Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंसम्म ग्यास बोक्ने बुलेट पुग्न नसकेपछि तराईमै सिलिन्डरमा ग्यास भरेर साना–ठूला ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै राजधानी पठाउन थालिएको हो । मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा ग्यास उद्योगबाट काठमाडौंका लागि निरन्तर ग्यास रिफिलिङ भइरहेको जनाइएको छ । ग्यास अभाव कम गर्न केही उद्योगले नियमित समयभन्दा निकै बढी समयसम्म कारखाना सञ्चालन गरिरहेका छन् । विभिन्न उद्योगले दैनिक एक हजारदेखि ८ हजारसम्म सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाइरहेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

वीरगंज (पर्सा), २८ भदौ । त्रिशूली नदीमा आएको बाढी र कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव कम गर्न तराईका ग्यास उद्योगहरूले उत्पादन र आपूर्ति बढाएका छन् । काठमाडौंसम्म ग्यास बोक्ने बुलेट पुग्न नसकेपछि तराईमै सिलिन्डरमा ग्यास भरेर साना–ठूला ट्रकमार्फत वैकल्पिक मार्ग हुँदै राजधानी पठाउन थालिएको हो ।

गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीपछि पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध बनेको थियो । भारतबाट ग्यास बोकेर आएका बुलेटसमेत काठमाडौंसम्म पुग्न नसकेपछि सरकारले वैकल्पिक सडक प्रयोग गरी सिलिन्डरमार्फत ग्यास ढुवानी गर्ने व्यवस्था मिलाएको हो । काठमाडौंमा बजारीकरण भइरहेका २६ वटा ग्यास उद्योगका सिलिन्डर अहिले तराईका विभिन्न उद्योगमा भरेर राजधानी पठाउने काम भइरहेको छ।

मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा ग्यास उद्योगबाट काठमाडौंका लागि निरन्तर ग्यास रिफिलिङ भइरहेको जनाइएको छ । ग्यास अभाव कम गर्न केही उद्योगले नियमित समयभन्दा निकै बढी समयसम्म कारखाना सञ्चालन गरिरहेका छन् । विभिन्न उद्योगले दैनिक एक हजारदेखि ८ हजारसम्म सिलिन्डरमा ग्यास भरेर काठमाडौं पठाइरहेका छन् । नेपाल आयल निगमको समन्वयमा पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाट यस्तो आपूर्ति जारी राख्ने तयारी गरिएको छ ।

सहाराले तीन सिफ्टमा भरिरहेको ८ हजारभन्दा बढी सिलिन्डर
हेटौँडास्थित सहारा ग्यास उद्योगले काठमाडौंमा बिक्री हुने एभरेस्ट र सुगम ब्रान्डका सिलिन्डरमा दैनिक ८ हजारसम्म ग्यास भरेर पठाइरहेको जनाएको छ । उद्योगले एभरेस्टका ४ हजार र सुगमका ४ हजार सिलिन्डरमा ग्यास भर्ने गरेको छ । उद्योग तीन सिफ्टमा सञ्चालन गरी चौबिसै घण्टा ग्यास रिफिलिङ भइरहेको सहारा ग्यास उद्योगका प्रबन्धक खड्ग थापाले बताए ।

उनका अनुसार उद्योगले दैनिक ८ देखि १२ हजार सिलिन्डरसम्म ग्यास भर्ने गरेको छ । त्यसमध्ये करिब २ हजार ५ सय सिलिन्डर सहारा ब्रान्डका लागि स्थानीय बजारमा पठाइन्छ भने ८ हजारभन्दा बढी सिलिन्डर काठमाडौंका लागि डिस्प्याच भइरहेको छ । काठमाडौं आपूर्तिका लागि पालुङको बाटो प्रयोग भइरहेको छ । साना ट्रक तथा काठमाडौंका पार्टी र डिलरका सवारीसाधनमार्फत दैनिक करिब ८ हजार ५ सय सिलिन्डर राजधानी पठाउने गरिएको थापाले बताए ।

उनका अनुसार ठूलो परिमाणमा ग्यास उत्पादन गर्दा उद्योगका कर्मचारीले १८ देखि २० घण्टासम्म काम गर्नुपरेको छ । राजमार्गका विभिन्न स्थानमा अवरुद्ध सडक खुल्नासाथ ग्यास लिन आउने सवारीसाधनको चापसमेत अत्यधिक बढ्ने गरेको उनले बताए ।

पर्साको मनोज ग्यासमा रातिसम्म रिफिलिङ
पर्साको परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रालिले पनि काठमाडौंका लागि दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सयसम्म सिलिन्डर भरेर पठाइरहेको छ । उद्योगले आफ्नै ब्रान्डसँगै काठमाडौंमा बिक्री हुने साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटीसी’ र ‘लोकप्रिय’ ब्रान्डका सिलिन्डरमा समेत ग्यास भर्ने गरेको जनाएको छ ।

उद्योगमा कार्यरत सञ्जयकुमार मिश्रका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म आफ्नै ब्रान्डको ग्यास भर्ने र त्यसपछि काठमाडौंका लागि आएका सिलिन्डरमा राति १२/१ बजेसम्म रिफिलिङ गर्ने गरिएको छ ।

लियो ग्यासले दैनिक ५ हजार सिलिन्डर पठाउँदै
बाराको लियो ग्यास उद्योग प्रालिले लोकप्रिय र श्रीमाया ब्रान्डका सिलिन्डरमा ग्यास भरेर बजारमा पठाइरहेको छ । उद्योग सञ्चालक तथा एलपी ग्यास उद्योग संघका कोषाध्यक्ष निर्मल खत्रीका अनुसार उद्योगले अहिले दैनिक करिब ५ हजार सिलिन्डर ग्यास बजारमा पठाइरहेको छ । त्यसमध्ये करिब २ हजारदेखि २ हजार ५ सय सिलिन्डर स्थानीय बजारका लागि छुट्याइन्छ भने बाँकी करिब ३ हजार सिलिन्डर काठमाडौं पठाउने गरिएको छ ।

विपद्को अवस्थामा उपभोक्तालाई ग्यास अभाव हुन नदिन उद्योगले आफ्नो क्षमता बढाएर काम गरिरहेको खत्रीले बताए । उनका अनुसार भारतबाट ग्यास आयात हुने क्रमसमेत रोकिएको छैन र उद्योगमा दैनिक करिब आधा दर्जन बुलेट ग्यास आउने गरेका छन् । लियो ग्यास उद्योगले बिहान ७ देखि दिउँसो ३ बजेसम्म र त्यसपछि दिउँसो ३ देखि राति ११ बजेसम्म दुई सिफ्टमा काम गरिरहेको छ ।

अम्बर र सुपर ग्यास पनि काठमाडौंको आपूर्तिमा
बाराको अम्बर ग्यास उद्योगले सिद्धार्थ र एसटीसी ब्रान्डका सिलिन्डरमा दैनिक करिब १ हजार २ सयसम्म ग्यास भरेर पठाइरहेको जनाएको छ । त्यस्तै, पर्सास्थित सुपर ग्यास उद्योगले काठमाडौंमा बिक्री हुने हिमाल ब्रान्डका सिलिन्डरमा ग्यास रिफिलिङ गरिरहेको छ ।

तराईका उद्योगहरूले आफ्नो नियमित उत्पादनसँगै काठमाडौंका विभिन्न ब्रान्डका सिलिन्डरमा ग्यास भरेर वैकल्पिक सडकमार्फत राजधानी पठाइरहेका छन् । राजमार्ग अवरुद्ध हुँदा बुलेटमार्फत ठूलो परिमाणमा ग्यास ढुवानी गर्न नसकिए पनि सिलिन्डरमार्फत आपूर्ति कायम राख्ने प्रयास भइरहेको छ ।

काठमाडौं उपत्यका लगायत केही क्षेत्रमा ग्यासको अभाव कायमै रहे पनि भारतबाट भने बजारको मागभन्दा बढी परिमाणमा ग्यास आपूर्ति भइरहेको तथ्यांक नेपाल आयल निगमले सार्वजनिक गर्दै आएको छ । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तराईका उद्योगबाट वैकल्पिक मार्ग हुँदै काठमाडौंमा ग्यास पठाउने व्यवस्था निरन्तर रहने बताइएको छ ।

Tags: राजधानीमा ग्यास संकट: ग्यास धान्न तराईका उद्योग ‘फुल स्पिड’मा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३
एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली घोषणा, वीरगंजका आरिफ-आसिफ दाजुभाइ पनि टोलीमा

भदौ २८, २०८३
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि