Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संविधान, संघीयता र समावेशिता जोगाउन कम्युनिष्टबीच एकता आवश्यकः माधव नेपाल

वीरगंजमा शनिबार आयोजित पत्रकार भेटघाटमा नेपालले लामो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता तथा समावेशितालगायत संवैधानिक उपलब्धि नै जोखिममा पर्न थालेको दाबी गर्दै त्यसको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २७, २०८३
संविधान, संघीयता र समावेशिता जोगाउन कम्युनिष्टबीच एकता आवश्यकः माधव नेपाल

वीरगंज (पर्सा), २७ भदौ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा, संघीयता र समावेशितालाई संस्थागत गर्न परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको बताएका छन् । वीरगंजमा शनिबार आयोजित पत्रकार भेटघाटमा नेपालले लामो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता तथा समावेशितालगायत संवैधानिक उपलब्धि नै जोखिममा पर्न थालेको दाबी गर्दै त्यसको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

उनले संविधान सामान्य राजनीतिक परिवर्तनको परिणाम नभएको उल्लेख गर्दै अहिलेको प्रमुख चुनौती नै यसको रक्षा गर्नु रहेको बताए । ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो,’ नेपालले भने, ‘जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन् । त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’ नेपालले आदिवासी, महिला, जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायले संविधानबाट प्राप्त गरेका अधिकारको व्यवहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिए । थप अधिकार प्राप्तिका लागि पनि सम्बन्धित शक्तिहरूले एकीकृत रूपमा संघर्ष अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

एमालेसँग तत्काल एकता सम्भव छैन
पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पारेका छन् । यद्यपि मुलुकको विकास, समृद्धि र राष्ट्रिय हितका विषयमा सबै कम्युनिष्ट पार्टीबीच कार्यगत सहकार्य र एकता आवश्यक रहेको उनले बताए ।

वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहे पनि उनीहरूको चाहनाअनुसार काम हुन नसकेको नेपालले टिप्पणी गरे । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ता व्यक्तिको खोजी तथा उद्धारमा ढिलाइ गरेको र त्यसले थप जनधनको क्षति भएको उनले आरोप लगाए । ‘देश अहिले विपत्तिमा छ । हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ उनले भने, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपर्थ्यो । भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ ।’ नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गरे ।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाटमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक र केन्द्रीय सदस्य किशोरी कुशवाहालगायतको उपस्थिति थियो ।

Tags: संविधानमाथि खतरा बढ्यो: परिवर्तनकारी शक्ति एकजुट हुनुपर्छ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’

भदौ २७, २०८३
वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

वातावरण संरक्षणसँगै धार्मिकस्थलको सौन्दर्यीकरण, हर्दियामा १६ लाखको चौतारी पार्क निर्माण

भदौ २७, २०८३
प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

प्रहरीको पहुँच देखाएर थुनुवा छुटाउने भन्दै १ लाख असुलेको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ

भदौ २७, २०८३
करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

करिब १५ लाखको राहत बोकेर रसुवातर्फ लागे सुधिर पटेल

भदौ २७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि