Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सगरनाथा एकेडेमी स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८३
सगरनाथा एकेडेमी स्कुलमा गुरु पूर्णिमाको अवसरमा विशेष कार्यक्रम

वीरगंज (पर्सा), १३ साउन । सगरमाथा एकेडेमी, वीरगंजले गुरु–शिष्य परम्पराको सम्मान गर्दै गुरुपूर्णिमा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । विद्यार्थीहरूले आफ्ना आदरणीय गुरु–गुरुआमाप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै टीका, खादा, माला तथा मायाको चिनो अर्पण गरेका थिए । कार्यक्रममा विद्यालयका संस्थापक जियालाल गुप्ता, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूलाई खादा ओढाएर सम्मान गरेका थिए ।

गुरुको महत्त्व झल्काउने प्रेरणादायी भाषण, भक्तिपूर्ण कविता, सांस्कृतिक नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिले कार्यक्रमलाई आकर्षक बनाएको थियो । कार्यक्रमको सञ्चालन कक्षा १० का विद्यार्थी आयुष गुप्ताले गरेका थिए । विद्यालयका संस्थापक जियालाल गुप्ताले गुरुपूर्णिमाले गुरु–शिष्य सम्बन्धको महत्वलाई स्मरण गराउने मात्र नभई समाजमा सम्मान, अनुशासन र संस्कारको सन्देश फैलाउने अवसर प्रदान गर्ने बताए । उनले भने, ‘विद्यालयको उद्देश्य विद्यार्थीलाई केवल शैक्षिक रूपमा अब्बल बनाउनु मात्र होइन, संस्कारवान, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्नु पनि हो ।

गुरुको सम्मान गर्न सिक्ने विद्यार्थीले जीवनका हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्छन् ।’ उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा, नेतृत्व विकास, अनुशासन तथा व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी दिए । यस्ता गतिविधिले विद्यार्थीमा आत्मविश्वास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकास हुने विश्वाससमेत उनले व्यक्त गरे ।

कार्यक्रमको अन्त्यमा विद्यालय परिवारले सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको निस्वार्थ समर्पण, त्याग र योगदानप्रति हार्दिक आभार व्यक्त गर्दै उनीहरूको मार्गदर्शनले नै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माण भइरहेको उल्लेख गरेको थियो । साथै, यस्ता कार्यक्रमले गुरु–शिष्यबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै विद्यालयमा सम्मान, संस्कार र शैक्षिक उत्कृष्टताको वातावरण कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।

Tags: सगरमाथा एकेडेमी वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि