Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

माइनुट र संस्थागत कागजात बुझाउन नि. अध्यक्ष अनुप तिवारीलाई पत्रकार महासंघ पर्साको आग्रह

महासंघले पटकपटक आग्रह गर्दा पनि माइनुटलगायतका आवश्यक कागजात बुझाउन आनाकानी भइरहेको दाबी गर्दै अभिलेख अभावका कारण शाखाको नियमित कार्य सञ्चालनमै समस्या उत्पन्न भएको उल्लेख गरेको छ । त्यसैले सदस्यता शुद्धीकरण प्रक्रियालाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउन विगतका सम्पूर्ण संस्थागत निर्णय तथा अभिलेख अध्ययन आवश्यक रहेकाले सम्बन्धित कागजात तीन दिनभित्र शाखा कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ७, २०८३
माइनुट र संस्थागत कागजात बुझाउन नि. अध्यक्ष अनुप तिवारीलाई पत्रकार महासंघ पर्साको आग्रह

वीरगंज (पर्सा), ७ जेठ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले निर्वतमान अध्यक्ष अनुप तिवारीसँग माइनुटसहितका संस्थागत कागजात तीन दिनभित्र उपलब्ध गराउन औपचारिक आग्रह गरेको छ । शाखाले सदस्यता शुद्धीकरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन विगतका निर्णय तथा अभिलेख आवश्यक रहेको जनाएको छ । महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले तिवारीलाई पठाएको पत्रमा सदस्यता शुद्धीकरणसम्बन्धी काम अघि बढाउन पुराना माइनुट, निर्णय तथा अभिलेख अध्ययन अपरिहार्य रहेको उल्लेख गरिएको छ ।

महासंघ पर्साका सचिव विजयकुमार महतोद्वारा हस्ताक्षरित पत्रमा तिवारीकै संयोजकत्वमा गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले उठाएका मागप्रति शाखाको ध्यानाकर्षण भएको जनाइएको छ । साथै तिवारी नेतृत्वकै कार्यकालमा वितरण गरिएका सदस्यतामाथि समेत शुद्धीकरणको माग उठेकाले त्यसबेलाका प्रक्रिया, निर्णय र आधार यकिन गर्न सम्बन्धित कागजात आवश्यक रहेको उल्लेख गरिएको छ । महासंघका अनुसार तत्कालीन कार्यसमितिले हालसम्म जिल्ला शाखाको माइनुट तथा अन्य संस्थागत अभिलेख वर्तमान कार्यसमितिलाई हस्तान्तरण गरेको छैन ।

पत्रमा वर्तमान कार्यसमितिको २०८१ पुस ३ गते बसेको पहिलो बैठकले शाखाका कोषाध्यक्ष तथा तत्कालीन कोषाध्यक्षसमेत रहेका सञ्जीव कुमार मिश्रलाई सम्पूर्ण हरहिसाब तथा चलअचल सम्पत्तिको विवरण ३० दिनभित्र पेश गर्न जिम्मेवारी दिएको स्मरण गराइएको छ । तर ५१८ दिन बितिसक्दा पनि आवश्यक विवरण उपलब्ध नगराइएको महासंघले जनाएको छ ।

महासंघले पटकपटक आग्रह गर्दा पनि माइनुटलगायतका आवश्यक कागजात बुझाउन आनाकानी भइरहेको दाबी गर्दै अभिलेख अभावका कारण शाखाको नियमित कार्य सञ्चालनमै समस्या उत्पन्न भएको उल्लेख गरेको छ । त्यसैले सदस्यता शुद्धीकरण प्रक्रियालाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाउन विगतका सम्पूर्ण संस्थागत निर्णय तथा अभिलेख अध्ययन आवश्यक रहेकाले सम्बन्धित कागजात तीन दिनभित्र शाखा कार्यालयमा बुझाउन आग्रह गरिएको छ । अन्यथा शाखा नियमअनुसार अगाडि बढ्ने चेतावनीसमेत पत्रमा समावेश गरिएको छ ।

उक्त पत्रको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौं र नेपाल पत्रकार महासंघ मधेश प्रदेश कार्यालय धनुषामा समेत पठाइएको महासंघले जनाएको छ । यसअघि सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै निर्वतमान अध्यक्ष अनुप तिवारीको संयोजकत्वमा गठित संघर्ष समितिले महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाएको थियो ।

Tags: महासंघ पर्सामा अभिलेख विवाद: नियमअनुसार अघि बढ्ने चेतावनी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि