Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशका एफएम र टेलिभिजनका फाइल प्रदेशमै, काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने

काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित फाइल हस्तान्तरण गरेका हुन् । फाइलहरू जनकपुरधाम ल्याइएसँगै प्रदेशभित्र सञ्चालनमा रहेका सञ्चार संस्थाले दर्ता, नवीकरणलगायतका प्रशासनिक सेवा अब प्राधिकरणको जनकपुरधामस्थित कार्यालयबाटै लिन सक्ने भएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८३
मधेशका एफएम र टेलिभिजनका फाइल प्रदेशमै, काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने

जनकपुरधाम (धनुषा), ८ असोज । मधेश प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित फाइलहरू सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण मधेश प्रदेशलाई हस्तान्तरण गरेको छ । फाइल हस्तान्तरणसँगै अब मधेश प्रदेशमा सञ्चालनमा रहेका रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका प्रशासनिक कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने भएको छ ।

काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित फाइल हस्तान्तरण गरेका हुन् । फाइलहरू जनकपुरधाम ल्याइएसँगै प्रदेशभित्र सञ्चालनमा रहेका सञ्चार संस्थाले दर्ता, नवीकरणलगायतका प्रशासनिक सेवा अब प्राधिकरणको जनकपुरधामस्थित कार्यालयबाटै लिन सक्ने भएका छन् । यसबाट सञ्चार संस्था सञ्चालक, पत्रकार तथा सञ्चारकर्मीलाई सेवा लिन काठमाडौं जानुपर्ने समय, खर्च र झन्झट कम हुने अपेक्षा गरिएको छ ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष खड्गाले फाइल हस्तान्तरणलाई सामान्य प्रशासनिक प्रक्रिया मात्र नभई संविधानले दिएको प्रदेशको अधिकार कार्यान्वयनतर्फको महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार नेपालको संविधान तथा मधेश प्रदेश सञ्चारसम्बन्धी कानुनले रेडियो तथा टेलिभिजनको दर्ता, नवीकरणलगायतका काम प्रदेशस्तरबाटै गर्ने व्यवस्था गरे पनि आवश्यक फाइल केन्द्रमै रहँदा उक्त अधिकार व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन ।

करिब सात वर्षदेखि केन्द्रमा रहेका फाइलहरू मधेशमा ल्याउने प्रयास गर्दै आएको बताउँदै अध्यक्ष खड्गाले फाइल हस्तान्तरणमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको महत्वपूर्ण सहयोग रहेको बताए । ‘जिम्मेवारी सम्हालेकै दिनदेखि फाइलहरू मधेश ल्याउने विषयमा निरन्तर प्रयासरत थिएँ,’ खड्गाले भने, ‘केही कानुनी जटिलता समाधान गर्न मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री महतोको महत्वपूर्ण सहयोग रह्यो । उहाँ र तत्कालीन गृहसचिव गणेश नायकको सहयोगमा फाइलहरू प्राधिकरणमा ल्याउन सफल भएका छौँ ।’

फाइल प्रदेशमै आएपछि एफएम रेडियो तथा टेलिभिजन सञ्चालन, नवीकरण तथा अन्य प्रशासनिक प्रक्रियाका लागि केन्द्रमा निर्भर हुनुपर्ने अवस्था अन्त्य हुने प्राधिकरणको भनाइ छ । यसबाट सञ्चार संस्थाको समय तथा आर्थिक भार घट्नुका साथै यातायात, बसोबासलगायतमा हुने अतिरिक्त खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ । प्रदेशभित्रैबाट नियमित प्रशासनिक प्रक्रिया अघि बढाउन सकिने भएपछि सञ्चार संस्थालाई सेवा प्राप्त गर्न थप सहज हुने प्राधिकरणले जनाएको छ ।

फाइल हस्तान्तरणसँगै सञ्चार संस्थासँग सम्बन्धित अभिलेख तथा प्रशासनिक काम प्रदेशस्तरमै व्यवस्थित हुने र सेवा प्रवाहलाई थप छिटो तथा सहज बनाउन सहयोग पुग्ने बताइएको छ । दर्ता तथा नवीकरणबाट प्राप्त हुने राजस्वसमेत प्रदेश सरकारको आम्दानीमा जोडिने भएकाले यसबाट प्रदेशको राजस्व संकलनमा समेत वृद्धि हुने प्राधिकरणको विश्वास छ ।

अध्यक्ष खड्गाले फाइलहरू मधेशमा ल्याउनुलाई सञ्चार क्षेत्रको अधिकार प्रदेशमा स्थापित गर्ने प्रक्रियाको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । उनका अनुसार अब प्रदेशमै उपलब्ध हुने सेवाका लागि सञ्चार संस्था तथा सञ्चारकर्मीले केन्द्रमा निर्भर हुनुपर्ने अवस्था क्रमशः अन्त्य हुँदै जानेछ । फाइल हस्तान्तरणसँगै मधेश प्रदेशमा सञ्चारसम्बन्धी सेवा विकेन्द्रीकरणको आधार तयार भएको प्राधिकरणले जनाएको छ ।

Tags: आमसञ्चार प्राधिकरण मधेश
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि