Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

समितिका अध्यक्ष सत्यनारायण साहले विगतका वर्षहरूको लेखापरीक्षणअनुसारको आय–व्यय विवरण प्रस्तुत गर्न थालेपछि सहभागी उपभोक्ता तथा युवाहरूले आर्थिक कारोबारसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न उठाएका थिए । बैंक स्टेटमेन्ट, बिल–भर्पाइ, आय–व्यय विवरणलगायतका आर्थिक कागजात सार्वजनिक गर्नुपर्ने माग उठेपछि समिति पदाधिकारी, उपभोक्ता र युवा समूहबीच भनाभन भएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

वीरगंज (पर्सा), ४ असोज । विगत ७–८ वर्षदेखि नियमित साधारणसभा हुन नसकेको पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा आर्थिक कारोबारको पारदर्शिता र नयाँ कार्यसमिति गठनको विषयमा विवाद भएपछि स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित सभा सहभागी उपभोक्ता तथा युवाहरूले विगतको आर्थिक हिसाबकिताब र कार्यसमिति गठनको प्रक्रियामाथि प्रश्न उठाएपछि एक साताका लागि स्थगित गरिएको हो ।

समितिका अध्यक्ष सत्यनारायण साहले विगतका वर्षहरूको लेखापरीक्षणअनुसारको आय–व्यय विवरण प्रस्तुत गर्न थालेपछि सहभागी उपभोक्ता तथा युवाहरूले आर्थिक कारोबारसँग सम्बन्धित विभिन्न विषयमा प्रश्न उठाएका थिए । बैंक स्टेटमेन्ट, बिल–भर्पाइ, आय–व्यय विवरणलगायतका आर्थिक कागजात सार्वजनिक गर्नुपर्ने माग उठेपछि समिति पदाधिकारी, उपभोक्ता र युवा समूहबीच भनाभन भएको थियो ।

आर्थिक कारोबारमा स्पष्टता माग गर्दै सहभागीहरूले आवश्यक कागजात उपलब्ध गराउन दबाब दिएपछि सभाको वातावरण थप तनावपूर्ण बनेको थियो । लामो समयसम्म विवाद र छलफल चलेपछि तत्काल नयाँ कार्यसमिति गठनको प्रक्रिया अघि बढाउन नसकिएपछि सभा स्थगित गर्ने निर्णय गरिएको बताइएको छ ।

सात वर्षदेखि साधारणसभा छैन, आर्थिक पारदर्शितामाथि प्रश्न
समितिको विधानअनुसार प्रत्येक तीन वर्षमा साधारणसभा गरी कार्यसमितिको पुनर्गठन गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । तर विगत ७–८ वर्षदेखि नियमित रूपमा साधारणसभा हुन नसकेको विषयसमेत आइतबारको सभामा उठेको थियो । लामो समयसम्म साधारणसभा नहुँदा समितिको सञ्चालन, आर्थिक कारोबार, उपभोक्ताको सहभागिता र कार्यसमितिको वैधानिकतामाथि प्रश्न उठ्न थालेको सहभागी उपभोक्ताहरूको भनाइ छ ।

उपभोक्ताहरूले विगतका आर्थिक कारोबारको सम्पूर्ण विवरण सार्वजनिक गर्न, नियमित रूपमा साधारणसभा आयोजना गर्न तथा विधानअनुसार कार्यसमिति गठन गर्न माग गरेका छन् । उनीहरूले उपभोक्ताको सहभागिता र सहमतिबिना समिति सञ्चालन गर्न नहुनेमा जोड दिएका छन् ।

अध्यक्षको उम्मेदवारीमै प्रश्न, निर्वाचन प्रक्रिया रोकियो
साधारणसभामा नयाँ कार्यसमिति गठनको विषयमा समेत विवाद उत्पन्न भएको थियो । अध्यक्ष पदका लागि प्रस्ताव गरिएको नाम विधानमा उल्लेखित योग्यता तथा मापदण्डअनुसार योग्य नभएको भन्दै सहभागीहरूले आपत्ति जनाएका थिए ।

समितिका अध्यक्ष सत्यनारायण साहका अनुसार विधानमा कुल उपभोक्तामध्ये ५१ प्रतिशतको उपस्थिति भएपछि मात्रै नयाँ कार्यसमिति गठन गर्न सकिने व्यवस्था छ । सोही प्रावधानअनुसार उपभोक्ताको उपस्थिति र प्रतिनिधित्व सुनिश्चित गरेर मात्रै नयाँ समिति गठन गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष पदका लागि नाम प्रस्ताव तथा सिफारिस गरिए पनि उम्मेदवारले विधानमा तोकिएको मापदण्ड पूरा गरे–नगरेको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेन ।

आगामी शनिबार निर्वाचनमार्फत नयाँ समिति गठन गर्ने सहमति
साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुन नसकेपछि आगामी शनिबार पुनः बैठक आयोजना गरी निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको बताइएको छ । आवश्यक प्रक्रिया पूरा गरेर निर्वाचनमार्फत नयाँ कार्यसमिति गठन गर्ने तयारी गरिएको छ ।

आगामी बैठकमा उपभोक्ताको उपस्थिति, विधानमा तोकिएका मापदण्ड तथा कार्यसमिति गठनसम्बन्धी प्रावधानलाई आधार बनाएर निर्वाचन अघि बढाइनेछ । त्यसअघि विगतको आर्थिक कारोबारसँग सम्बन्धित कागजात र आय–व्यय विवरणबारे स्पष्टता ल्याउनुपर्ने माग उपभोक्ताहरूले राखेका छन् ।

स्थानीय उपभोक्तालाई विद्युत सेवा उपलब्ध गराउँदै आएको समितिमा लामो समयदेखि रोकिएको साधारणसभा र कार्यसमिति पुनर्गठनको विषय अहिले विवादको केन्द्र बनेको छ । आगामी शनिबार हुने भनिएको निर्वाचनले नयाँ नेतृत्व चयनको बाटो खोल्ने अपेक्षा गरिए पनि आर्थिक पारदर्शिता र विधान कार्यान्वयनसम्बन्धी प्रश्नको समाधान कसरी हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ ।

Tags: आदर्श विद्युत उपभोक्ता समिति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि