Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका क्यासिनोमा प्रहरीको छापाः जुवातास खेल्दै ६ जना पक्राउ, प्रहरी-क्यासिनो मिलेमतोमाथि प्रश्न !

क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा खेलाउने विषयमा काठमाडौंसम्म गुनासो पुगेपछि तथा गृह मन्त्रालयबाट कडा निर्देशन आएपछि प्रहरीले अचानक छापामारी गरेको हो । स्थानीयवासीका अनुसार क्यासिनोहरूमा मनोरञ्जनको नाममा युवती नचाउने, रातभर जुवातास सञ्चालन गर्ने तथा युवाहरूलाई आकर्षित गर्ने गतिविधि तीव्र बन्दै गएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २७, २०८३
वीरगंजका क्यासिनोमा प्रहरीको छापाः जुवातास खेल्दै ६ जना पक्राउ, प्रहरी-क्यासिनो मिलेमतोमाथि प्रश्न !

वीरगंज (पर्सा), २७ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंजस्थित विभिन्न क्यासिनोमा छापामारी गर्दै जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । नेपाली नागरिकहरूलाई अनाधिकृत रूपमा क्यासिनो प्रवेश गराई जुवा खेलाउने कार्य भइरहेको गुनासो उच्च तहसम्म पुगेपछि प्रहरीले विशेष अपरेशन सञ्चालन गरेको स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ११ः४० बजे विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले वीरगंजका चार वटा क्यासिनोमा एकसाथ छापा मारेको हो । छापामारीका क्रममा किङ क्यासिनो, फर्च्युन सिटी गेमिङ क्लब्स र क्यासिनो माहजोङ लगायतका क्यासिनोबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा भारतको बिहार घर बताउने २६ वर्षीय गणेश कुमार, ३८ वर्षीय संदिप कुमार, ३१ वर्षीय सुरज प्रसाद, ४३ वर्षीय अल्लाह यादव, ३६ वर्षीय ओमप्रकाश यादव तथा वीरगंज महानगरपालिका–३२ निवासी ३७ वर्षीय जमुदिन मियाँ अन्सारी रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ५ सय रुपैयाँ बराबरका क्वाइन, नेपाली रुपैयाँ ५ सय ५५, भारतीय रुपैयाँ १ हजार २ सय र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ । वीरगंजमा सञ्चालित अधिकांश क्यासिनोमा नेपाली नागरिकको खुला प्रवेश हुँदै आएको आरोप स्थानीयले लगाउँदै आएका छन् । प्रहरीकै संरक्षण र मिलेमतोका कारण यस्तो गतिविधि नियन्त्रण हुन नसकेको गुनासोसमेत बढ्दै गएको बताइएको छ ।

स्रोतका अनुसार क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा खेलाउने विषयमा काठमाडौंसम्म गुनासो पुगेपछि तथा गृह मन्त्रालयबाट कडा निर्देशन आएपछि प्रहरीले अचानक छापामारी गरेको हो । स्थानीयवासीका अनुसार क्यासिनोहरूमा मनोरञ्जनको नाममा युवती नचाउने, रातभर जुवातास सञ्चालन गर्ने तथा युवाहरूलाई आकर्षित गर्ने गतिविधि तीव्र बन्दै गएको छ । यसको प्रत्यक्ष असर वीरगंजका लक्ष्मनवा, पिपरा र नगवा क्षेत्रका सयौँ युवामा परेको दाबी गरिएको छ । जुवाको कुलतका कारण धेरै युवा आर्थिक संकटमा फस्दै गएको स्थानीयको भनाइ छ ।

कतिपय नेपालीहरूले नक्कली भारतीय आधार कार्ड प्रयोग गरेर क्यासिनो प्रवेश गर्ने गरेको आरोपसमेत स्थानीयले लगाएका छन् । यस्ता गतिविधिबारे प्रहरी र क्यासिनो प्रशासन जानकार हुँदाहुँदै प्रभावकारी नियन्त्रण हुन नसकेको भन्दै स्थानीयले कडा निगरानी र निष्पक्ष कारबाहीको माग गरेका छन् ।

Tags: मध्यरातमा वीरगंजका क्यासिनोमा प्रहरीको छापा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि