Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

प्रदेशका सीमावर्ती तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकायको नियमित उपस्थितिलाई प्रभावकारी बनाउन सवारीसाधन उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । विशेषगरी सीमा क्षेत्रमा हुने नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनमा मोटरसाइकलले सहजता ल्याउने अपेक्षा गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८३
सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

जनकपुरधाम (पर्सा), ८ असोज । मधेश प्रदेश सरकारले सीमा सुरक्षा, शान्ति सुरक्षा तथा नियमित गस्तीलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बललाई २० थान मोटरसाइकल उपलब्ध गराएको छ । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री फकीरा महतोले सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टलाई मोटरसाइकलको साँचो तथा ब्लुबुक हस्तान्तरण गरेका हुन् ।

प्रदेशका सीमावर्ती तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकायको नियमित उपस्थितिलाई प्रभावकारी बनाउन सवारीसाधन उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । विशेषगरी सीमा क्षेत्रमा हुने नियमित गस्ती, निगरानी तथा सुरक्षा व्यवस्थापनमा मोटरसाइकलले सहजता ल्याउने अपेक्षा गरिएको छ । भारतसँग लामो खुला सीमा जोडिएको मधेश प्रदेशमा सीमा सुरक्षा तथा नियमित गस्तीलाई चुनौतीपूर्ण मानिँदै आएको छ । यस्तो अवस्थामा सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलब्ध गराउने प्रदेश सरकारको योजनाअन्तर्गत मोटरसाइकल हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्री महतोका अनुसार प्रदेश सरकारले सुरक्षा निकायलाई आवश्यक पर्ने थप सवारीसाधन उपलब्ध गराउने तयारीसमेत अघि बढाएको छ । आवश्यकताका आधारमा थप १० थान मोटरसाइकल सम्बन्धित स्थानमा उपलब्ध गराउने प्रक्रिया अघि बढिरहेको उनले बताए । प्रदेशको शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन सम्पन्न बनाउनु प्रदेश सरकारको प्राथमिकतामध्ये एक रहेको मन्त्री महतोले बताए । सुरक्षा निकायसँग पर्याप्त साधन भएमा नियमित गस्ती, सीमा निगरानी तथा आकस्मिक अवस्थामा तत्काल परिचालन गर्न सहज हुने उनको भनाइ थियो ।

यसअघि बुधबार मात्रै मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण गरेको थियो । सशस्त्र प्रहरीलाई थप २० थान मोटरसाइकल उपलब्ध गराएसँगै प्रदेश सरकारले सुरक्षा निकायको गतिशीलता बढाउन सवारीसाधन उपलब्ध गराउने क्रमलाई तीव्रता दिएको छ । प्रदेश सरकारका अनुसार उपलब्ध गराइएका मोटरसाइकल आवश्यकताका आधारमा सुरक्षा निकायका विभिन्न कार्यालय तथा क्षेत्रमा परिचालन गरिनेछन् । विशेषगरी सीमावर्ती क्षेत्रमा नियमित गस्ती, सीमा निगरानी, चोरी–तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सवारीसाधन उपयोगी हुने अपेक्षा गरिएको छ ।

मधेश प्रदेशका विभिन्न जिल्लामा सीमा अपराध, चोरी–तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायको नियमित गस्ती महत्वपूर्ण मानिन्छ । त्यसका लागि आवश्यक जनशक्तिसँगै पर्याप्त सवारीसाधन र अन्य स्रोतसाधनको उपलब्धता पनि आवश्यक रहेको सुरक्षा अधिकारीहरूको भनाइ छ । प्रदेश सरकारले आगामी दिनमा पनि सुरक्षा निकायको आवश्यकता र कार्यक्षेत्रका आधारमा थप साधन उपलब्ध गराउने जनाएको छ ।

Tags: मधेश प्रदेश सरकार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

सशस्त्र प्रहरीलाई मधेश सरकारले दियो २० थान मोटरसाइकल

अशोज ८, २०८३
बाराका विद्यालयहरु दुई दिन विद्यालय बन्द

बाराका विद्यालयहरु दुई दिन विद्यालय बन्द

अशोज ८, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

जानकीनगरकी सुमित्रा खत्री मुत्यु प्रकरणमा एक महिला पक्राउ

अशोज ८, २०८३
भारी वर्षा र चट्याङको जोखिमः शुक्रबार वीरगंजका सबै विद्यालय बन्द

भारी वर्षा र चट्याङको जोखिमः शुक्रबार वीरगंजका सबै विद्यालय बन्द

अशोज ८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि