वीरगंज (पर्सा), ९ जेठ । विश्व हिन्दु परिषद् नेपालले शनिवार वीरगंजमा आयोजित एक कार्यक्रममा नेपाल हिन्दु पत्रकार सङ्घलाई ३० थान प्रेस ज्याकेट हस्तान्तरण गरेको छ ।
वीरगंजस्थित माईस्थान अतिथि सदनको सभा हलमा आयोजित कार्यक्रममा परिषदका अध्यक्ष ज्योति रुङ्गटाले हिन्दु पत्रकार सङ्घका अध्यक्ष राजन रौनियारलाई ज्याकेट हस्तान्तरण गरेका छन् । कार्यक्रममा उपस्थित सङ्घका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई समेत ज्याकेट लगाइदिएर सम्मान गरिएको थियो ।
सोही अवसरमा सञ्चारकर्मी दीपक चौरसियालाई हिन्दु पत्रकार सङ्घमा आबद्ध गराइएको थियो । 








प्रतिक्रिया दिनुहोस् !