Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किसान घाटामा, उपभोक्ता महँगीमाः कसको कब्जामा अन्डा-कुखुराको बजार ?

माग घट्ने साउनमै अन्डा र कुखुराको मासुको मूल्य पटक–पटक बढाइएको छ । अझ विडम्बना के छ भने बजार मूल्य आकाशिँदा पनि उत्पादन गर्ने किसान नाफामा छैनन् र महँगो मूल्य तिर्ने उपभोक्ताले पनि राहत पाएका छैनन् । त्यसो भए बढेको मूल्यको वास्तविक लाभ कसले लिइरहेको छ ? यही प्रश्नले नेपालको अन्डा र कुखुरा बजारभित्रको गम्भीर विकृति उजागर गरेको छ ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
भदौ २, २०८३
किसान घाटामा, उपभोक्ता महँगीमाः कसको कब्जामा अन्डा-कुखुराको बजार ?

सामान्यतः साउन महिना माछामासु र अन्डाको व्यापारका लागि सुस्त मौसम मानिन्छ । धार्मिक आस्था र परम्पराका कारण ठूलो संख्यामा उपभोक्ताले मासु तथा अन्डा सेवन घटाउँछन् । यस्तो अवस्थामा माग कम हुँदा मूल्य पनि घट्नु बजारको सामान्य सिद्धान्त हो । तर, यसपटक बजारले सामान्य अर्थशास्त्रलाई नै चुनौती दिएको छ । माग घट्ने साउनमै अन्डा र कुखुराको मासुको मूल्य पटक–पटक बढाइएको छ । अझ विडम्बना के छ भने बजार मूल्य आकाशिँदा पनि उत्पादन गर्ने किसान नाफामा छैनन् र महँगो मूल्य तिर्ने उपभोक्ताले पनि राहत पाएका छैनन् । त्यसो भए बढेको मूल्यको वास्तविक लाभ कसले लिइरहेको छ ? यही प्रश्नले नेपालको अन्डा र कुखुरा बजारभित्रको गम्भीर विकृति उजागर गरेको छ । किसानले उत्पादन लागतसमेत नपाउने, उपभोक्ताले तोकिएकोभन्दा बढी मूल्य तिर्नुपर्ने र बीचमा सप्लायर्स, डिलर तथा खुद्रा व्यापारीले अस्वाभाविक मार्जिन राख्ने अवस्था कुनै स्वस्थ बजार व्यवस्थाको संकेत होइन । यो बजारको स्वाभाविक उतारचढाव मात्र नभई नियमनविहीन आपूर्ति प्रणाली र सम्भावित कार्टेलिङको परिणाम हो भन्ने आशंका बलियो बन्दै गएको छ ।

बर्डफ्लुका कारण उत्पादन घट्नु र बजारमा केही अभाव सिर्जना हुनु मूल्य बढ्नुको एउटा वास्तविक कारण हुन सक्छ । ठूलो संख्यामा पन्छी र अन्डा नष्ट भएपछि उत्पादनमा असर पर्नु स्वाभाविक हो । तर, उत्पादन घटेको तथ्यलाई किसानको हितभन्दा बजार नियन्त्रणको हतियार बनाइयो भने त्यो स्वीकार्य हुन सक्दैन । किसानकै भनाइअनुसार उत्पादन लागतअनुसार मूल्य नपुग्दा उनीहरू अझै घाटामै छन् । अर्कोतर्फ, फार्म मूल्यभन्दा खुद्रा बजारमा अन्डा र मासुको मूल्य अस्वाभाविक रूपमा महँगो छ । किसान र उपभोक्ता दुवै मारमा पर्ने तर बीचको तह मालामाल हुने यस्तो संरचनामाथि राज्यले आँखा चिम्लिन मिल्दैन । झन् गम्भीर प्रश्न त विभिन्न व्यावसायिक तथा वस्तुगत संघहरूले सार्वजनिक सूचना निकालेर वस्तुको मूल्य निर्धारण गर्न मिल्छ कि मिल्दैन भन्ने हो । बजारको माग–आपूर्ति, उत्पादन लागत, ढुवानी, भण्डारण र उचित नाफाको वैज्ञानिक विश्लेषणबिना कुनै संघले मूल्य घोषणा गर्ने अभ्यासले बजारमा प्रतिस्पर्धा कमजोर पार्ने र कार्टेलिङलाई प्रश्रय दिने जोखिम हुन्छ । मूल्य बढाउने सूचना जारी हुनेबित्तिकै पुरानो मौज्दातमा समेत नयाँ मूल्य असुल्ने प्रवृत्तिमाथि पनि अनुगमन आवश्यक छ ।

यसमा सरकारको भूमिका सबैभन्दा कमजोर देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणसम्बन्धी निकायहरू बजारमा मूल्य किन बढ्यो, किसानले कति पाए, बीचमा कति मार्जिन थपियो र उपभोक्ताले कति तिरे भन्ने तथ्यगत अध्ययन गर्न असफल देखिएका छन् । अनुगमन केवल पसलमा पुगेर मूल्यसूची हेर्ने कर्मकाण्डमा सीमित हुनुहुँदैन । किसानको खोरदेखि उपभोक्ताको भान्सासम्मको सम्पूर्ण आपूर्ति श्रृङ्खलाको हिसाब सार्वजनिक हुनुपर्छ । बर्डफ्लुबाट प्रभावित किसानलाई उचित मूल्य र पुनःउत्पादनका लागि सहयोग आवश्यक छ । तर किसानको नाममा बिचौलियालाई अकुत नाफा कमाउन छुट दिन सकिँदैन । राज्यले तत्काल अन्डा र कुखुराको उत्पादन लागत, फार्म मूल्य, थोक मूल्य र खुद्रा मूल्यको वैज्ञानिक अध्ययन गरी आपूर्ति श्रृङ्खलामा भइरहेको अस्वाभाविक नाफामाथि छानबिन गर्नुपर्छ । किसानलाई उचित मूल्य र उपभोक्तालाई न्यायोचित मूल्य दिलाउने दायित्व सरकारको हो । किसान घाटामा र उपभोक्ता महँगीमा रहँदा बीचको तह मात्र धनी बन्ने बजार संयन्त्रलाई ‘स्वतन्त्र बजार’को नाम दिएर छाड्न मिल्दैन । अन्डा र कुखुराको बजारमा देखिएको यो बेथिति तत्काल सुधारिएन भने भोलि हरेक अभाव बिचौलियाको नाफाको अवसर बन्नेछ । राज्यले अब मौन बस्ने होइन, बजारको वास्तविक हिसाब माग्ने बेला आएको छ ।

Tags: किसान घाटामा उपभोक्ता महँगीमा
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि