Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी तथा खर्चको विवरण माग गर्दै पुगेका धर्मेन्द्र प्रसाद यादवले निवेदन दर्ता गराउन खोज्दा मेसु रौनियारले ‘दर्ता गर्दैनौँ, के गर्छौ र ?’ भन्दै जवाफ दिएको दाबी गरेका छन् । यादवले आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी, खर्च, बैंक दाखिला, खरिद, भुक्तानी, बिल–बिजक, लेखापरीक्षण तथा बेरुजुसहितका विवरण माग गर्दै निवेदन तयार पारेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

वीरगंज (पर्सा), १० भदौ । सार्वजनिक निकायसँग रहेको सूचना माग्नु नागरिकको संवैधानिक अधिकार हो । तर, पर्साको प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले सार्वजनिक अस्पतालको आर्थिक विवरण माग्दै पुगेका एक नागरिकको निवेदन दर्ता गर्नै अस्वीकार गरेको आरोप लागेको छ । अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी तथा खर्चको विवरण माग गर्दै पुगेका धर्मेन्द्र प्रसाद यादवले निवेदन दर्ता गराउन खोज्दा मेसु रौनियारले ‘दर्ता गर्दैनौँ, के गर्छौ र ?’ भन्दै जवाफ दिएको दाबी गरेका छन् ।

यादवले आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालको आन्तरिक स्रोतबाट भएको आम्दानी, खर्च, बैंक दाखिला, खरिद, भुक्तानी, बिल–बिजक, लेखापरीक्षण तथा बेरुजुसहितका विवरण माग गर्दै निवेदन तयार पारेका थिए । तर, निवेदन लिएर अस्पताल पुग्दा दर्ता प्रक्रियामै अवरोध सिर्जना भएको उनको भनाइ छ ।

‘तिमी जे–जे भन्छौ, त्यही हामी दर्ता गर्दै बस्ने ?’
यादवका अनुसार निवेदन दर्ता गराउन आग्रह गर्दा मेसु रौनियारले कर्मचारी अभाव देखाउँदै निवेदन दर्ता गर्न अस्वीकार गरेका थिए । ‘तिमी जे–जे भन्छौ, त्यही हामी दर्ता गर्दै बस्ने ? हामीसँग त्यति टाइम छैन । हामी अरू काम छाडेर त्यही काममा लागौँ त ? हुँदैन, हामी दर्ता गर्दैनौँ । हामीसँग त्यही कर्मचारी पनि छैन कि त्यही खोजेर बसौँ’ भन्दै रौनियारले जवाफ दिएको यादवको दाबी छ ।

यादवका अनुसार मेसुले कर्मचारी पर्याप्त नभएको भन्दै ‘कर्मचारी पूरा गर्नुस्, अनि दिन्छौँ’ भन्ने आशयको जवाफसमेत दिएका थिए । सूचना माग्ने व्यक्तिको परिचयमाथि नै प्रश्न उठाउँदै रौनियारले ‘तिमी को हौ ? हाम्रो एडिटर हो कि अख्तियारको कर्मचारी ? हामीले सबै कुरा दिनैपर्छ ?’ भनेको पनि यादवको दाबी छ । यस्तो व्यवहारले आफूलाई दबाबमा पार्ने र सूचना माग्ने प्रक्रियाबाटै हतोत्साहित गर्ने प्रयास भएको यादवको आरोप छ ।

सूचना माग्दा उल्टै ‘तलब खोइ ?’ भन्दै प्रतिप्रश्न
यादवले आफूले संविधानले सुनिश्चित गरेको सूचनाको हक प्रयोग गरेको बताएपछि मेसु रौनियारले आफ्नो तलबको विषयसमेत उठाएको उनको भनाइ छ । यादवका अनुसार रौनियारले ‘आज सूचना माग्न आएको रहेछौ । संविधानमा उल्लेख छ भने हाम्रो तलब प्रत्येक महिना हाल्ने र पाउनुपर्ने हो । म सात महिनादेखि तलब पाएको छैन, खोइ त ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

यादवका अनुसार कुराकानीको अन्त्यतिर रौनियारले ‘हामी दर्ता पनि गर्दैनौँ र सूचना पनि दिँदैनौँ, जे गर्नु छ गर्नु’ भन्ने जवाफ दिएका थिए । यो विषय केवल एउटा निवेदन दर्ता नगरेको घटनामा सीमित छैन । यसले सार्वजनिक निकायमा नागरिकको सूचनाको अधिकार प्रयोग गर्ने वातावरण, प्रशासनिक जवाफदेहिता र पदाधिकारीको नागरिकप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न खडा गर्छ ।

पहिले मन्त्रालयको अनुमति, पछि बैठकको सर्त ?
निवेदन दर्ता नगरेको विषयमा मेसु रौनियारसँग सम्पर्क गरी कारण सोध्दा उनले मन्त्रालय र क्लिनिकाबाट अनुमति पत्र ल्याएपछि मात्र सूचना दिने तथा निवेदन दर्ता गर्ने जवाफ दिएको यादवले बताए । तर, सम्बन्धित निकायसँग बुझ्दा सूचना उपलब्ध गराउने अधिकार सम्बन्धित सार्वजनिक निकायमै रहेको जानकारी पाएपछि रौनियारले आफ्नो अडान फेरि परिवर्तन गरेको यादवको भनाइ छ ।

यादवका अनुसार त्यसपछि अस्पतालमा आएर नगरपालिका अधिकृत, अस्पताल समिति अध्यक्ष, मेयरलगायतलाई बोलाई बैठक बसेपछि मात्र निवेदन दर्ता गर्ने अर्को जवाफ दिइएको थियो । नागरिकले सार्वजनिक अस्पतालसँग सूचना माग्दा निवेदन दर्ता गराउन पनि नगरपालिका, अस्पताल समिति वा मन्त्रालयको पूर्वअनुमति आवश्यक पर्ने कानुनी व्यवस्था कहाँ छ ?

सार्वजनिक अस्पतालको आम्दानी–खर्च सोध्नु अपराध हो ?
यादवले मागेको सूचना व्यक्तिगत वा गोप्य विषयसँग सम्बन्धित नभई अस्पतालको आन्तरिक आम्दानी र खर्चसँग सम्बन्धित छ । सार्वजनिक अस्पतालमा बिरामी तथा सेवाग्राहीबाट उठेको रकम कति हो ? कुन शीर्षकबाट आम्दानी भयो ? कति रकम बैंकमा दाखिला भयो ? कुन सामग्री वा सेवा खरिदमा कति खर्च भयो ? कसलाई कति भुक्तानी गरियो ? बिल–बिजक के छन् ? लेखापरीक्षणले के औंल्यायो ? बेरुजु कति छ ?

यी प्रश्न सार्वजनिक स्रोत र सार्वजनिक संस्थाको आर्थिक व्यवस्थापनसँग सम्बन्धित प्रश्न हुन् । यस्ता विवरणमा पारदर्शिता खोज्नु सार्वजनिक निकायको कामकारबाहीमाथि निगरानी राख्ने नागरिक अधिकारकै एउटा हिस्सा हो । सूचना कानुनबमोजिम दिन नमिल्ने अवस्था भए कुन सूचना किन दिन नमिल्ने हो भन्ने स्पष्ट कानुनी आधारसहित लिखित जवाफ दिनुपर्ने हुन्छ । तर निवेदन नै दर्ता नगर्ने, ‘हामी दर्ता गर्दैनौँ’ भन्ने र सूचना माग्ने व्यक्तिलाई नै ‘तिमी को हौ ?’ भनेर प्रश्न गर्ने शैलीले भने प्रक्रियागत पारदर्शितामाथि नै प्रश्न उठाएको छ ।

संविधानले दिएको अधिकारमा अस्पताल प्रशासनको ‘गेटकिपिङ’ ?
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयमा सूचना माग्ने र पाउने हक सुनिश्चित गरेको छ । यस्तो संवैधानिक अधिकार प्रयोग गर्न नागरिकले सार्वजनिक निकायमा निवेदन लिएर जाँदा पहिलो चरणमै निवेदन स्वीकार नगर्ने अवस्था सिर्जना हुनु आफैंमा गम्भीर विषय हो ।

सूचना माग्ने नागरिकले आफू पत्रकार, अख्तियारका कर्मचारी वा कुनै विशेष पदाधिकारी भएको प्रमाणित गर्नुपर्ने व्यवस्था हो कि होइन ? सार्वजनिक अस्पतालको आम्दानी खर्चबारे जानकारी माग्न नागरिकलाई ‘तिमी को हौ ?’ भनेर आफ्नो परिचय र हैसियतको जवाफ दिन बाध्य पार्न मिल्छ कि मिल्दैन ? र, निवेदन दर्ता गर्नुअघि अन्य निकायको अनुमति अनिवार्य हो भने त्यसको कानुनी आधार के हो ? यी प्रश्नको जवाफ अब अस्पताल प्रशासनले दिनुपर्छ ।

‘सूचना दिन्नौँ’ भन्न सजिलो, कानुनी आधार देखाउन गाह्रो ?
सार्वजनिक निकाय पारदर्शी हुनुपर्ने हो, सूचना माग्नेलाई रोक्ने होइन । नागरिकले प्रश्न सोध्दा जवाफ दिनुपर्ने निकायले प्रश्नकर्ताकै अधिकारमाथि प्रश्न उठाउने हो भने सार्वजनिक जवाफदेहिताको अर्थ नै कमजोर हुन्छ । मागिएको सूचना कानुनले रोक्छ भने त्यसको स्पष्ट आधार देखाउन सकिन्छ । सूचना दिन मिल्दैन भने लिखित रूपमा कारण बताउन सकिन्छ । निवेदन दर्ता गर्न मिल्दैन भने कुन कानुन, नियम वा प्रक्रियाले रोक्छ भन्ने देखाउन सकिन्छ । तर ‘दर्ता गर्दैनौँ, के गर्छौ र ?’ भन्ने शैलीमा नागरिकलाई जवाफ फर्काउने आरोप सत्य हो भने त्यो केवल प्रशासनिक असहमति होइन, सार्वजनिक पदको मर्यादा र नागरिकको संवैधानिक अधिकारसँग जोडिएको गम्भीर प्रश्न हो ।

अस्पतालजस्तो सार्वजनिक स्वास्थ्य संस्थामा आर्थिक पारदर्शिताको प्रश्न झन् संवेदनशील हुन्छ । त्यहाँ उठ्ने प्रत्येक रुपैयाँ र खर्च हुने प्रत्येक रुपैयाँ सार्वजनिक सरोकारको विषय बन्न सक्छ । त्यसैले प्रादेशिक अस्पताल पोखरियामा नागरिकले आफ्नो संवैधानिक सूचनाको हक प्रयोग गर्न खोज्दा निवेदनसमेत दर्ता हुन किन सकेन ? सूचना दिन नमिल्ने हो भने त्यसको कानुनी आधार के हो ? र, सार्वजनिक अस्पतालका प्रमुख अधिकारीलाई नागरिकले सूचना माग्दा ‘तिमी को हौ ?’ भनेर प्रश्न गर्ने अधिकार कहाँबाट प्राप्त भयो ? यी प्रश्नको स्पष्ट, कानुनी र सार्वजनिक जवाफ अब प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारबाट अपेक्षित छ ।

Tags: पोखरिया अस्पतालमा सूचनाको अधिकारमाथि अवरोध
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३
अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि