Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमा सुरक्षामा नेपाल-भारत सुरक्षा संयन्त्र सक्रिय, अपराध नियन्त्रणका लागि संयुक्त गस्ती

आइतबार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी निरीक्षकसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा ‘जोइन्ट पेट्रोल’ सञ्चालन गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २८, २०८३
सीमा सुरक्षामा नेपाल-भारत सुरक्षा संयन्त्र सक्रिय, अपराध नियन्त्रणका लागि संयुक्त गस्ती

वीरगंज (पर्सा), २८ भदौ । सीमा क्षेत्रमा बढ्न सक्ने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले संयुक्त निगरानीलाई तीव्रता दिएका छन् । सीमा क्षेत्रमा हुने तस्करी, लागुऔषध कारोबार, मानव बेचबिखन तथा ओसारपसार, जाली नोटको कारोबारदेखि चोरी–डकैतीसम्मका गतिविधि नियन्त्रण गर्ने उद्देश्यले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त गस्ती गरेका छन् ।

आइतबार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तथा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी निरीक्षकसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा ‘जोइन्ट पेट्रोल’ सञ्चालन गरेको हो । खुला सीमाको फाइदा उठाउँदै हुन सक्ने अवैध गतिविधि रोक्न दुवै देशका सुरक्षा निकायले सीमा क्षेत्रमा निगरानी र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका छन् ।

संयुक्त गस्तीका क्रममा सीमावर्ती क्षेत्रमा देखिन सक्ने शंकास्पद गतिविधि, अस्वाभाविक आवतजावत तथा अवैध सामानको ओसारपसारमाथि विशेष निगरानी गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ । सुरक्षा निकायका अनुसार सीमा क्षेत्रमा अवैध वस्तु तथा सामानको तस्करी, लागुऔषधको ओसारपसार, मानव बेचबिखन तथा ओसारपसार, जाली नोटको कारोबार, चोरी र डकैतीलगायतका गतिविधि नियन्त्रणका लागि नेपाल–भारत सुरक्षा संयन्त्रबीच नियमित सहकार्य अपरिहार्य छ । सोही आवश्यकतालाई ध्यानमा राख्दै संयुक्त गस्तीमार्फत सीमा सुरक्षाको अवस्थाबारे प्रत्यक्ष निगरानी र अन्तरक्रिया गरिएको हो ।

गस्ती तथा अन्तरक्रियाका क्रममा सीमाक्षेत्रमा देखिएका सुरक्षा चुनौती, आपराधिक गतिविधिको सम्भावित जोखिम र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे दुवै देशका सुरक्षाकर्मीबीच छलफल भएको थियो । सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि आवश्यक सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा आपसी समन्वयमा संयुक्त निगरानीलाई निरन्तरता दिने सहमति समेत भएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै अपराध नियन्त्रण र नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् । सीमा क्षेत्रमा हुने शंकास्पद गतिविधिमाथि निगरानी बढाउँदै सुरक्षा व्यवस्थालाई थप चुस्त र प्रभावकारी बनाउने विषयमा उनले जोड दिएका थिए ।

नेपाल–भारत सीमामा हुने अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबीच हुने यस्ता संयुक्त गस्तीले अपराधी तथा तस्करीमा संलग्न समूहलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ । साथै, सीमा क्षेत्रमा सुरक्षा उपस्थिति बलियो बनाउँदै सर्वसाधारणमा सुरक्षित वातावरणको अनुभूति दिलाउनसमेत संयुक्त गस्ती प्रभावकारी हुने सुरक्षा निकायको विश्वास छ ।

Tags: नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा निकायको संयुक्त गस्ती
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि