Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बलियो चोर कि प्रहरी कमजोर ? प्रहरीकै आँखा अगाडिबाट केटिएम चोरीः सुरक्षा व्यवस्थामाथि प्रश्न !

प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्ति नयाँ होइन । सिसिटिभी फुटेज हेर्दा यसअघि भएका कम्तीमा चारवटा मोटरसाइकल चोरी घटनामा पनि उही व्यक्ति संलग्न रहेको आशंका गरिएको छ । तर विडम्बना, पटक पटक सिसिटिभीमा देखिएको व्यक्ति अझै पक्राउ पर्न सकेको छैन । यसले प्रहरीको अनुसन्धान क्षमता, सक्रियता र इच्छाशक्तिमाथि नै प्रश्न खडा गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ८, २०८३
बलियो चोर कि प्रहरी कमजोर ? प्रहरीकै आँखा अगाडिबाट केटिएम चोरीः सुरक्षा व्यवस्थामाथि प्रश्न !

वीरगंज (पर्सा), ८ जेठ । जिल्लाको सुरक्षा व्यवस्थाको केन्द्र मानिने जिल्ला प्रहरी कार्यालय पर्साकै मुख्य गेट अगाडिबाट दिनदहाडै केटिएम डुक मोटरसाइकल चोरी भएपछि वीरगंजको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ । प्रहरीको बाक्लो उपस्थिती, ट्राफिक निगरानी र सिसिटिभी जडान रहेको संवेदनशील क्षेत्रमा नै चोरीको घटना हुनु सामान्य नागरिकका लागि त्रास र प्रहरी प्रशासनका लागि लज्जाको विषय बनेको छ ।

शुक्रबार दिउँसो करिब २ः१२ बजे जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि पार्किङ गरेर राखिएको मधेश प्रदेश ०३–०३९ प ७१७८ नम्बरको केटिएम डुक मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको हो । उक्त मोटरसाइकल धोबिनी गाउँपालिका–१ निवासी प्रमेश्वर साह रौनियारको नाममा दर्ता रहेको बताइएको छ ।

घटना जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला हुलाक कार्यालय नजिकैको अत्यन्त व्यस्त सडक खण्डमा भएको हो । स्थानीयका अनुसार उक्त क्षेत्रमा दिनभर प्रहरी र ट्राफिक प्रहरीको बाक्लो परिचालन हुने गर्छ । त्यसैमाथि पछिल्लो समय दुर्गा प्रसाइँ पक्राउ प्रकरणपछि जिल्ला प्रहरी कार्यालय अगाडि समर्थक तथा सेवाग्राहीको भीड बढेकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको दाबी प्रहरीकै छ । तर यथार्थ भने उल्टो देखिएको छ ।

प्रहरीकै निगरानी क्षेत्रबाट खुलेआम मोटरसाइकल चोरी भएपछि ‘वीरगंज अब चोरहरुको सुरक्षित थलो बन्दै गएको हो ?’ भन्ने प्रश्न सर्वसाधारणबीच उठ्न थालेको छ । प्रहरी स्रोतका अनुसार घटनामा संलग्न व्यक्ति नयाँ होइन । सिसिटिभी फुटेज हेर्दा यसअघि भएका कम्तीमा चारवटा मोटरसाइकल चोरी घटनामा पनि उही व्यक्ति संलग्न रहेको आशंका गरिएको छ । तर विडम्बना, पटक पटक सिसिटिभीमा देखिएको व्यक्ति अझै पक्राउ पर्न सकेको छैन । यसले प्रहरीको अनुसन्धान क्षमता, सक्रियता र इच्छाशक्तिमाथि नै प्रश्न खडा गरेको छ ।

अर्कोतर्फ, पीडित पक्षले घटनास्थलको सिसिटिभी भिडियो तथा तस्बिर माग्दा प्रहरी प्रशासनले उपलब्ध गराउन नमानेको आरोप लगाएको छ । यदि प्रहरीसँग स्पष्ट दृश्य र पहिचानयोग्य प्रमाण हुँदाहुँदै पनि आरोपी पक्राउ पर्दैन भने त्यसले प्रहरीको कमजोरी मात्रै होइन, लापरवाही र जिम्मेवारीहीन कार्यशैलीलाई समेत उजागर गर्ने देखिन्छ ।

सामान्य नागरिकले आफ्नो सवारी सुरक्षित ठान्ने स्थान नै प्रहरी कार्यालय वरपर हो । तर प्रहरी कार्यालयकै गेट अगाडिबाट मोटरसाइकल चोरी हुनुले वीरगंजको सुरक्षा प्रणाली कमजोर बन्दै गएको संकेत दिएको छ । चोरी, लुटपाट र आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी प्रभावकारी बन्न नसकेको गुनासो बढिरहेका बेला यो घटनाले प्रहरी प्रशासनमाथिको जनविश्वासलाई थप कमजोर बनाएको छ । अब प्रश्न उठेको छ जब प्रहरीकै आँखा अगाडि नागरिकको सम्पत्ति सुरक्षित रहँदैन भने सर्वसाधारणले सुरक्षा कसबाट खोज्ने ?

मोटरसाइकल चोरीको घटनाबारे सवारीधनीले जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइसकेको बताइएको छ ।

Tags: दिनदहाडै प्रहरीको आँखा अगाडिबाट मोटरसाइकल गायब
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीमनपाद्वारा सञ्चार माध्यमको सुचिकृतका लागि म्याद थप

जथाभावी शुल्क नअसुल्न मन्टेश्वरी विद्यालयहरुलाई महानगरको चेतावनी

जेष्ठ ८, २०८३
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

नक्कली रसिद प्रयोग गरि राजस्व छलेको आरोपमा लेखापढी व्यवसायी पक्राउ

जेष्ठ ८, २०८३
हत्याको आरोपमा विगत ७ वर्षदेखि फरार बारा त्रिवेणीका पुनदेव महरा पक्राउ

हत्याको आरोपमा विगत ७ वर्षदेखि फरार बारा त्रिवेणीका पुनदेव महरा पक्राउ

जेष्ठ ८, २०८३
विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा जनसरोकारका विषय समेट्दै प्रमलाई जनतमतको १८ बुँदे ज्ञापन

विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा जनसरोकारका विषय समेट्दै प्रमलाई जनतमतको १८ बुँदे ज्ञापन

जेष्ठ ८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि