Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तिलाठी कोइलाडीकाएक चौथाइ घर उच्च बाढी जोखिममा, स्थानीयमा बढ्यो त्रास

मर्सीकोर्प्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोगमा आसमान नेपालद्वारा सञ्चालित परियोजनाअन्तर्गत गरिएको घरधुरी सर्वेक्षणले तिलाठी कोइलाडी क्षेत्रमा बाढीको जोखिम निकै गम्भीर रहेको औंल्याएको हो । अध्ययनअनुसार जोखिम बढ्नुको प्रमुख कारण कमजोर आवास संरचना र भौगोलिक अवस्था हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १४, २०८३
तिलाठी कोइलाडीकाएक चौथाइ घर उच्च बाढी जोखिममा, स्थानीयमा बढ्यो त्रास

तिलाठीकोइलाडी (सप्तरी), १४ असार । वर्षायाम सुरु भएसँगै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा फेरि बाढीको त्रासमा दिन बिताउन बाध्य भएका छन् । नदीको जलस्तर बढ्ने संकेत देखिनासाथ स्थानीयमा सम्भावित बाढीको चिन्ता बढ्ने गरेको छ भने विशेषगरी रातिको समयमा आउने आकस्मिक बाढीको डर वर्षौंदेखिको पीडाका रूपमा कायम छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले गाउँपालिकाका करिब २५ प्रतिशत घरधुरी अति उच्च बाढी जोखिममा रहेको देखाएको छ ।

मर्सीकोर्प्स नेपाल र कोका–कोला फाउन्डेसनको सहयोगमा आसमान नेपालद्वारा सञ्चालित परियोजनाअन्तर्गत गरिएको घरधुरी सर्वेक्षणले तिलाठी कोइलाडी क्षेत्रमा बाढीको जोखिम निकै गम्भीर रहेको औंल्याएको हो । अध्ययनअनुसार जोखिम बढ्नुको प्रमुख कारण कमजोर आवास संरचना र भौगोलिक अवस्था हो । नदी आसपासका अधिकांश घर फुस तथा कमजोर निर्माण सामग्रीबाट बनेका छन् भने ९७ प्रतिशत घर एकतले मात्रै रहेको पाइएको छ । यस्तो अवस्थाले आकस्मिक बाढीका बेला सुरक्षित स्थानमा आश्रय लिन थप कठिन हुने देखिएको छ ।

त्यसैगरी ८१ प्रतिशत घर जमिनको सतहसँगै वा अत्यन्त न्यून उचाइमा निर्माण गरिएका कारण सामान्य बाढीले समेत ठूलो क्षति पुर्‍याउने सम्भावना रहेको अध्ययनले उल्लेख गरेको छ । गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलका अनुसार स्थानीय समुदायलाई विपद् सामना गर्न सक्षम बनाउन खोज तथा उद्धार, प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ । उनले आगामी दिनमा नयाँ घर निर्माण गर्दा कम्तीमा पाँचदेखि सात फिट उचाइमा जग राख्न प्रोत्साहन गर्ने नीति लागू गर्ने तयारी भइरहेको जानकारी दिए ।

विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले गाउँपालिकामा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाइएको र स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय अवस्थामा रहेको बताए । उनका अनुसार समुदायस्तरमा नियमित कृत्रिम अभ्यास तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम पनि सञ्चालन हुँदै आएको छ ।

यसैबीच, आसमान नेपालका कार्यक्रम प्रबन्धक अशोककुमार यादवले गाउँपालिकाका सबै आठ वटै वडामा सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी स्थानीय स्वयंसेवकको क्षमता अभिवृद्धिमा काम भइरहेको जानकारी दिए । यद्यपि स्थानीयवासीको सबैभन्दा ठूलो चिन्ता भने खाँडो नदीको बाँध र निरन्तर भइरहेको कटान नै रहेको छ । समुदायस्तरीय विपद् व्यवस्थापन समिति सकरपुराका अध्यक्ष केशरी सिंहका अनुसार बाँधको कमजोर अवस्थाका कारण हरेक वर्ष ठूलो क्षति दोहोरिने जोखिम अझै हट्न सकेको छैन ।

स्थानीय बासिन्दाले बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र नभई प्रत्येक वर्ष दोहोरिने सामाजिक तथा आर्थिक संकटका रूपमा चित्रण गर्दै दीर्घकालीन नदी व्यवस्थापन, बलियो पूर्वाधार निर्माण तथा प्रभावकारी पूर्वतयारीमा सरकारले तत्काल प्राथमिकताका साथ लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Tags: तिलाठी कोइलाडी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

तस्करी गर्न लागिएको २ किलो अफिमसहित दुईजना पक्राउ

असार १४, २०८३
वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

वार्तापछि टुंगियो वीरगंजका सरसफाइकर्मीको आन्दोलन, ठेकेदारको प्रतिबद्धतापछि काममा फर्किए कर्मचारी

असार १४, २०८३
सर्वसाधारणलाई सास्ती, उद्योगीलाई मस्ती ? विद्युत प्राधिकरण वीरगंजको दोहोरो मापदण्डमाथि प्रश्न !

रातीको समयमा विद्युत ट्रिपिङको समस्याः वीरगंजका बासिन्दालाई सास्ती

असार १४, २०८३
गृहमन्त्रीको गोप्य भ्रमणः तस्करी सञ्जालमा हलचल ! प्रहरी प्रशासनको भूमिका छानबिनको घेरामा

गृहमन्त्रीको गोप्य भ्रमणः तस्करी सञ्जालमा हलचल ! प्रहरी प्रशासनको भूमिका छानबिनको घेरामा

असार १४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि