वीरगंज (पर्सा), ११ जेठ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईं विरुद्धको मुद्दामा सोमबार सुनुवाइ हुन सकेन । समयमै मिसिल प्रहरीले अदालतमा पेश नगरेका कारण सुनुवाइ प्रभावित भएको अदालत स्रोतको भनाई छ । जिल्ला अदालतले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।
यसअघि गत बिहीबार पर्सा जिल्ला अदालतले प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो भने शुक्रबार सर्वोच्च अदालतले थप म्याद नबढाउन आदेश दिएको थियो । प्रहरीले प्रसाईंलाई जेठ ४ गते वीरगंज आदर्शनगर स्थित दियालो होटल बाट पक्राउ गरेको हो । अनुसन्धानका आधारमा प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा अभियोग दर्ता गर्न राय दिएकोे छ ।
सोमबार पनि प्रसाई मुक्त नभएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए । सर्वोच्चको आदेश कार्यन्वयन गर्न र प्रसाईलाई मुक्त गर्न माग गर्दै नाराबाजी भएको थियो ।









प्रतिक्रिया दिनुहोस् !