Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

बाढीमा जेठो छोरा बेपत्ता भएपछि बुवा प्रभु पटेलसहित परिवारका सदस्य, आफन्त र गाउँलेहरू घटनाकै दिनदेखि उनको खोजीमा जुटेका थिए । लामो समयसम्म खोजी गर्दा पनि कुनै सुराक नपाएपछि परिवारले हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार शनिबार कुशको प्रतीकात्मक शव तयार पारेर अन्तिम संस्कार गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

परवानीपुर (बारा), ४ असोज । लाङटाङ लिरुङ हिमाल क्षेत्रमा गएको हिम–चट्टान पहिरोपछि भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीमा बेपत्ता भएका बाराको परवानीपुर गाउँपालिका–५, बहुअरी टोलका ३६ वर्षीय नमोनारायण पटेलको २३ दिनसम्म खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको छ । बाढीमा जेठो छोरा बेपत्ता भएपछि बुवा प्रभु पटेलसहित परिवारका सदस्य, आफन्त र गाउँलेहरू घटनाकै दिनदेखि उनको खोजीमा जुटेका थिए ।

प्रहरी प्रशासन, स्थानीय तह तथा सम्भावित विभिन्न स्थानमा निरन्तर खोजतलास गरिए पनि नमोनारायण जीवित वा मृत अवस्थामा फेला पर्न सकेनन् । लामो समयसम्म खोजी गर्दा पनि कुनै सुराक नपाएपछि परिवारले हिन्दु धार्मिक तथा सामाजिक परम्पराअनुसार शनिबार कुशको प्रतीकात्मक शव तयार पारेर अन्तिम संस्कार गरेको हो । शवसमेत फेला नपरेको अवस्थामा छोराको अन्तिम संस्कार गर्नुपर्ने बाध्यताले परिवारलाई शोकसँगै गहिरो मानसिक पीडामा धकेलेको छ ।

छोराको प्रतीक्षामा बिते २३ दिन, अन्ततः कुशको शवमा दाहसंस्कार
नमोनारायणको अन्तिम संस्कारका क्रममा बहुअरी टोल शोकमा डुबेको थियो । आफन्त, छिमेकी तथा स्थानीयवासी भावुक बनेका थिए । बुवा प्रभु पटेलले जेठो छोरा यसरी बेपत्ता भएर अन्ततः कुशको शवमार्फत अन्तिम संस्कार गर्नुपर्ने अवस्था आउला भन्ने आफूले कहिल्यै नसोचेको बताए । २३ दिनसम्म छोरा फर्किने आशामा बसे पनि खोजीका क्रममा कुनै खबर नआएपछि भारी मनका साथ अन्तिम संस्कार गर्नुपरेको उनको भनाइ थियो ।

नमोनारायणका भाइ धरमेश पटेलले दाइको खोजीका लागि सम्भव भएसम्म सबै ठाउँमा पुगेर प्रयास गरिएको बताए । प्रहरी प्रशासनसँग समन्वय गर्नुका साथै बाढी प्रभावित विभिन्न क्षेत्र र सम्भावित स्थानमा पुगेर खोजतलास गरे पनि दाइको कुनै जानकारी प्राप्त हुन नसकेको उनले बताए । ‘२३ दिनदेखि दाइको खोजीमा हामीले धेरै ठाउँ धायौँ । प्रहरी प्रशासनसँग समन्वय गर्‍यौँ, स्थानीय निकायलाई जानकारी गरायौँ । घटनास्थलदेखि सम्भावित अन्य स्थानसम्म पुग्यौँ, तर दाइको कुनै खबर पाएनौँ,’ धरमेशले भने, ‘जीवित छन् कि छैनन् भन्ने पनि थाहा नपाई बस्नुपर्ने अवस्था भयो। अन्ततः हिन्दु रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न बाध्य भयौँ ।’

शव नभेटिए पनि संस्कार गर्नुपर्ने बाध्यता
परिवारका अनुसार लामो समयसम्म खोजी गर्दा समेत नमोनारायणको कुनै सुराक नपाएपछि धार्मिक परम्पराअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको हो । वास्तविक शव फेला नपरेको अवस्थामा अन्तिम संस्कार गर्नुपरेको पीडाले परिवारको दुःख झनै गहिरिएको छ । अन्तिम संस्कारमा स्थानीय राजनीतिकर्मी, सामाजिक अगुवा, आफन्त तथा ठूलो संख्यामा स्थानीयवासी सहभागी भएका थिए । दाहसंस्कारका क्रममा उपस्थित धेरैजसो स्थानीयवासी भावुक बनेका थिए ।

विपत्तिमा स्थानीय सरकारको साथ नपाएको परिवारको गुनासो
यसैबीच, पीडित परिवारले विपत्तिको कठिन घडीमा स्थानीय सरकारबाट अपेक्षित सहयोग प्राप्त हुन नसकेको गुनासो गरेको छ । आफूहरूले भोगिरहेको पीडा र समस्याप्रति स्थानीय सरकारले आवश्यक चासो देखाउँदै सहयोग गर्नुपर्ने परिवारको अपेक्षा छ । बाढीमा नमोनारायण बेपत्ता भएको २३ दिन बितिसक्दा पनि उनको वास्तविक अवस्थाबारे आधिकारिक जानकारी प्राप्त हुन सकेको छैन । शवसमेत फेला नपरी अन्तिम संस्कार गर्नुपरेको घटनाले परिवारलाई शोकसँगै अनिश्चितताको गहिरो पीडामा छोडेको छ ।

Tags: भोटेकोशीले शवसमेत दिएन: कुशको शव बनाएर अन्तिम संस्कार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि