Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

लामो समयदेखि उचित संरक्षण र उपयोगको अभावमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित गर्दै कृषि वनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणमा आँप, अम्बा, अमला, सगुवानलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ७, २०८३
जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

वीरगंज (पर्सा), ७ असोज । सार्वजनिक तथा कृषि वन क्षेत्रको संरक्षण र सदुपयोग गर्ने उद्देश्यले पर्साको जगरनाथपुर गाउँपालिका–२ लक्ष्मीपुरस्थित फुलबारी टोलमा वृक्षरोपण अभियान सुरु गरिएको छ । स्थानीय व्यवस्थापन समूहको पहलमा करिब २० बिघा क्षेत्रफलमा विभिन्न प्रजातिका बिरुवा रोप्ने अभियान अघि बढाइएको हो ।

लामो समयदेखि उचित संरक्षण र उपयोगको अभावमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित गर्दै कृषि वनका रूपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणमा आँप, अम्बा, अमला, सगुवानलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । वृक्षरोपण अभियानको उद्घाटन पर्सा क्षेत्र नं. ४ का पूर्वसांसद तथा पूर्वमन्त्री रमेश रिजालले बिरुवा रोपेर गरेका थिए ।

कार्यक्रममा मधेश प्रदेशसभा सदस्य शंकर चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, गादीमाई वन व्यवस्थापन समितिका अध्यक्ष सहरुम गदी, नेपाली कांग्रेस पर्साका कोषाध्यक्ष प्रेम थापालगायतको सहभागिता थियो । कार्यक्रममा सार्वजनिक जग्गाको संरक्षण, वातावरणीय सन्तुलन र स्थानीय क्षेत्रमा हरियाली विस्तारका विषयमा वक्ताहरूले जोड दिएका थिए । सार्वजनिक क्षेत्रलाई अतिक्रमण तथा अव्यवस्थित प्रयोगबाट जोगाउँदै कृषि वनको रूपमा विकास गर्न सके वातावरण संरक्षणसँगै स्थानीय समुदायलाई समेत दीर्घकालीन लाभ पुग्ने उनीहरूको भनाइ थियो ।

व्यवस्थापन समूहका अनुसार संरक्षणको अभावमा रहेको सार्वजनिक जग्गालाई व्यवस्थित उपयोगमा ल्याउँदै वृक्षरोपणमार्फत हरित क्षेत्र विस्तार गर्ने योजना बनाइएको हो । करिब २० बिघा क्षेत्रमा वृक्षरोपण पूरा भएपछि लक्ष्मीपुरको फुलबारी टोलमा हरियाली क्षेत्र विस्तार हुनुका साथै सार्वजनिक जग्गाको संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

रोपिएका बिरुवाको संरक्षण, सिँचाइ तथा हुर्काउने जिम्मेवारी व्यवस्थापन समूह र स्थानीय समुदायको सहकार्यमा अघि बढाइने जनाइएको छ । सार्वजनिक जग्गा संरक्षणसँगै कृषि वनको विकास र वातावरणीय संरक्षणलाई प्राथमिकतामा राखेर अभियानलाई निरन्तरता दिने आयोजकको भनाइ छ । कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्ष नेपाली कुशवाहा, लक्ष्मी साह तेली, बिहारी महतो नुनियालगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

Tags: जगरनाथपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि