Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी र त्रिशूली नदीमा आएको अकस्मात् बाढीका कारण सयौं मानिस सम्पर्कविहीन भएका छन् भने सडक, पुल, विद्यालय, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । बाढीको जोखिम र क्षतिको गम्भीरतालाई मध्यनजर गर्दै सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

वीरगंज (पर्सा), १० भदौ । चीनको तिब्बत क्षेत्रमा आएको हिमपहिरोपछि नदी थुनिएर बनेको ताल फुट्ने क्रममा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको अकस्मात् बाढीका कारण सयौं मानिस सम्पर्कविहीन भएका छन् भने सडक, पुल, विद्यालय, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । बाढीको जोखिम र क्षतिको गम्भीरतालाई मध्यनजर गर्दै सरकारले रसुवा, नुवाकोट र धादिङका प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ बमोजिम यस्तो निर्णय गरेको हो ।

सरकारले बाढीमा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको नेपाली सेना, स्वास्थ्य मन्त्रालय तथा सरकारी अस्पतालमार्फत तत्काल निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । गृह र रक्षा मन्त्रालयको समन्वयमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर पूर्ण क्षमतामा परिचालन गरी घाइते, फसेका तथा विस्थापितको उद्धार गर्ने निर्णय पनि गरिएको छ । घरबार गुमाएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी खाना र बसोबासको व्यवस्था मिलाउने तथा मृतकका परिवारलाई कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने सरकारको निर्णय छ । बाढीका कारण अवरुद्ध सडक, खानेपानी, विद्युत् र दूरसञ्चार सेवा तत्काल सञ्चालनमा ल्याउने तथा पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउने जिम्मेवारी अर्थ मन्त्रालयलाई दिइएको छ ।

सयौं पर्यटक सम्पर्कविहीन
बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा ३८४ जना पर्यटक सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन् । ट्राभल तथा ट्रेकिङ एजेन्सी, स्थानीय तह, गाइड तथा सुरक्षा निकायसँगको समन्वयबाट बोर्डले उक्त विवरण संकलन गरेको हो । सम्पर्कविहीनमध्ये विभिन्न ट्राभल तथा ट्रेकिङ कम्पनीमार्फत गएका पर्यटक छन् । सम्राट टुर्स एन्ड ट्राभल्सबाट गएका ७१ जना, काठमाडौं होलिडेजका १७, लिफ होलिडेजका ५५, कैलास जर्नीका ३१, एक्स्प्लोर भ्याकेसनका ७, ट्रेकर्स सोसाइटीका ९२, रिचा टुर्स एन्ड ट्राभल्सका १२, फिस्टेल टुर्स एन्ड ट्राभलका २७, हिमालयन ग्लेसियरका ५२ तथा अल्पाइन इको ट्रेकका २० जना सम्पर्कमा आउन नसकेको बोर्डले जनाएको छ ।

३३ तीर्थयात्रीको अवस्था अज्ञात
गोरखाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका ३३ जना यात्रु पनि सम्पर्कविहीन भएका छन् । पालुङटार नगरपालिकाका अनुसार दुई माइक्रोबस र एउटा बसमा तीर्थयात्री गोसाइँकुण्डतर्फ गएका थिए । दुई माइक्रोबसमा रहेका यात्रु सुरक्षित रहेको जानकारी आएपनि एउटा बसमा रहेका यात्रुको अवस्था अज्ञात छ । उक्त बसमा ३८ जना सवार रहेको र केही यात्रुले बसबाट हामफालेर आफूहरू सुरक्षित रहेको जानकारी गराएपनि त्यसपछि उनीहरूसमेत सम्पर्कविहीन भएको बताइएको छ ।

त्रिशूली माध्यमिक विद्यालयका अधिकांश विद्यार्थी सम्पर्कबाहिर
नुवाकोटको त्रिशूली बजारस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय बाढीका कारण पूर्णरूपमा प्रभावित भएको छ । विद्यालयमा कक्षा १२ सम्म १ हजार ६ सय ५० विद्यार्थी अध्ययनरत रहेकामा बाढीपछि हालसम्म करिब १०० जना मात्र सम्पर्कमा आएका छन् । प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बिहान प्रार्थनाको समयमा बाढीको सूचना पाएपछि विद्यालयमा रहेका विद्यार्थीलाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो । तर अन्य विद्यार्थी विद्यालय आउँदै थिए वा घरमै थिए भन्ने यकिन हुन नसक्दा उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । त्रिशूली नदीमा आएको बाढीले विद्यालय परिसर नै बगरमा परिणत गरेको छ ।

१९ भन्दा बढी पुलमा क्षति, ४० किलोमिटर सडक अवरुद्ध
बाढीले त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुर्‍याएको सडक विभागले जनाएको छ । चीनको सीमावर्ती क्षेत्रबाट आएको बाढीका कारण करिब ४० किलोमिटर सडक अवरुद्ध भएको छ । सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी सडक तथा पूर्वाधार पुनः सञ्चालनको प्रयास गरिरहेको जनाएको छ । बाढीले नदी किनारका घर, व्यवसायिक संरचना, सडक तथा अन्य संरचनामा समेत व्यापक क्षति पुर्‍याएको छ ।

११४ जनाको हवाई उद्धार
बाढीमा फसेका तथा जोखिममा परेका ११४ जनाको हवाई उद्धार गरिएको छ । नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टर कम्पनीले विभिन्न उडानमार्फत उनीहरूको उद्धार गरेका हुन् । नेपाली सेनाले मात्रै ८५ जनाको उद्धार गरेको छ । टिमुरेबाट धुन्चे, टिमुरेबाट त्रिशूली, मैलुङ, बेत्रावती तथा त्रिशूलीबाट काठमाडौंसम्म विभिन्न उडानमार्फत उद्धार गरिएको सेनाले जनाएको छ । निजी क्षेत्रका हेलिकोप्टरले पनि २९ जनाको उद्धार गरेका छन् । उद्धार कार्य अझै जारी रहेको छ ।

केन्द्रीय कारागारका कैदीबन्दी सुरक्षित
त्रिशूली नदी किनारमा रहेको नुवाकोटस्थित केन्द्रीय कारागारमा पनि बाढी पसेको छ । कारागारको प्रशासनिक भवन र नेपाल प्रहरीको सुरक्षा इकाइ भवनमा क्षति पुगेको छ भने आसपासका अन्य संरचना बाढीले बगाएको छ । कैदीबन्दी राखिएको भवनको पहिलो तलामा पानी पसेपनि भवन बग्नबाट जोगिएको कारागार प्रमुख भेषबहादुर कुँवरले बताएका छन् । करिब एक हजारको संख्यामा रहेका कैदीबन्दी तथा सुरक्षाकर्मीलाई सुरक्षित ब्लकमा सारिएको र सबै सुरक्षित रहेको जनाइएको छ ।

बाढीको जोखिम अझै टरेको छैन
चीनको तिब्बतमा हिमपहिरोपछि नदी थुनिएको स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदीमा थप बाढीको जोखिम कायमै रहेको सरकारी निकायले चेतावनी दिएको छ । नेपाल बाढी सूचना तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी थुनिएको स्थानमा पानीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले नदी आसपासका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार तिब्बतमा गएको हिमपहिरो नै भोटेकोशीमा आएको भीषण बाढीको मुख्य कारण भएको प्रारम्भिक जानकारी चीनबाट प्राप्त भएको छ । यसबारे थप अध्ययन तथा समन्वय भइरहेको छ । सरकारले उद्धारका लागि सम्पर्क गर्दा सम्भव भए ह्वाट्सएपमार्फत जिओ–लोकेसन पठाउन, सम्भव नभए आगो वा धुवाँको संकेतबाट उद्धार टोलीलाई आफ्नो अवस्थाबारे जानकारी गराउन आग्रह गरेको छ । उद्धार प्रभावित क्षेत्रमा अनुमतिबिना ड्रोन उडाउनसमेत रोक लगाइएको छ ।

भारत, चीन र विश्व बैंकको सहयोग
बाढीपछि उद्धार, राहत तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रक्रिया पनि अघि बढेको छ । भारत, चीन र विश्व बैंकले नेपाललाई तत्काल सहयोग उपलब्ध गराउन समन्वय थालेका छन् । विश्व बैंकले आपत्कालीन सहयोगस्वरूप २५ अर्ब रुपैयाँसम्म सहयोग गर्न सकिने जानकारी नेपाल सरकारलाई गराएको छ । भारतले तत्काल आवश्यक राहत सामग्रीको सूची मागेको छ भने चीनले नगद सहयोग पठाउने प्रक्रिया अघि बढाउन आग्रह गरेको छ । सरकारले छिमेकी मुलुक तथा विकास साझेदारबाट प्राप्त सहयोगको प्रतिबद्धतालाई उद्धार, राहत र पुनर्निर्माणमा परिचालन गर्ने तयारी गरेको छ ।

जनकपुरका अजय सिंह पनि सम्पर्कविहीन
रसुवाको बाढीमा जनकपुरका अजय सिंह पनि सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ । सिंह रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत रहेको बताइएको छ । उनको अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन ।

बाढीले रसुवा हुँदै नुवाकोट र धादिङका नदी तटीय क्षेत्रमा पुर्‍याएको क्षतिले उद्धार तथा राहतको चुनौती थप गम्भीर बनाएको छ । एकातिर सयौं मानिस तथा पर्यटकको अवस्था अझै अज्ञात छ भने अर्कोतर्फ सडक र पुलमा भएको क्षतिका कारण स्थलमार्गबाट उद्धार तथा राहत सामग्री पुर्‍याउन कठिनाइ भइरहेको छ । सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार, राहत र पुनर्निर्माणको बाटो खोले पनि तत्कालको प्राथमिकता भने सम्पर्कविहीन नागरिकको खोजी, जोखिममा रहेका बस्तीको सुरक्षित स्थानान्तरण र नदीको सम्भावित थप बहावबाट जनधन जोगाउनु बनेको छ ।

Tags: भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि