Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खाद्य गुणस्तर र स्वच्छतामा जोडः आयात–निर्यात व्यवसायीका लागि क्षमता अभिवृद्धि कार्यक्रम

वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य वस्तुको आयात तथा निर्यातका क्रममा पालना गर्नुपर्ने स्वच्छता तथा गुणस्तर मापदण्डबारे विस्तृत जानकारी गराएका थिए । उनले निर्यात सहजीकरण, खाद्य अनुगमन प्रणाली, कानुनी व्यवस्था तथा व्यवसायीहरूको जिम्मेवारीका विषयमा समेत कार्यपत्र प्रस्तुत गर्दै खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ६, २०८३
खाद्य गुणस्तर र स्वच्छतामा जोडः आयात–निर्यात व्यवसायीका लागि क्षमता अभिवृद्धि कार्यक्रम

वीरगंज (पर्सा), ६ असार । खाद्य पदार्थको सुरक्षित आयात–निर्यात तथा गुणस्तरीय खाद्य आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले वीरगंजमा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको छ । ‘खाद्य सुरक्षा, सबैको व्यवसाय’ भन्ने मूल नारासहित आयोजित कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, काठमाडौंको आयोजनामा तथा वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा सम्पन्न भएको हो ।

वीरगंज उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा खाद्य पदार्थ आयातकर्ता, निर्यातकर्ता, भन्सार एजेन्ट, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत भिमप्रसाद पुलामीले गरेका थिए भने वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनाली प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले खाद्य वस्तुको आयात तथा निर्यातका क्रममा पालना गर्नुपर्ने स्वच्छता तथा गुणस्तर मापदण्डबारे विस्तृत जानकारी गराएका थिए । उनले निर्यात सहजीकरण, खाद्य अनुगमन प्रणाली, कानुनी व्यवस्था तथा व्यवसायीहरूको जिम्मेवारीका विषयमा समेत कार्यपत्र प्रस्तुत गर्दै खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा सहभागी व्यवसायीहरूले खाद्य परीक्षण तथा प्रयोगशालाबाट प्रतिवेदन प्राप्त गर्न ढिलाइ हुने समस्याले व्यापारिक गतिविधिमा प्रत्यक्ष असर परेको गुनासो गरेका थिए । विशेषगरी छिट्टै बिग्रिने प्रकृतिका खाद्य सामग्रीको परीक्षण प्रक्रिया लामो हुँदा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ थियो ।

व्यवसायीहरूले खाद्य परीक्षण, गुणस्तर प्रमाणीकरण तथा भन्सार प्रक्रियालाई अझ छिटो, सरल र प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले समयमै परीक्षण प्रतिवेदन उपलब्ध भए व्यापार सहजीकरणका साथै खाद्य सुरक्षामा समेत सकारात्मक प्रभाव पर्ने बताएका थिए ।

कार्यक्रमका वक्ताहरूले खाद्य पदार्थ आयात गर्नु अघि आवश्यक गुणस्तर परीक्षण तथा प्राविधिक प्रतिवेदन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । साथै खाद्य व्यवसायसँग सम्बन्धित सबै पक्षले जिम्मेवार, पारदर्शी र मापदण्डअनुसार काम गरे मात्र उपभोक्ताले सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तु प्राप्त गर्न सक्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रमले खाद्य सुरक्षा, गुणस्तर नियन्त्रण तथा व्यापार सहजीकरणका विषयमा व्यवसायी र सरोकारवाला निकायबीच अनुभव आदानप्रदान तथा समस्या समाधानका उपायबारे महत्वपूर्ण छलफल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

Tags: वीरगंज उद्योग वाणिज्य संघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि