Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा बाढीको त्रासः आठै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा, जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

मधेशका आठवटै जिल्लामा बाढी तथा डुबानको सम्भावना रहे पनि नदी–खोलाको बहाव, भौगोलिक अवस्था र विगतमा भएका क्षतिका आधारमा केही क्षेत्रलाई बढी संवेदनशील मानिएको छ । रौतहटमा बागमती र लालबकैया नदीको बहाव बढ्दा सदरमुकाम गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुन सक्ने जोखिम छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ९, २०८३
मधेशमा बाढीको त्रासः आठै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा, जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

वीरगंज (पर्सा), ९ असोज । लगातारको भारी वर्षासँगै मधेश प्रदेशमा बाढी र डुबानको जोखिम बढेपछि प्रदेशका आठवटै जिल्लाको सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ । सम्भावित विपद्का बेला जनधनको क्षति न्यून गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई उद्धार तथा राहतका लागि तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको हो । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीका अनुसार प्रदेशभरका सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ अवस्थामा राखिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यक सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको उनले बताए ।

उनका अनुसार जोखिम तथा अति जोखिमयुक्त क्षेत्रको पहिचान गरी स्थानीय प्रशासन र सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गरिएको छ । बाढी, डुबान वा अन्य विपद् आइपरे तत्काल उद्धारमा खटिन सक्ने गरी आवश्यक जनशक्ति तथा स्रोतसाधन तयारी अवस्थामा राखिएको अधिकारीले जानकारी दिए । विशेषगरी राजमार्गमा निर्माणाधीन पुल, सडक तथा अन्य जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै त्यस्ता क्षेत्रमा निगरानी बढाउन निर्देशन दिइएको छ । प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगंज र जनकपुरधामलाई समेत उद्धार तथा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ ।

यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले पनि सुरक्षा निकायलाई उच्च सतर्कतासहित परिचालन हुन निर्देशन दिएको छ । बैठकले सम्भावित विपद्को अवस्थामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच प्रभावकारी समन्वय कायम गर्दै उद्धार तथा क्षति न्यूनीकरणको कामलाई चुस्त बनाउन जोड दिएको छ ।

रौतहटदेखि सप्तरीसम्म संवेदनशील क्षेत्र
मधेशका आठवटै जिल्लामा बाढी तथा डुबानको सम्भावना रहे पनि नदी–खोलाको बहाव, भौगोलिक अवस्था र विगतमा भएका क्षतिका आधारमा केही क्षेत्रलाई बढी संवेदनशील मानिएको छ । रौतहटमा बागमती र लालबकैया नदीको बहाव बढ्दा सदरमुकाम गौरसहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुरका तटीय बस्ती प्रभावित हुन सक्ने जोखिम छ ।

धनुषामा कमला, जलाद र औरही नदीमा पानीको सतह बढ्दा गणेशमान चारनाथ, सबैला, शहीदनगर, कमला र विदेह नगरपालिकाका विभिन्न क्षेत्र प्रभावित हुन सक्छन् । जनकपुरधाम उपमहानगरपालिकामा भने नदीको बाढीभन्दा पनि प्रभावकारी ढल तथा पानी निकासको अभावका कारण वर्षायाममा सहरी डुबानको समस्या दोहोरिने गरेको छ ।

सिरहामा कमला, बलान तथा स्थानीय खहरे खोलाको बहाव बढ्दा सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र जोखिममा पर्ने गरेका छन् । सप्तरीमा सप्तकोशीसँगै खाँडो, महुली, जिता र बलान खोलामा पानीको बहाव बढ्दा हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता तथा राजविराज आसपासका बस्तीमा डुबानको जोखिम रहने गरेको छ ।

सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीको बहाव बढ्दा बरहथवा, बलरा, गोडैता, कौडेना तथा बसबरिया क्षेत्र प्रभावित हुन सक्ने जोखिम छ । महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीको कटान तथा बाढीका कारण जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्र संवेदनशील मानिन्छन् ।

बारा र पर्सामा भने चुरे क्षेत्रबाट बग्ने खोलामा अचानक आउने बाढी र कटानलाई प्रमुख जोखिमका रूपमा हेरिएको छ । बारामा पसाहा, दुधौरा, बालगंगा र तिलावे नदीमा अचानक आएको बाढीले कलैया तथा जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्रसँगै परवानीपुर र देवताल गाउँपालिकाका केही भूभाग प्रभावित हुन सक्छन् । पर्सामा ओरिया नदीको कटान तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण जगरनाथपुर, धोबिनी, वीरगंज महानगरपालिका र पोखरिया क्षेत्र जोखिममा पर्ने गरेका छन् ।

चुरे दोहनले बढाउँदै बाढीको जटिलता
सुरक्षा निकायको विश्लेषणअनुसार चुरे क्षेत्रमा भइरहेको दोहन तथा खोलाको प्राकृतिक बहावमा आएको परिवर्तनले मधेशका केही क्षेत्रमा बाढीको जोखिम थप जटिल बनाएको छ । खोलामा ढुंगा, गिट्टी र बालुवा थुप्रिँदा पानीको प्राकृतिक निकास प्रभावित हुने तथा छोटो समयमै हुने भारी वर्षाका कारण लेदोसहितको आकस्मिक बाढी बस्तीमा पस्न सक्ने जोखिम रहेको सुरक्षा निकायको भनाइ छ । यही अवस्थालाई ध्यानमा राख्दै सुरक्षा निकायले जोखिमयुक्त बस्ती तथा क्षेत्रको पूर्वपहिचान, स्थानीय तहसँगको समन्वय र उद्धार टोलीलाई तत्काल परिचालन गर्ने क्षमतालाई प्राथमिकतामा राखेको छ ।

यसैबीच, नागरिकलाई नदी तथा खोलाको किनार र डुबानको सम्भावना भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर–पश्चिमतर्फ सर्दै गएको छ । उक्त मौसमी प्रणालीको प्रभाव नेपालमा समेत परेको र कोशी, मधेश तथा बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

भारी वर्षाको सम्भावनाबीच मधेशमा सुरक्षा संयन्त्रलाई अग्रिम रूपमा तयारी अवस्थामा राखिएको हो । सुरक्षा अधिकारीहरूका अनुसार विपद् आएपछि उद्धार टोली परिचालन गर्नेभन्दा जोखिमयुक्त क्षेत्रको पहिचान, पूर्वतयारी र तत्काल प्रतिकार्य क्षमता कायम राखेर सम्भावित जनधनको क्षति न्यूनीकरण गर्नु अहिलेको प्राथमिकता हो ।

Tags: भारी वर्षापछि मधेशमा उच्च सतर्कताः सुरक्षा संयन्त्र ‘स्ट्यान्डबाइ’
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा बाढीको त्रासः आठै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा, जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

मधेशमा बाढीको त्रासः आठै जिल्लामा सुरक्षा संयन्त्र तयारी अवस्थामा, जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

अशोज ९, २०८३
सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

अशोज ८, २०८३
बाराका विद्यालयहरु दुई दिन विद्यालय बन्द

बाराका विद्यालयहरु दुई दिन विद्यालय बन्द

अशोज ८, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

जानकीनगरकी सुमित्रा खत्री मुत्यु प्रकरणमा एक महिला पक्राउ

अशोज ८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि