Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

फ्याकल्टी डेभलपमेन्ट तालिम सम्पन्न, चिकित्सा शिक्षाको गुणस्तर सुधारमा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १२, २०८३
फ्याकल्टी डेभलपमेन्ट तालिम सम्पन्न, चिकित्सा शिक्षाको गुणस्तर सुधारमा जोड

वीरगंज (पर्सा), १२ असार । वीरगंजस्थित नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि तथा शिक्षकहरूको पेशागत दक्षता विकास गर्ने उद्देश्यले सञ्चालन गरेको ६ दिने ‘फ्याकल्टी डेभलपमेन्ट ट्रेनिङ’ शुक्रबार सम्पन्न भएको छ । चिकित्सा शिक्षा विभाग, इन्स्टिच्युट अफ मेडिसिन (आई.ओ.एम.), काठमाडौंको सहकार्यमा असार ७ देखि १२ गतेसम्म सञ्चालन भएको तालिमको समापन समारोह कलेजको आई.बि.एम.एस. ब्लकस्थित कन्फरेन्स हलमा आयोजित गरिएको थियो ।

समारोहको अध्यक्षता कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहले गर्नुभएको थियो भने अध्यक्ष प्रा. डा. जैनुद्दीन अन्सारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । समारोहमा इन्स्टिच्युट अफ मेडिसिनका प्रा. डा. निर्जु रञ्जित, प्रा. डा. संघरत्न बज्राचार्य तथा प्रा. डा. रमेश आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए । त्यस्तै, अस्पताल निर्देशक डा. इशरत जहान, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, उप–प्राचार्य डा. रविशंकर गुप्ता तथा नर्सिङ क्याम्पसकी उप–प्राचार्य प्रा. डा. बबिता सिंहलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिमबाट हासिल गरेका अनुभव र सिकाइ साझा गरेका थिए । वक्ताहरूले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले आधुनिक शिक्षण विधि, प्रभावकारी विद्यार्थी मूल्याङ्कन, अनुसन्धान संस्कृतिको विकास तथा शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । प्रमुख अतिथि प्रा. डा. जैनुद्दीन अन्सारीले संस्थाले शैक्षिक उत्कृष्टतालाई थप सुदृढ बनाउन यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले तालिमलाई सफल बनाउन योगदान पुर्‍याउने प्रशिक्षक तथा सहभागी सबैप्रति आभारसमेत व्यक्त गरे ।

कार्यक्रमका अवसरमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । अन्त्यमा उप–प्राचार्य डा. रविशंकर गुप्ताले धन्यवाद ज्ञापन गर्दै औपचारिक रूपमा कार्यक्रम समापन भएको घोषणा गरेका थिए । छ दिनसम्म सञ्चालन भएको तालिममा चिकित्सा शिक्षासँग सम्बन्धित विविध विषयमा विशेषज्ञ प्रशिक्षकहरूले सहजीकरण गरेका थिए । तालिमले सहभागी शिक्षकहरूको ज्ञान, सीप र शिक्षण क्षमतामा उल्लेखनीय वृद्धि भएको विश्वास आयोजकले व्यक्त गरेको छ ।

Tags: नेशनल मेडिकल कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि