Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘सास या लास’ को पर्खाइमा पर्साका परिवार, बेपत्ताको खोजी तीव्र बनाउन सांसद पन्तको माग

पन्तले बाढीपछि आफ्नो निर्वाचन क्षेत्रसहित पर्साका धेरै नागरिक सम्पर्कविहीन तथा बेपत्ता रहेको उल्लेख गर्दै उनीहरूका परिवार अहिले पनि आफन्त फर्किने आशामा सरकारको खोजी तथा उद्धार प्रयासलाई कुरेर बसेको बताए । ‘सास या लास’ को पर्खाइमा रहेका परिवारलाई राज्यको प्रभावकारी उपस्थिति र परिणाममुखी उद्धार आवश्यक रहेको उनको भनाइ थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १८, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

वीरगंज (पर्सा), १८ भदौ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका पर्साका नागरिकको तत्काल खोज तथा उद्धार गर्न पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरि पन्तले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

पन्तले बाढीपछि आफ्नो निर्वाचन क्षेत्रसहित पर्साका धेरै नागरिक सम्पर्कविहीन तथा बेपत्ता रहेको उल्लेख गर्दै उनीहरूका परिवार अहिले पनि आफन्त फर्किने आशामा सरकारको खोजी तथा उद्धार प्रयासलाई कुरेर बसेको बताए । ‘सास या लास’ को पर्खाइमा रहेका परिवारलाई राज्यको प्रभावकारी उपस्थिति र परिणाममुखी उद्धार आवश्यक रहेको उनको भनाइ थियो । विपद्को यस्तो कठिन घडीमा सरकारले गरिरहेको उद्धार प्रयासलाई प्रभावित परिवारले नजिकबाट नियालिरहेको र उनीहरूको आशा तथा भरोसा सरकारमै रहेको सांसद पन्तले बताए ।

उद्धारका लागि राज्यले प्रयास गरिरहेको भए पनि स्रोत, साधन र दक्ष जनशक्तिको सीमितताका कारण अपेक्षाअनुसार युद्धस्तरमा काम अघि बढ्न नसकेको उनले बताए । त्यसका बाबजुद सरकारले गरिरहेका सकारात्मक प्रयासको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै पन्तले उपलब्ध सम्पूर्ण संयन्त्र र शक्ति परिचालन गर्न सरकारसँग आग्रह गरे । आवश्यक परे मित्र राष्ट्रहरूसँग सहयोग, समन्वय र सहकार्य गरेर भए पनि बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउनुपर्नेमा उनले जोड दिए ।

सांसद पन्तले विशेष रूपमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत पर्साका इन्जिनियर दिलीप यादव तथा पछिल्लो पटक घट्टेखोला क्षेत्रमा देखिएका पर्साकै सुनिलमान डंगोलको अवस्थाबारे तत्काल खोजी गरी उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए । त्यस्तै, पर्सा क्षेत्र नम्बर १ का अच्युतम श्रेष्ठ, कमरुल होदा अन्सारी, समीम आलम, नवीनकुमार सिंह, नागनारायण पटेल, अजयकुमार यादव, सञ्जय तामाङ, रमन स्वरूप, अजिर अन्सारी, सहाबुद्दिन मन्सुरी, सर्फराज मियाँ, कविता हल्दिया, विकासकुमार वर्णवाल र अरवाज हवारी लगायत विभिन्न स्थानमा रहेका तथा सम्पर्कविहीन व्यक्तिहरूको समेत तत्काल खोजी र उद्धार गर्न उनले माग गरेका छन् ।

सभामुखमार्फत सरकारको पुनः गम्भीर ध्यानाकर्षण गराउँदै सांसद पन्तले बेपत्ता नागरिकको खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाउन र उद्धार अभियानलाई थप प्रभावकारी, तीव्र तथा परिणाममुखी बनाउन आग्रह गरेका छन् ।

Tags: सांसद हरि पन्त
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लिटिलबडी प्रि-स्कुलः श्रीकृष्णको भेषमा सजिए नानीहरू, ‘प्रेम, सत्य र धर्मको बाटोमा हिँडौँ’ भन्ने सन्देश

लिटिलबडी प्रि-स्कुलः श्रीकृष्णको भेषमा सजिए नानीहरू, ‘प्रेम, सत्य र धर्मको बाटोमा हिँडौँ’ भन्ने सन्देश

भदौ १९, २०८३
लिटिल एन्जल बोर्डिङ स्कुलः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

लिटिल एन्जल बोर्डिङ स्कुलः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

भदौ १८, २०८३
सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

सगरमाथा एकडेमीः कृष्ण जन्माष्ठमीको अवसरमा विशेष कार्यक्रम

भदौ १८, २०८३
बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

बाढीपीडितका लागि साउथ जोन माविको १ लाख ५५ हजार बढी सहयोग

भदौ १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि