Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैया तेक्वान्दो डोजाङमा १५ खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २, २०८३
छपकैया तेक्वान्दो डोजाङमा १५ खेलाडीको बेल्ट ग्रेडिङ सम्पन्न

वीरगंज (पर्सा), २ साउन । छपकैया तेक्वान्दो डोजाङमा शनिबार आयोजित बेल्ट ग्रेडिङ (स्तरोन्नति) कार्यक्रममा विभिन्न तहका १५ जना खेलाडी सफलतापूर्वक स्तरोन्नति भएका छन् । नियमित प्रशिक्षण, अनुशासन र सीपको मूल्याङ्कनका आधारमा खेलाडीहरूलाई नयाँ बेल्ट प्रदान गरिएको हो । डोजाङका अध्यक्ष मन्सुर मोहम्मद मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष गणेशमान श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा खेलाडीहरूको उपलब्धिको प्रशंसा गर्दै तेक्वान्दोमार्फत अनुशासन, आत्मरक्षा र व्यक्तित्व विकासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो । ग्रेडिङमा ९ जना खेलाडीले ह्वाइट (सेतो) बेल्ट, ३ जनाले हाफ ग्रीन (हरियो) बेल्ट, १ जनाले ग्रीन बेल्ट तथा २ जनाले ब्लु बेल्ट प्राप्त गरेका छन् । ह्वाइट बेल्ट प्राप्त गर्नेमा सानभी क्षेत्री, दिवस सापकोटा, नित्यम चौरसिया, एम. आहिल हुसेन, कृतिक कुमार जाटिया, आयुष्मा कुमारीसहित ९ जना रहेका छन् ।

त्यसैगरी एरिका दास, एरोन दास र विकास प्रजापति हाफ ग्रीन बेल्टमा, आहिल इब्राहिम ग्रीन बेल्टमा तथा सबना खातुन र अमन सर्राफ ब्लु बेल्टमा स्तरोन्नति भएका छन् । ग्रेडिङ परीक्षा नवल किशोर शर्मा, राजेन्द्रकुमार शाही, मन्जिल मियाँ हवारी र विक्रान्त डंगोल सम्मिलित ग्रेडिङ समितिले सञ्चालन गरेको थियो । समितिले खेलाडीहरूको प्राविधिक सीप, अनुशासन, आत्मविश्वास र दक्षताको मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको हो ।

ग्रेडिङ समितिका सदस्य राजेन्द्रकुमार शाहीले तेक्वान्दोमा सफलता हासिल गर्न नियमित अभ्यास, अनुशासन र निरन्तर मेहनत अपरिहार्य हुने बताए । उनका अनुसार बेल्ट ग्रेडिङ केवल अर्को तहमा पुग्ने प्रक्रिया मात्र नभई खेलाडीको क्षमता, जिम्मेवारीबोध र आत्मविश्वास अभिवृद्धि गर्ने महत्वपूर्ण चरण हो । उनले आगामी दिनमा अझ समर्पित भएर प्रशिक्षणलाई निरन्तरता दिन सबै खेलाडीलाई आग्रह गरे ।

कार्यक्रमका अध्यक्ष मन्सुर मोहम्मद मियाँले छपकैया क्षेत्रमा तेक्वान्दोप्रति बालबालिका तथा युवाको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै खेलले अनुशासन, आत्मरक्षा र सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भविष्यमा पनि दक्ष तथा प्रतिस्पर्धी खेलाडी उत्पादन गर्दै तेक्वान्दो खेलको प्रवद्र्धन र विकासमा डोजाङले निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

Tags: छपकैया तेक्वान्दो डोजाङ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि