Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्यासिनो काण्डमा नयाँ ट्वीस्टः अध्यक्षद्वयको भिडियो सार्वजनिक, एकजना पक्राउ, अर्का सम्पर्कविहीन !

सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीपनि क्यासिनोभित्र रहेको देखिने भिडियो सार्वजनिक भएपछि पक्राउ तथा अनुसन्धान प्रक्रिया थप पेचिलो बन्दै गएको छ । गत शनिबार राति प्रहरीले उक्त क्यासिनोमा छापा मारेर जुवा खेलेको आरोपमा अध्यक्ष यादवसहित चारजना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २४, २०८३
क्यासिनो काण्डमा नयाँ ट्वीस्टः अध्यक्षद्वयको भिडियो सार्वजनिक, एकजना पक्राउ, अर्का सम्पर्कविहीन !

वीरगंज (पर्सा), २४ भदौ । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित ‘गोल्डेन फिङ्गर गेमिङ जोन प्रा.लि.’ मा प्रहरीले छापा मारेको रात क्यासिनोभित्र जुवा खेलिरहेको देखिने भिडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड लिएको छ । सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसँगै जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीपनि क्यासिनोभित्र रहेको देखिने भिडियो सार्वजनिक भएपछि पक्राउ तथा अनुसन्धान प्रक्रिया थप पेचिलो बन्दै गएको छ । गत शनिबार राति प्रहरीले उक्त क्यासिनोमा छापा मारेर जुवा खेलेको आरोपमा अध्यक्ष यादवसहित चारजना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको थियो । नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत पक्राउ परेका थिए ।

पक्राउ परेका आठै जनामाथि प्रहरीले जुवासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको जनाएको छ । तर, घटनाकै क्रममा सार्वजनिक भएको भिडियोमा अध्यक्ष यादवसँगै जिराभवानी गाउँपालिका अध्यक्ष चौधरी पनि क्यासिनोभित्र देखिएपछि प्रकरण थप पेचिलो बनेको हो । भिडियोमा टोपी लगाएका एक व्यक्ति चौधरी रहेको दाबी गरिएको छ । क्यासिनो स्रोतका अनुसार प्रहरी टोली छापा मार्न पुगेपछि अध्यक्ष चौधरी क्यासिनोको रेष्ट रुममा लुकेर बसेको चर्चा चलेको थियो । तर सार्वजनिक भएको भिडियोमा उनीजस्तै देखिने व्यक्ति क्यासिनोभित्र रहेको देखिएपछि उक्त दाबी र घटनाक्रमबारे समेत चासो बढेको छ ।

एउटै घटनामा एक अध्यक्ष पक्राउ, अर्का सम्पर्कविहीन
घटनाको सबैभन्दा गम्भीर पक्ष अहिले यही बनेको छ क्यासिनोभित्र नेपाली नागरिकको प्रवेश र जुवा खेल्न कानुनी रूपमा प्रतिबन्ध रहेको अवस्थामा सार्वजनिक भिडियोमा दुई स्थानीय तहका निर्वाचित अध्यक्ष देखिएका छन् । तर, एकजना पक्राउ परिसक्दा अर्का अध्यक्षमाथि तत्काल कुनै कारबाही वा नियन्त्रणको अवस्था किन देखिएन भन्ने प्रश्न उठेको छ । प्रहरीले भने सार्वजनिक भिडियो, क्यासिनोको सीसीटीभी फुटेज तथा अन्य उपलब्ध प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताउँदै आएको छ ।

त्यसैले भिडियोमा देखिएको व्यक्ति वास्तवमै अध्यक्ष चौधरी हुन् वा होइनन्, उनी क्यासिनोभित्र कुन उद्देश्यले पुगेका थिए र जुवा खेलेका थिए वा थिएनन् भन्ने विषय अनुसन्धानको निष्कर्षपछि मात्र यकिन हुने देखिन्छ । तर, एउटै स्थान र एउटै समयमा देखिएका दुई निर्वाचित जनप्रतिनिधिमध्ये एकजना अनुसन्धानको दायरामा आउनु र अर्काको विषयमा तत्काल त्यस्तो कदम नदेखिनुले प्रहरीको अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठ्नु स्वाभाविक भएको छ ।

‘जुवा खेल्न होइन, हेर्न गएको’ दाबी
अध्यक्ष यादव पक्राउ परेपछि उनको बचाउमा विभिन्न दाबी सार्वजनिक भएका छन् । यादव जुवा खेल्न नभई क्यासिनो परिसरको स्वीमिङ पुल क्षेत्रमा खानपिनका लागि पुगेको र त्यस क्रममा कौतूहलवश केही समय क्यासिनोभित्र प्रवेश गरेको दाबी उनका पक्षबाट गरिएको छ । त्यसैगरी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलको पटक–पटकको फोन आएपछि यादव त्यहाँ पुगेको र उनी पुगेको करिब १९ मिनेटपछि मात्रै प्रहरीको छापा परेको दाबीसमेत बाहिर आएको छ ।

तर, यस्ता दाबीको सत्यता अनुसन्धानबाट पुष्टि हुन बाँकी छ । अनुसन्धानको निष्कर्ष नआउँदै ‘जुवा खेल्न गएको होइन, हेर्न मात्र गएको’ भन्ने दाबीलाई व्यापक रूपमा प्रचार गरिनुले घटनाको वास्तविक तथ्य ओझेलमा पार्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्नसमेत उठेको छ । यादवले जुवा खेले वा खेलेनन् भन्ने विषय प्रमाणबाट टुंगो लाग्ने विषय हो । तर, निर्वाचित जनप्रतिनिधि क्यासिनो परिसरमा पुगेको तथ्य, त्यहाँबाट गाउँपालिकाको सरकारी सवारीसाधन नियन्त्रणमा परेको अवस्था र उनीसँगै कार्यरत प्रहरी निरीक्षकसमेत पक्राउ परेको घटनालाई केवल ‘खानपिन’ वा ‘हेर्न गएको’ दाबीले मात्रै समाप्त गर्न नसकिने देखिन्छ ।

सरकारी गाडीदेखि प्रहरी निरीक्षकसम्मको कनेक्सनले बढायो चासो
क्यासिनो प्रकरणमा पक्राउ पर्नेमा अध्यक्ष यादवसँगै इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल, चन्दन सहनी र वीरगंज–११ का ओमप्रकाश बैठा रहेका छन् । उनीहरूसँगै नेपाली नागरिकलाई क्यासिनो प्रवेश गराई जुवा खेलाएको आरोपमा क्यासिनोका चार कर्मचारीसमेत प्रहरी नियन्त्रणमा छन् ।

घटनामा निर्वाचित जनप्रतिनिधि, प्रहरी अधिकारी र क्यासिनो कर्मचारीसमेत जोडिएपछि प्रकरण सामान्य जुवा खेल्ने घटनामा सीमित नरहेको भन्दै विभिन्न कोणबाट प्रश्न उठ्न थालेका छन् । विशेषगरी क्यासिनोमा नेपाली नागरिकको प्रवेश, उनीहरूको गतिविधि र क्यासिनो व्यवस्थापनको सम्भावित भूमिकाबारे प्रहरीले प्रमाणमा आधारित अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

अपुष्ट प्रचारले अनुसन्धान प्रभावित हुन सक्छः एसपी
घटनापछि सामाजिक सञ्जालमा विभिन्न दाबी, आरोप र प्रत्यारोप सार्वजनिक भइरहेका बेला पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले कतिपय सामग्री तथ्यहीन रहेको बताएका छन् । उनका अनुसार पक्राउ परेका व्यक्तिले कसैलाई चुनौती दिएको, प्रमाण मागेको वा सोही विषयमा संवाद भएको भन्ने दाबीमा सत्यता छैन । अनुसन्धान जारी रहेको अवस्थामा सामाजिक सञ्जालमार्फत फैलाइने अपुष्ट सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै उनले तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

प्रहरीको यो भनाइले पनि अहिलेको क्यासिनो प्रकरणमा प्रचार र प्रमाणबीचको अन्तर छुट्याउनुपर्ने आवश्यकता देखाउँछ । सार्वजनिक भिडियो महत्वपूर्ण प्रमाणको सम्भावित स्रोत हुन सक्छ, तर त्यसको आधिकारिक परीक्षण र सीसीटीभीसहित अन्य प्रमाणसँग मिलान नगरी कसैलाई दोषी ठहर गर्न मिल्दैन । यद्यपि, यही कारण देखाएर सार्वजनिक रूपमा उठेका प्रश्नलाई बेवास्ता पनि गर्न मिल्दैन । यदि भिडियोमा अध्यक्ष चौधरी देखिएका हुन् भने उनी क्यासिनोमा किन पुगे ? उनले जुवा खेले कि खेलेनन् ? प्रहरीले छापा मार्दा उनी कहाँ थिए ? उनीमाथि अनुसन्धान किन भएन वा भइरहेको छ ? यी प्रश्नको जवाफ प्रमाणसहित सार्वजनिक हुनु आवश्यक छ ।

अब यो घटनाको वास्तविकता निष्पक्ष अनुसन्धानले प्रमाणित गर्नुपर्नेछ । प्रहरीले पक्राउ परेका र भिडियोमा देखिएका सबै व्यक्तिको भूमिका एउटै मापदण्ड र प्रमाणका आधारमा परीक्षण गर्नुपर्छ । भिडियोमा देखिएको दुबै व्यक्ति निर्वाचित जनप्रतिनिधि हुन्, तर एकजना प्रहरी थुनामा छन् भने अर्कोको नाम कतैपनि छैन । कानून सबैको लागि बराबर हुन्छ, त्यसमा पनि दुबैजना निर्वाचित जनप्रतिनिधि । दुबैलाई समान व्यवहार हुनुपर्छ । कसैलाई कडा व्यवहार र कसैलाई छुट हुने अवस्था सिर्जना भए त्यसले प्रहरी अनुसन्धानमाथिको विश्वास थप कमजोर बनाउनेछ । क्यासिनोमा जुवा खेल्नु वा नेपाली नागरिकलाई नियमविपरीत प्रवेश गराउनु प्रमाणित भए कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्छ । जनप्रतिनिधिको पद कानुनभन्दा माथि होइन, प्रहरी अधिकारीको पहुँच अनुसन्धानभन्दा ठूलो होइन र क्यासिनोको प्रभाव कानुनी कारबाहीभन्दा बलियो हुनु हुँदैन ।

Tags: क्यासिनो काण्डमा पक्राउ परेका यादवसँगै अध्यक्ष चौधरी पनि भिडियोमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

३ बिघा ऐलानी जग्गामा वृक्षरोपणः वडाध्यक्षको व्यक्तिगत लगानीमा २१० बिरुवा रोपियो

भदौ २४, २०८३
जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

जेन-जी आन्दोलनबाट पनि मधेशको अपेक्षा भएन पूरा

भदौ २४, २०८३
जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

जेन-जी आन्दोलनको एक वर्षः मधेशका क्षतिग्रस्त सरकारी संरचना अझै अधुरै

भदौ २४, २०८३
अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

अग्रगामी मोर्चाको समन्वय बैठकः असोज ३ गते भव्य भेला गर्ने निर्णय

भदौ २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि