Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

घटनामा संलग्नता देखिएको भन्दै प्रहरीले नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहम्मद शाहबुद्दीनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले शाहबुद्दीन प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

वीरगंज (पर्सा), १० भदौ । वीरगंज महानगरपालिका–छपकैयामा बुधबार दुई समुदायबीच भएको झडपको घटनालाई लिएर नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर २ का सभापति मोहम्मद शाहबुद्दीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा उनको संलग्नता देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले शाहबुद्दीन प्रहरी नियन्त्रणमा रहेको पुष्टि गरेका छन् ।

यद्यपि, उनलाई कुन कानुनी प्रावधानअन्तर्गत र कुन मुद्दामा नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा खुलाएको छैन । प्रहरी स्रोतका अनुसार छपकैयामा झण्डा राख्ने विषयबाट सुरु भएको विवादले उग्र रूप लिएपछि भएको झडपमा शाहबुद्दीनको संलग्नता देखिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

बुधबार दिउँसो टावर लाइटको पोलमा राखिएको हनुमान जयन्तीको झण्डाको छेउमा अर्को झण्डा राख्ने विषयलाई लिएर विवाद सुरु भएको थियो । विवाद बढेपछि अवस्था नियन्त्रणमा लिन वीरगंज महानगरपालिकाको टोली घटनास्थल पुगेको थियो । दुवै पक्षबीच सहमति जुटाएर महानगरपालिकाको टोलीले उक्त पोलमा नेपालको राष्ट्रिय झण्डा राखेको थियो । तर महानगरपालिकाको टोली घटनास्थलबाट फर्किएपछि राष्ट्रिय झण्डा हटाउने विषयलाई लिएर पुनः विवाद चर्किएको र त्यसपछि दुई पक्षबीच झडप भएको प्रहरीको भनाइ छ ।

झडपका क्रममा ६ जना सर्वसाधारण र एक जना प्रहरी जवान गरी सात जना घाइते भएका छन् । घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन । घटनापछि सम्भावित तनाव र थप झडप रोक्न छपकैयाका वडा नम्बर १, २ र ३ मा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सुरक्षा उपस्थिति बढाइएको छ । सुरक्षा निकायको परिचालनपछि वीरगंजको अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ । संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ भने घटनासँग सम्बन्धित पक्ष तथा व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।

शाहबुद्दीनमाथि अनुसन्धान अघि बढ्यो
प्रहरीले कांग्रेस नेता शाहबुद्दीनलाई नियन्त्रणमा लिएर घटनामा उनको भूमिकाबारे अनुसन्धान गरिरहेको छ । तर, नियन्त्रणमा लिनुपर्ने कानुनी आधार र उनीविरुद्ध लगाइएको आरोपबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन । झण्डा राख्ने विषयबाट सुरु भएको विवाद केही समयमै सामुदायिक तनावमा परिणत भई झडपसम्म पुगेपछि प्रहरीले घटनालाई संवेदनशील रूपमा लिएको छ । प्रहरीले घटनाको कारण, झडपमा संलग्न व्यक्तिहरू तथा घटनाक्रमबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags: छपकैयामा दुई समुदायबीच झडप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि