Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

नेपाल सरकारले तोकेका साक्षरतासम्बन्धी सम्पूर्ण सूचक र मापदण्ड पूरा गरेपछि शुक्रबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष अनोज चौधरीले पालिकालाई पूर्ण साक्षर घोषणा गरेका हुन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

वीरगंज (पर्सा), २९ जेठ । पर्साको जिराभवानी गाउँपालिका औपचारिक रूपमा पूर्ण साक्षर गाउँपालिका घोषणा भएको छ । नेपाल सरकारले तोकेका साक्षरतासम्बन्धी सम्पूर्ण सूचक र मापदण्ड पूरा गरेपछि शुक्रबार आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष अनोज चौधरीले पालिकालाई पूर्ण साक्षर घोषणा गरेका हुन् । गाउँपालिकाको सहयोग तथा आसमान नेपालको प्राविधिक समन्वयमा सम्पन्न कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न सरकारी एवं गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

घोषणा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पूर्ण साक्षरता हासिल गर्नु केवल एउटा औपचारिक उपलब्धि नभई शिक्षाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण चरण भएको बताए । उनले आगामी दिनमा डिजिटल शिक्षा, सीपमूलक सिकाइ र प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका क्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो । सो अवसरमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवाका शिक्षक रमेश कुमार साहलाई पालिकास्तरीय उत्कृष्ट शिक्षक घोषणा गर्दै नगद ५ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान प्रदान गरिएको थियो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फुयालले साक्षरता अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्दै अब शिक्षाको पहुँच विस्तारसँगै गुणस्तर सुधारमा विशेष ध्यान दिइने बताए । वडा नं. १ का अध्यक्ष रामशरण खवास र वडा नं. २ का अध्यक्ष महादेव महतो थारुले पूर्ण साक्षर घोषणा सम्पूर्ण समुदायको साझा प्रयासको परिणाम भएको उल्लेख गरे। उनीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि तथा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न निरन्तर काम गरिने बताए ।

त्यसैगरी आसमान नेपालका कार्यक्रम व्यवस्थापक अजय कुमार यादव, कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसिया तथा शिक्षकहरू कृपासिन्धु प्रसाद पटवारी र रामाशंकर चौधरीले शिक्षा क्षेत्रमा गरिएको लगानी, विद्यालयहरूको प्रतिबद्धता र समुदायको सहकार्यका कारण यो उपलब्धि सम्भव भएको धारणा राखे । कार्यक्रममा सहभागी विद्यार्थी प्रतिनिधिहरूले शिक्षालाई प्राथमिकता दिएकोमा गाउँपालिकाप्रति खुशी व्यक्त गर्दै समयको मागअनुसार प्रविधिमैत्री तथा सीपमूलक शिक्षाको थप विस्तार आवश्यक रहेको बताए ।

स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि, प्रधानाध्यापक, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमका वक्ताहरूले जिराभवानीको पूर्ण साक्षर घोषणा स्थानीय शिक्षा विकासको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । गाउँपालिकाले आगामी दिनमा शतप्रतिशत बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने, डिजिटल शिक्षालाई प्रवद्र्धन गर्ने तथा शिक्षाको समग्र गुणस्तर उकास्न विशेष कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ ।

Tags: जिराभवानी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि