Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्लास्तीय बैठकमा विवादः संस्थापन र संस्थापक पक्षबीच झडप, तीन घाइते

निवर्तमान सभापति पक्षले निर्वाचित सांसदहरूको कुरा, गलत निर्णय र हस्ताक्षेपको कारण जिल्ला पार्टीमा समस्या आएको भन्दै सांसदहरूको विरोध गरेका थिए । संस्थापन पक्ष र संस्थापक कार्यकर्ताबीच चर्किएको विवादले कुटाकुटको अवस्था सिर्जना गर्दा तीनजना घाइते भएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ९, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्लास्तीय बैठकमा विवादः संस्थापन र संस्थापक पक्षबीच झडप, तीन घाइते

कलैया (बारा), ९ जेठ । बाराको कलैयामा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला स्तरीय विस्तारित बैठकमा विवाद भएको छ । करणराज होटलमा शनिबार आयोजित बैठकमा संस्थापन पक्ष र संस्थापन इतरका पक्षबीच विवाद भएको थियो । कारवाहीमा परेका बाराका निवर्तमान जिल्ला सभापति पक्ष र उनको विरोधी पक्षबीच विवाद बढ्दै झडपमा परिणत भएको कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

निवर्तमान सभापति पक्षले निर्वाचित सांसदहरूको कुरा, गलत निर्णय र हस्ताक्षेपको कारण जिल्ला पार्टीमा समस्या आएको भन्दै सांसदहरूको विरोध गरेका थिए । तनाव बढदै गएपछि सांसद तथा पार्टी नेताहरू कार्यकर्ताको सुरक्षामा हलबाट बाहिर निस्किएका हुन् । स्थिती साम्य पार्न प्रहरीले हस्ताक्षेप गरेको थियो । जिल्ला अधिवेशनसम्बन्धी छलफलका क्रममा केही असन्तुष्ट पक्षले होहल्ला गर्ने प्रयास गरेपछि सामान्य विवाद भएको सांसद रहबर अन्सारीको भनाई छ । अन्सारीले पार्टीबाट निष्काशित केही व्यक्तिहरूले कार्यक्रममा अवरोध गर्न खोजेको दाबी गर्दै त्यसैले तनावको अवस्था सिर्जना भएको बताए ।

यसअघि वैशाख २७ गते रास्वपा केन्द्रीय समितिले चन्दन स्वर्णकारको सभापतित्वमा रहेको बारा जिल्ला समिति विघटन गरेको थियो, सो पछि संस्थापन पक्ष र इत्तर पक्षबीच झन द्वन्द चर्किएकोे छ । शनिबारको कार्यक्रममा बाराका चारैजना सांसद रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दन सिंहका साथै काठमाडौंबाट आएका पार्टी नेता राजन शर्मा, कामिनी चौधरी तथा मधेश प्रदेश स्तरका नेताहरूको पनि उपस्थिति थियो ।

संस्थापन र संस्थापक पक्षबीच कुटाकुट, तीनजना घाइते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको विस्तारित बैठक तनावग्रस्त बनेपछि पार्टीभित्रको आन्तरिक विवाद सतहमै आएको छ । संस्थापन पक्ष र संस्थापक कार्यकर्ताबीच चर्किएको विवादले कुटाकुटको अवस्था सिर्जना गर्दा तीनजना घाइते भएका छन् । कलैयास्थित करणराज पार्टी प्यालेसमा आयोजित बैठकका क्रममा झडप हुँदा महागढीमाई नगर सभापति बिक्रम यादव, सिम्रौनगढ नगर सभापति साहेब अन्सारीसहित तीन जना घाइते भएका हुन् । उनीहरूको उपचार कलैया प्रादेशिक अस्पतालमा भइरहेको जनाइएको छ ।

संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकार निकट कार्यकर्ताले पुराना तथा संस्थापक सदस्यहरूमाथि हातपात भएपछि स्थिति नियन्त्रण बाहिर गएको आरोप लगाएका छन् । उपचाररत नगर सभापति बिक्रम यादवले प्रतिनिधिसभा सदस्य अरविन्द साहले आफ्नो हात समातेर बाहिरबाट ल्याइएका व्यक्तिमार्फत आफूलाई कुटपिट गराएको आरोप लगाए । असन्तुष्ट पक्षका अनुसार स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टिकट पहिले नै बिक्री गरिएको भन्ने सूचना सार्वजनिक भएपछि त्यसबारे स्पष्टीकरण माग्दा विवाद सुरु भएको हो । नयाँ प्रवेश गरेका व्यक्तिहरूले कार्यसमितिमा प्रभाव जमाउन खोजेको र लामो समयदेखि संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पाखा लगाइएको भन्दै संस्थापक पक्ष आक्रोशित बनेको बताइएको छ ।

पार्टीभित्रको विवाद समाधान गर्न केन्द्रले प्रतिनिधिका रूपमा कामनी चौधरीलाई पठाएर विस्तारित बैठक आयोजना गरे पनि कार्यक्रम तनावमा परिणत भएको सहभागीहरूले बताएका छन् । विवाद चर्किएपछि आक्रोशित कार्यकर्ताले बाराका चारै जना सांसदमाथि समेत हातपातको प्रयास गरेका थिए । स्थिति थप तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले क्षेत्र नम्बर १ का सांसद गणेश धिमाल, क्षेत्र नम्बर २ का सांसद चन्दन सिंह, क्षेत्र नम्बर ३ का सांसद अरविन्द साह, क्षेत्र नम्बर ४ का सांसद रहबर अन्सारी तथा केन्द्रीय प्रतिनिधि कामनी चौधरीलाई सुरक्षा घेराभित्र राख्दै बैठकस्थलबाट बाहिर निकालेका थिए ।

घटनापछि सांसदहरू कलैयाको बरेवा दरबार होटलमा पुगेर पत्रकार सम्मेलन गरेका थिए । उनीहरूले सञ्चारमाध्यममा आएको ‘सांसदहरू लेखेटिए’ भन्ने समाचारको खण्डन गर्दै बैठकमा कुनै अप्रिय घटना नभएको दाबी गरेका छन् । सांसद गणेश धिमाल, चन्दन सिंह र अरविन्द साहले आफूहरूमाथि कुटपिट नभएको बताएका छन् । प्रतिनिधिसभा सदस्य रहबर अन्सारीले जिल्ला अधिवेशनको तयारीका लागि बैठक आयोजना गरिएको उल्लेख गर्दै निष्काशित पक्षले कार्यक्रम बिथोल्न खोजेको आरोप लगाए । विवादका बीच पनि बैठक सफलतापूर्वक सम्पन्न भएको उनको दाबी छ ।

गत वैशाख २७ गते रास्वपाको केन्द्रीय समितिले बारा जिल्ला कार्यसमिति विघटन गरेको थियो । त्यसपछि जेठ ६ गते संस्थापक जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज गरिएसँगै जिल्ला संगठनभित्रको विवाद झन् गहिरिँदै गएको देखिएको छ ।

Tags: रास्वपा बाराको विवाद उत्कर्षमाः दुईपक्षबीच कुटाकुट !
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लङ्गडीमा सुविधासम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ संचालनमा

लङ्गडीमा सुविधासम्पन्न ‘पर्सा भिलेज रिसोर्ट’ संचालनमा

जेष्ठ ९, २०८३
पर्सामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, ३७५ विद्यार्थी विभिन्न खेलमा प्रतिस्पर्धामा

पर्सामा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, ३७५ विद्यार्थी विभिन्न खेलमा प्रतिस्पर्धामा

जेष्ठ ९, २०८३
नेपाल हिन्दु पत्रकार संघलाई ३० थान ज्याकेट

नेपाल हिन्दु पत्रकार संघलाई ३० थान ज्याकेट

जेष्ठ ९, २०८३
क्रियाशील युवा पत्रकार मञ्चको संगठन विस्तार सम्बन्धी विभिन्न निर्णय

क्रियाशील युवा पत्रकार मञ्चको संगठन विस्तार सम्बन्धी विभिन्न निर्णय

जेष्ठ ९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि