Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग निरन्तर संवाद गर्दा उनीहरूले आफ्ना समस्या, गुनासा र अपेक्षासँगै समाधानका उपायसमेत प्रस्तुत गरिरहेको बताए । जनतामा सरकारप्रति ठूलो आशा र भरोसा रहेकाले त्यसलाई व्यवहारमै सम्बोधन गर्ने गरी राज्य संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

वीरगंज (पर्सा), २६ साउन । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य बुद्धि प्रसाद पन्त (हरि पन्त)ले सरकार परिवर्तनले मात्र जनताले परिवर्तनको अनुभूति गर्न नसक्ने भन्दै सरकारी कर्मचारीतन्त्रलाई जनताप्रति उत्तरदायी, जिम्मेवार र प्रशिक्षित बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले निर्वाचन क्षेत्रमा पुगेर नागरिकसँग निरन्तर संवाद गर्दा उनीहरूले आफ्ना समस्या, गुनासा र अपेक्षासँगै समाधानका उपायसमेत प्रस्तुत गरिरहेको बताए । जनतामा सरकारप्रति ठूलो आशा र भरोसा रहेकाले त्यसलाई व्यवहारमै सम्बोधन गर्ने गरी राज्य संयन्त्र परिचालन गर्नुपर्ने उनको भनाइ थियो ।

पन्तले लामो समयदेखि जरा गाडेर बसेका भ्रष्टाचार, अनियमितता र प्रशासनिक बेथिति केही सातामै अन्त्य गर्न कठिन भए पनि त्यसविरुद्ध सरकारले देखिने गरी कदम चाल्नुपर्ने बताए । सरकारविरुद्ध भ्रम र निराशा फैलाउने प्रयास भइरहे पनि नागरिक त्यसप्रति सचेत रहेको उल्लेख गर्दै उनले जनताको विश्वासलाई कमजोर हुन नदिन सेवा प्रवाहमै सुधार आवश्यक रहेको बताए । उनका अनुसार अहिले तत्काल सम्बोधन गर्नुपर्ने प्रमुख विषयमध्ये किसानलाई समयमै सहज रूपमा मलखाद उपलब्ध गराउनु पनि हो । कृषि उत्पादनको महत्वपूर्ण समयमा किसानले मलका लागि भौंतारिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

त्यसैगरी, जिल्ला प्रशासन, जिल्ला प्रहरी, नापी, मालपोत र यातायात कार्यालयबाट नागरिकले बिना लेनदेन, बिना सिफारिस र अनावश्यक झन्झटबिना कानुनी प्रक्रियाअनुसार सेवा पाउने वातावरण बनाउनुपर्नेमा पन्तले जोड दिए । नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र तथा इन्धन प्राप्त गर्न विगतमा जस्तै लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अझै दोहोरिन नहुने उनले बताए । प्रविधि र प्रशासनिक सुधारको युगमा सामान्य सेवाका लागि नागरिकले घण्टौं लाइन बस्नुपर्ने अवस्थाले सरकारप्रतिको विश्वास कमजोर बनाउने उनको भनाइ थियो ।

‘जनताको सरकारप्रतिको आशा र भरोसा जायज छ,’ पन्तले भने, ‘त्यसैले उनीहरूका चासो र समस्या तत्काल सम्बोधन हुने गरी सरकार गम्भीर बन्नुपर्छ ।’ जेन्जी आन्दोलनको जगमा बनेको वर्तमान सरकारप्रति नागरिकले राखेको आशा, भरोसा र विश्वासलाई कमजोर हुन नदिन सरकारका काम, कर्तव्य र जिम्मेवारीप्रति कर्मचारीतन्त्रलाई समेत जवाफदेही बनाउनुपर्ने उनले बताए । पन्तले सरकारअन्तर्गतका सचिव, सहसचिव, उपसचिव र अधिकृतदेखि जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा अन्य कार्यालय प्रमुखलाई जिम्मेवारीमा पठाउनुअघि छुट्टै संसदीय संयन्त्रमार्फत अभिमुखीकरण, तालिम र प्रशिक्षण दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारे ।

उनका अनुसार राजनीतिक नेतृत्व परिवर्तन भए पनि राज्यको स्थायी संयन्त्रका रूपमा रहेको कर्मचारीतन्त्रको कार्यशैली तत्कालै बदलिन नसक्ने भएकाले नयाँ सरकारको नीति, उद्देश्य र जनादेशअनुसार काम गर्न कर्मचारीलाई स्पष्ट रूपमा प्रशिक्षित र जिम्मेवार बनाउन आवश्यक छ । ‘जनताले पुरानाले गरेनन् वा गर्न सकेनन् भनेर नयाँलाई चुनेर पठाएका छन्,’ पन्तले भने, ‘जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने ब्युरोक्रेसीलाई तत्काल परिवर्तन गर्न सम्भव छैन । त्यसैले सरकारको स्प्रिट र जनताको म्यान्डेटअनुसार काम गर्न उनीहरूलाई प्रशिक्षित र जिम्मेवार बनाउनुपर्छ ।’

उनले सरकारको सफलता केवल नीति, निर्णय र भाषणबाट नभई नागरिकले सरकारी कार्यालयबाट कस्तो सेवा पाउँछन् भन्ने आधारमा मापन हुने बताए । जनताको दैनिक जीवनसँग जोडिएका प्रशासनिक सेवामा सुधार नगरी सुशासनको नारा मात्र दिएर सरकारप्रतिको विश्वास कायम गर्न नसकिने उनको भनाइ थियो । सरकारले जनताको अपेक्षा र विश्वासलाई व्यवहारमा रूपान्तरण गर्न सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै पन्तले राज्य संयन्त्रलाई नागरिकमैत्री, पारदर्शी र उत्तरदायी बनाउन तत्काल ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराए ।

Tags: जनताको आशा नटुटोस् भन्दै सांसद पन्तको खबरदारी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

‘फेक शासन’विरुद्ध भदौ २३ मा फेरि सडकमा उत्रिने कमन जेनजीको घोषणा

साउन २६, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

साउन २६, २०८३
‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

‘वन्दे मातरम्‌’को १५० वर्ष पूराः वीरगंजमा विशेष सांस्कृतिक साँझ

साउन २६, २०८३
जिप्रका नजिकैको नालामा नवजात शिशुको शव

जिप्रका नजिकैको नालामा नवजात शिशुको शव

साउन २६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि