वीरगंज (पर्सा), २ असोज । सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको पकाहामैनपुर गाउँपालिकाबाट करिब १० लाख ५८ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका कपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा शुक्रबार पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गाईभैँसीको भुसा राख्ने गोठमा छापा मारिएको थियो । बरामद कपडाको कुल अनुमानित मूल्य १० लाख ५८ हजार ५४० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद कपडा वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।
यसैगरि वीरगंज महानगरपालिका–१ नैकाटोलास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ७ लाख रुपैयाँ बराबरको मोबाइल पाट्र्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिर्सियाबाट खटिएको टोलीले शुक्रबार भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोबाइल पाट्र्स बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार बरामद मोबाइल पाट्र्सको अन्दाजी मूल्य ६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !