Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जसपा-लोसपा एकीकरणपछि मधेशमा संसदीय दलको नेतामै विवाद

दुवै पक्षका नेताले आफू नै संसदीय दलको आधिकारिक नेता भएको दाबी गरेपछि प्रदेशसभा गतिविधि नै प्रभावित बनेको हो । दुवै पार्टीबीच २०८२ पुस २७ गते एकीकरण गर्ने सहमति भएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ५, २०८३
जसपा-लोसपा एकीकरणपछि मधेशमा संसदीय दलको नेतामै विवाद

जनकपुर (धनुषा), ५ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)बीच पार्टी एकता भएपछि मधेश प्रदेशमा संसदीय दलको नेतृत्वलाई लिएर नयाँ विवाद सुरु भएको छ । दुवै पक्षका नेताले आफू नै संसदीय दलको आधिकारिक नेता भएको दाबी गरेपछि प्रदेशसभा गतिविधि नै प्रभावित बनेको हो । दुवै पार्टीबीच २०८२ पुस २७ गते एकीकरण गर्ने सहमति भएको थियो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल नै कायम राखिएको थियो । तर प्रदेशसभामा दलको नेता को हुने भन्ने विषयमा सहमति नजुट्दा राजनीतिक अन्योल बढेको छ ।

गत शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिन लागेका विश्वासको मतसमेत यही विवादका कारण प्रभावित भयो । सदन सञ्चालनअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा तत्कालीन जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव र तत्कालीन लोसपा नेपालका नेता जितेन्द्र सोनल दुवैले आफू नै एकीकृत दलको नेता भएको दाबी गरेका थिए । बैठकमा दुवै नेताले सभामुखसमक्ष आफ्ना लागि छुट्याइएको आसन र हैसियतबारे प्रश्न उठाएपछि सदनको वातावरण तनावपूर्ण बनेको थियो । दलको नेताको विषय टुंगो नलागेपछि मुख्यमन्त्रीको विश्वासको मत लिने प्रक्रिया पनि आगामी शुक्रबारसम्मका लागि सारिएको छ ।

यसैबीच, जसपा नेपालले बुधबार मधेश प्रदेश संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ । नेता सरोजकुमार यादवले विवाद समाधानका लागि दुवै पक्षबीच छलफल हुने जानकारी दिएका छन् । उनका अनुसार सहमतिबाट नेतृत्व चयन हुन नसके निर्वाचनमार्फत दलको नेता तय गरिनेछ । स्रोतका अनुसार संसदीय दलको नेताका लागि पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, लालबाबु राउत तथा जितेन्द्र सोनल बीच प्रतिस्पर्धा हुन सक्ने चर्चा छ । पार्टी एकीकरणपछि मधेश प्रदेशसभामा जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ । तत्कालीन जसपा नेपालका १८ र लोसपा नेपालका ८ सांसद जोडिँदा दलको संख्या २६ पुगेको छ । निलम्बनमा रहेका दुई सांसदलाई समेत जोड्दा संख्या २८ पुग्ने बताइएको छ ।

प्रदेशसभामा दोस्रो ठूलो दल केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २४ सांसद छन् भने नेपाली कांग्रेसका २२ सांसद रहेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १४ र जनमत पार्टी का १२ सांसद रहेका छन् ।

Tags: जसपा-लोसपा एकीकरण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि