Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लिटल बडी प्रि-स्कुलमा ग्राजुएसन सेरेमोनी सम्पन्न

युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीलाई विशेष सम्मान, शैक्षिक गुणस्तरका लागि विद्यालयको प्रशंसा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ३०, २०८३
लिटल बडी प्रि-स्कुलमा ग्राजुएसन सेरेमोनी सम्पन्न

वीरगंज (पर्सा), ३० जेठ । वीरगंज महानगरपालिका–८ पानीटंकीस्थित लिटल बडी प्रि स्कुलमा युकेजी उत्तीर्ण गरी कक्षा १ मा प्रवेश गरेका विद्यार्थीहरूको सम्मानमा भव्य ग्राजुएसन सेरेमोनी सम्पन्न भएको छ । विद्यालयका प्रिन्सिपल विजय बलको अध्यक्षता तथा डा. प्रिति यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक यात्राको पहिलो महत्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा मनाइएको थियो । विशेष पोशाकमा सजिएका नानीबाबुहरूले प्रमाणपत्र ग्रहण गर्दै आफ्नो खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले प्रारम्भिक बाल शिक्षाको क्षेत्रमा लिटल बडी प्रि स्कुलले पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा बालमैत्री सिकाइ पद्धतिमार्फत वीरगंजमा आफ्नो अलग पहिचान स्थापित गर्न सफल भएको बताएका थिए । वक्ताहरूले बालबालिकाको आधारभूत शिक्षालाई मजबुत बनाउन यस्ता विद्यालयहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयले शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्याब्सन वीरगंज महानगरका अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक, कोषाध्यक्ष सुरज पटेल, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन, वीरगंज युवा समाजका पूर्वअध्यक्ष कमल चौगाईलगायत शिक्षा, सामाजिक तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । गीत, नृत्य तथा मनोरञ्जनात्मक कार्यक्रमले अभिभावक र अतिथिहरूलाई आकर्षित गरेको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै आत्मविश्वास र सिर्जनशीलता अभिवृद्धिमा समेत विशेष ध्यान दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

Tags: लिटल बडी प्रि-स्कुल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आन्तरिक विवादका कारण महाधिवेशनअघि रास्वपा मधेश प्रदेश अधिवेशन नहुने, पार्टीमा विवाद कायमै

आन्तरिक विवादका कारण महाधिवेशनअघि रास्वपा मधेश प्रदेश अधिवेशन नहुने, पार्टीमा विवाद कायमै

जेष्ठ ३१, २०८३
मधेशको अर्थतन्त्र सबैभन्दा सुस्त, आर्थिक वृद्धिदर १.३१ प्रतिशतमा सीमित

आकार घटाएर बजेट ल्याउँदै मधेश सरकार

जेष्ठ ३१, २०८३
जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

जितपुरसिमरा उपमहानगरपालिकाः दुई महत्वपूर्ण भवन निर्माणा ठेक्का सम्झौता रद्द

जेष्ठ ३१, २०८३
महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

जेष्ठ ३१, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि