Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रगताम्ये चप्पलले सोधेको प्रश्न !

काठमाडौको जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्ता विद्रोहको प्रतीक बन्यो । सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म त्यो जुत्ताले नयाँ पुस्ताको आक्रोश र परिवर्तनको चाहना बोकेको विम्बका रूपमा स्थान पायो । तर कप्तानगञ्जको रगताम्ये चप्पलले त्यस्तो राष्ट्रिय स्थान पाएन । किन ? के त्यसको कारण चप्पल सस्तो हुनु हो ? कि त्यो मधेशको नागरिकले लगाएको हुनाले हो ?

हरिशंकर शर्मा
हरिशंकर शर्मा
साउन २६, २०८३
रगताम्ये चप्पलले सोधेको प्रश्न !

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा १० साउनको राति एउटा चप्पल रगताम्ये भयो । त्यो चप्पल कुनै प्रदर्शनको तयारी गरेर लगाइएको थिएन, न त कुनै राजनीतिक मञ्चमा उभिनका लागि । स्थानीय ओमप्रकाश मेहता खाना खाएर सुत्न लागेका बेला गाउँमा झडप भएको खबर सुनेर हतारिँदै चोक पुगेका थिए । चप्पलमै पुगेका उनी प्रहरीको गोली लागेर ढले । चप्पल रगतले भिज्यो, उनी अस्पताल पुग्न नपाउँदै मृत घोषित भए । त्यो चप्पल अहिले एउटा वस्तु मात्र रहेन । त्यो मधेशको प्रश्न बनेको छ । काठमाडौको जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्ता विद्रोहको प्रतीक बन्यो । सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म त्यो जुत्ताले नयाँ पुस्ताको आक्रोश र परिवर्तनको चाहना बोकेको विम्बका रूपमा स्थान पायो । तर कप्तानगञ्जको रगताम्ये चप्पलले त्यस्तो राष्ट्रिय स्थान पाएन । किन ? के त्यसको कारण चप्पल सस्तो हुनु हो ? कि त्यो मधेशको नागरिकले लगाएको हुनाले हो ?

मधेशमा चप्पल केवल गरिबीको परिचय होइन । यो खेतको आलीदेखि बजारसम्म, गाउँदेखि सदरमुकामसम्म र दैनिक श्रमदेखि आन्दोलनको सडकसम्म साथ दिने जीवनको साथी हो । मधेशका हजारौँ नागरिकका खुट्टामा रहेका यिनै चप्पलले वर्षौंदेखि अधिकार, समानता र न्यायको बाटो नापेका छन् । त्यसैले कप्तानगञ्जको रगताम्ये चप्पललाई एउटा मृतकको व्यक्तिगत सामानका रूपमा मात्र हेर्नु इतिहास र वर्तमान दुवैसँग अन्याय हुनेछ । त्यो चप्पलले राज्यलाई कठोर प्रश्न सोधेको छ—मधेशका नागरिकको जीवनको मूल्य कति हो ? काठमाडौंमा भएको आन्दोलन राष्ट्रिय सरोकार बन्छ । राजधानीका सडकमा उठेको आवाज सत्ताको कानसम्म छिटो पुग्छ । तर मधेशका गाउँमा भएको गोलीकाण्ड, मृत्यु र पीडाले राष्ट्रिय बहसमा स्थान पाउन किन संघर्ष गर्नुपर्छ? सिंहदरबारबाट केही किलोमिटर टाढाको आक्रोश सुनिन्छ, तर राजधानीबाट केही सय किलोमिटर टाढाको नागरिकको चित्कार किन मधुरो सुनिन्छ ? यही विभेदको अर्को नाम हो कप्तानगञ्ज ।

सरकार र पीडित परिवारबीच सहमति भयो । तर सहमति कागजमा सीमित भयो भने त्यसको अर्थ के रहन्छ ? राज्यले आफैँ गरेको प्रतिबद्धता कार्यान्वयन गर्न नसक्नु केवल प्रशासनिक कमजोरी होइन, पीडितप्रतिको अपमान हो । अझ काठमाडौंमा उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको शव परिवारले नबुझ्नुले समस्या अझ गम्भीर बनाएको छ । परिवार शवसँगै न्यायको माग गरिरहेको छ भने राज्य सहमतिको कार्यान्वयनबाट किन पन्छिरहेको छ ? राज्यको शक्ति नागरिकलाई दबाउन होइन, नागरिकको जीवन र अधिकार जोगाउन प्रयोग हुनुपर्छ । गोली चलाउने अधिकारभन्दा ठूलो जिम्मेवारी त्यसको औचित्य पुष्टि गर्ने हो । तीन नागरिकको ज्यान गएको घटनामा निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडितसँग भएको सहमतिको पूर्ण कार्यान्वयनबिना न्यायको अध्याय बन्द हुन सक्दैन ।

कप्तानगञ्जको चप्पललाई गुमनाम हुन दिनु हुँदैन । किनकि त्यो चप्पल ओमप्रकाशको मात्र होइन—मधेशको श्रम, अपमान, आक्रोश र न्यायको यात्राको प्रतीक हो । काठमाडौंको जुत्ता विद्रोहको आइकन बन्न सक्छ भने मधेशको रगताम्ये चप्पल पनि प्रश्नको आइकन बन्नुपर्छ । त्यो चप्पलले राज्यलाई सम्झाइरहेको छ सत्ता बदलिन सक्छ, सरकार बदलिन सक्छ, तर नागरिकको रगतको हिसाब कहिल्यै पुरानो हुँदैन ।

Tags: सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

वीरगंजमा लायन्स म्याराथन सम्पन्न, स्वस्थ जीवनशैली र सक्रिय युवाको सन्देश

साउन २९, २०८३
‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि