Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भारी वर्षाको पूर्वानुमानपछि रौतहट र महोरत्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

प्रशासनले विशेषगरी नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने र अन्य जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भावित जोखिम बढ्नुअघि नै सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरेको छ । स्थानान्तरणका क्रममा समस्या भए सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले भनेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ७, २०८३
भारी वर्षाको पूर्वानुमानपछि रौतहट र महोरत्तरीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

गौर (रौतहट), ७ असोज । असोज ८ गतेदेखि केही दिन लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि रौतहटमा उच्च सतर्कता अपनाइएको छ । सम्भावित वर्षासँगै बाढी, डुबान तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको हो । नेपाल मौसम विज्ञान विभागको प्रक्षेपणलाई आधार बनाउँदै प्रमुख जिल्ला अधिकारी (सिडिओ) लक्ष्मी प्रसाद पौडेलले बुधबार सार्वजनिक सूचना जारी गर्दै सम्भावित विपद्बाट जोगिन समयमै आवश्यक सावधानी अपनाउन नागरिकलाई आग्रह गरेका छन् ।

प्रशासनले विशेषगरी नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने र अन्य जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सम्भावित जोखिम बढ्नुअघि नै सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरेको छ । स्थानान्तरणका क्रममा समस्या भए सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले भनेको छ । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै रातको समयमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्नसमेत प्रशासनले आग्रह गरेको छ । यात्रा गर्नैपर्ने भए सम्बन्धित स्थानीय तह तथा सुरक्षा निकायसँग सडकको अवस्था र सम्भावित जोखिमबारे जानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ ।

यात्राका क्रममा सडक वा बाटो जोखिमपूर्ण देखिए गन्तव्यमा पुग्न हतार नगरी आफू रहेको स्थान आसपासकै सुरक्षित ठाउँमा रोकिएर अवस्था सामान्य भएपछि मात्र अघि बढ्न प्रशासनले सुझाव दिएको छ । प्रशासनले यात्रामा निस्कनुअघि आवश्यक तयारी गर्नसमेत आग्रह गरेको छ । अतिरिक्त कपडा, ड्राइफुड, खानेपानी, मोबाइल चार्जर तथा प्राथमिक उपचारका आवश्यक औषधि साथमा राख्न र मोबाइल पर्याप्त चार्ज गरेर मात्र यात्रा गर्न भनिएको छ । सम्भावित विपद्को अवस्थामा वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति, बिरामी तथा बालबालिकालाई पहिलो प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरी परिवार तथा समुदायस्तरमै पूर्वतयारी गर्न प्रशासनले अनुरोध गरेको छ ।

त्यसैगरी, माथिल्लो भेगमा नदी तथा खोलाको अवस्था र पानीको बहावबारे निरन्तर सूचना लिन प्रशासनले आग्रह गरेको छ । जोखिमको सूचना प्राप्त हुनासाथ उद्धार तथा सुरक्षाका आवश्यक कदम चाल्नसमेत स्थानीय प्रशासनले सम्बन्धित पक्षलाई सचेत गराएको छ ।
सिडिओ पौडेलले विपद् आएपछि उद्धारको प्रतीक्षा गर्नेभन्दा जोखिम आउनुअघि नै सुरक्षित हुने गरी तयारी गर्नुपर्नेमा जोड दिएका छन् । भारी वर्षाबाट उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका हुन् ।

आपतकालीन अवस्थामा सम्पर्क
नेपाल प्रहरी : १००
सशस्त्र प्रहरी बल नेपाल : १११४
जिल्ला आपत्कालीन केन्द्र (डि.ई.ओ.सी.) : १२३४
जिल्ला प्रशासन कार्यालय, रौतहट : ९८५५०४७७७२
जिल्ला प्रहरी कार्यालय, रौतहट : ९८५५०४०६०७

महोत्तरीमा पनि पूर्वसतर्कता अपनाउन अपिल
यसैगरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले पूर्वसचेतताका लागि सार्वजनिक अपिल गरेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा, महोत्तरीले यही असोज ९ गते शुक्रबारदेखि तीन दिन मधेस मुलुकका विभिन्न भेगमा हावाहुरीसँगै मेघगर्जन हुने, चट्याङ पर्ने र भारी वर्षा हुने अनुमान प्रक्षेपण गरेसँगै प्रशासनले सर्वसाधारणलाई सुरक्षित रहन सार्वजनिक अपिल गरेको हो ।

पूर्वसचेतनाका लागि स्थानीय तह, रेडक्रससहितका सामाजिक सङ्घ संस्था, प्रहरी र आमनागरिक समाज सचेत रहे क्षति हुनबाट जोगिन सकिने हुँदा यो अपिल जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्लामा विपद्का बेला जनधनको क्षति भएको हामीसँग विगत अनुभव छ, त्यसबाट शिक्षा लिँदै अब सचेत रहन आवश्यक छ’, प्रजिअ यादवले सञ्चारकर्मीसँगको कुराकानीमा आज भन्नुभयो । जिल्लामा रातु, मडहा, बाँके, जङ्घा, बिग्ही र कुटमेश्वरीसहितका नदीको बाढी बस्तीमा पसेर डुबान गरेका घटना छन् ।

Tags: भारी वर्षाको सम्भावनाः उच्च सतर्कता अपनाउन आग्रह
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि