वीरगंज (पर्सा), ६ असोज । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले नयाँ वडा कार्यसमिति गठन गर्नुका साथै आगामी महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत चयन गरेको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन भएका छन् । त्यस्तै, उपसभापतिमा मनीर मन्सुरी र महिला उपसभापतिमा अनीता छेत्री चयन हुनुभएको छ ।
यस्तै, सचिवमा सन्तोष कर्ण तथा सह–सचिवमा अनिल ओझा चयन हुनुभएको जनाइएको छ । अधिवेशनबाट वडा कार्यसमितिका अन्य आठ जना सदस्यसमेत चयन भएका छन् । अधिवेशनले २३ जना क्षेत्रीय प्रतिनिधि समेत चयन गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !