर्ष छ ।

प्रस्तुत तथ्यांकअनुसार मनोरञ्जनका नाममा २६५ जना, सीमापारबाट १६२ जना, इँटाभट्टासँग सम्बन्धित १२१ जना तथा घरेलु क्षेत्रमा १०६ जना उद्धार तथा पहिचान गरिएको उल्लेख छ । नेपालका प्रमुख सीमा नाकामध्ये वीरगंजलाई पनि मानव बेचबिखनका दृष्टिले संवेदनशील नाकाका रूपमा अध्ययनले देखाएको छ ।

कार्यक्रममा सहभागी सुरक्षा अधिकारीहरूले बदलिँदो स्वरूपको मानव बेचबिखन नियन्त्रणका लागि सीमा नाकामा निगरानी मात्र बढाएर समस्या समाधान नहुने बताएका छन् । जोखिममा रहेका बालबालिकाको समयमै पहिचान, उद्धार, अनुसन्धान, परामर्श, पारिवारिक खोजी तथा सुरक्षित पुनर्मिलनसम्मको समग्र प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको जोड थियो ।

विशेषगरी मधेश प्रदेशका दलित, मुस्लिम तथा सीमान्तकृत समुदायका बालबालिका आर्थिक अभाव र सामाजिक जोखिमका कारण बेचबिखनको उच्च जोखिममा रहेको अध्ययनले देखाएको छ । त्यस्तै, रसुवामा केही दिनअघि भएको विनाशकारी विपद्पछि विस्थापित तथा असुरक्षित अवस्थामा रहेका बालबालिकालाई विभिन्न किसिमका प्रलोभन र छलकपटमा पार्ने जोखिमसमेत बढेको बताइएको छ ।

मानव बेचबिखनका लागि गाउँघरमै रहेका दलाल तथा बिचौलियाले परिवार र बालबालिकासँग सम्बन्ध विस्तार गर्ने र त्यसपछि रोजगारी, शिक्षा, मनोरञ्जन वा अन्य अवसरको प्रलोभन देखाएर सीमापार लैजाने जोखिम रहेको कार्यक्रममा सहभागीहरूले बताए । यसले बेचबिखनको सञ्जाल अब नाकामा मात्र नभई समुदायभित्रैबाट सक्रिय हुन सक्ने अवस्थातर्फ संकेत गरेको उनीहरूको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजू कार्कीले अन्तर्राष्ट्रिय स्तरमै बालबालिका बेचबिखनका सञ्जालले नयाँ स्वरूप लिन थालेको बताए । विस्थापित तथा जोखिममा रहेका बालबालिकामाथि विशेष निगरानी आवश्यक रहेको भन्दै उनले उद्धारपछि पारिवारिक पुनर्मिलनको प्रक्रियामा स्थानीय एजेन्ट तथा बिचौलियाको प्रभावसमेत हटाउनुपर्ने बताए ।

सशस्त्र प्रहरी निरीक्षक दिलीप बस्नेतले सीमा अनुगमनमा खटिने सुरक्षाकर्मीलाई बालबालिकाको पहिचान तथा जोखिम मूल्यांकनका लागि आवश्यक प्रविधि र तालिमको अभाव रहेको बताए । उनले सीमावर्ती क्षेत्रका मदिरा पसल, घुम्ती होटललगायत संवेदनशील स्थानमा निगरानी बढाउनुपर्ने र शंकास्पद गतिविधि पहिचान गर्न आवश्यकताअनुसार डग स्क्वाड परिचालन गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा जोखिमयुक्त सीमा नाका, अनौपचारिक रूपमा आवतजावत हुने बाटो तथा मानव बेचबिखनका दृष्टिले संवेदनशील स्थानको व्यवस्थित म्यापिङ गर्नुपर्ने सुझावसमेत दिइयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच नियमित सूचना आदानप्रदानसँगै स्थानीय तह, समुदाय तथा गैरसरकारी संस्थालाई समेत निगरानी र रोकथामको अभियानमा जोड्नुपर्ने सहभागीहरूको भनाइ थियो ।

एट्विनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले बेचबिखन नियन्त्रणका लागि सम्बन्धित सबै निकायले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्ने बताइन् । कानुनी तथा नीतिगत सुधारसँगै पालिका तहमा कार्यरत प्रहरीको भूमिकालाई समेत प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । बालबालिकालाई सीमापारबाट उद्धार गरेर नेपाल ल्याउनु मात्रै समस्या समाधान नभएको उल्लेख गर्दै गुरुङले उद्धारपछि पहिचान, परामर्श, परिवारको खोजी, सुरक्षित पुनर्मिलन र पुनःस्थापनासम्मको प्रक्रिया बलियो बनाउनुपर्ने बताइन् ।

माइती नेपाल, पर्साकी प्रमुख गोमा पौडेलले सीमा क्षेत्रमा बालबालिकाको उमेर तथा पहिचान यकिन गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन् । कम उमेरका बालबालिकाको आवतजावत तथा जोखिम पहिचानमा विशेष ध्यान दिनुपर्ने र सीमा पार गराउने गतिविधि रोक्न स्थानीय तह तथा सुरक्षा निकायबीच समन्वय बढाउनुपर्ने उनको सुझाव थियो ।

आफन्त नेपालकी मनु रानाले जोखिममा रहेका बालबालिकाको पहिचानदेखि उद्धारसम्म सम्बन्धित निकायबीचको समन्वय अझ बलियो बनाउनुपर्ने बताइन् । उद्धारपछि सुरक्षित परिवार तथा समुदायमा पुनःस्थापनालाई पनि समान प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । संरक्षण नेपाल बाराका अध्यक्ष बृजमोहन कुशवाहले भारततर्फ पुर्‍याइएका बालबालिकालाई सुरक्षित रूपमा स्वदेश फर्काउन भारतीय प्रशासनसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताए ।

शक्ति समूहकी संस्थापक सदस्य चरीमाया तामाङ र द एशिया फाउण्डेशनकी रीता नेपालीले पनि मानव तथा बालबालिका बेचबिखन नियन्त्रणमा सुरक्षा निकायको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । एट्विनकी उपाध्यक्ष अनुराधा आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पर्सामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सरोकारवाला निकाय तथा नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।

Tags: सामाजिक सञ्जालको जालोः बालबालिका बेचबिखनको नयाँ बाटो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

अशोज १०, २०८३
आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

अशोज ९, २०८३
मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

अशोज ९, २०८३
अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अशोज ९, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि